Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

बसको अभावले समस्यामा एनबीएसटीसी

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

नियमअनुसार सरकारले सञ्चालनमा ल्याएको सार्वजनिक वाहनहरू 15 वर्षभन्दा पुराना भए तिनीहरूलाई सड़कमा उतार्न पाइँदैन। तर राज्य परिवहन विभागले कोभिडको समयमा बस सेवा बन्द रहेको स्थितिलाई ध्यानमा राख्दै बसहरूको अवधि 15 वर्षदेखि बढ़ाएर 17 वर्ष पुर्यााउने प्रस्ताव अघि सारेको थियो। यद्यपि त्यो प्रस्ताव अहिले ठण्डा पेटीमा पसेको छ। त्यसकारण उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) समस्यामा परेको छ।
यो वर्ष निगमका 50 वटा बसको आयु 15 वर्ष नाघ्दैछ। त्यसकारण ती बसहरू हटाउनु पर्नेछ। यसअघि 2023 मा एकैचोटि 189 वटा बसको मियाद सकिएपछि हटाउनु परेको थियो। यसको प्रभाव निगमको आम्दानीमाथि परेको थियो। जति सङ्ख्यामा बसहरू नियमका कारण प्रयोगबाहिर गए त्यति सङ्ख्यामा नयाँ बसहरू ल्याइएन। त्यसैले यसपल्ट पनि त्यस्तै अवस्था दोहोरिने आशङ्का छ। अहिले एनबीएसटीसीका अधिकारीहरू पर्याप्त सङ्ख्यामा नयाँ बसहरू आउने आशा गरिरहेका छन्। निगमका म्यानेजिङ डाइरेक्टर दीपङ्कर पिपलाईले पनि बसको सङ्ख्या घट्दै गएको स्वीकार गरेका छन्। तिनले भने, यसले सेवा र आम्दानी दुवैमाथि प्रभाव परेको छ र अझै पर्छ। सन् 2024 मा 9 वटा नयाँ बसको स्वीकृति प्राप्त भएको थियो। यो वर्ष मात्र ती बसहरू प्राप्त भएका छन्। तर अझै नयाँ बसहरू आवश्यक छ।
हाल निगमसित लगभग 700 वटा बस छन्। तीमध्ये कम्तीमा 10 प्रतिशत बसहरू विभिन्न डिपोमा रिजर्भ राख्नुपर्ने हुन्छ। त्यसमाथि कर्मचारीको अभावले गर्दा धेरै रूटमा निगमले बस सेवा चलाउन सकेको छैन। त्यसमा यदि बस सङ्ख्या अझै घट्न थाले समस्या बढ्ने निश्चित छ। निगम सूत्रअनुसार यस वर्षको जून महीना मात्र 18 वटा बस हटाइएको छ। सेप्टेम्बरसम्म थप 15 वटा बसको आयु 15 वर्ष पूरा हुनेछ। 2026 को मई महीनामा केही अन्य बसहरूको आयु पनि 15 वर्ष पूरा हुनेछ। हाल निगमका सबै बसहरूको औसत आयु आठ वर्ष जति छ। त्यसैले यसले सेवामा प्रत्यक्ष प्रभाव पारिरहेको छ। अधिकारीहरूको भनाइमा यसले आम्दानीमा पनि ह्रास ल्याउनेछ। डिपोहरूको अवस्था हेर्दा स्थिति बुझिन्छ। अलिपुरद्वार डिपोमा पर्याप्त बस छैन। धेरैजसो रूट बन्द छन्। नयाँ बस किन आइरहेका छैनन्? सूत्रको भनाइमा कोषमा अभाव छ। त्यसैले यात्रीहरूले सास्ती भोग्नु परिरहेको छ। बाध्य भएर तिनीहरू महँगो भाड़ा तिरेर निजी बस चढ्न बाध्य छन्। जसले गर्दा निगमप्रति जनआक्रोश बढ्दो छ। यद्यपि एनबीएसटीसीका अधिकारीहरू कोषको अभाव चाँड़ै समाधान हुने विश्वास व्यक्त गर्छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.