Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

विवाहमा आइपुगेको हात्तीको कटहर भोज

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

अलिपुरद्वार राष्ट्रिय वन्य निकुञ्जनजिक शालकुमार 2 ग्राम पञ्चायतको सुरीपाड़ा वासिन्दा प्रकाश रायकी छोरीको त्यो दिन विवाह कार्यक्रम चलिरहेको थियो। त्यसैले त्यहाँ पकाएको पकवानको सुगन्ध जताततै फैलिरहेको थियो। विवाह मण्डपमा डीजे बजिरहेको थियो अनि त्यहाँ नाचगान पनि चलिरहेको थियो। त्यसैबीच विवाह घरमा हात्ती आइपुग्यो। कोलाहलमाझ कसैले हात्तीप्रति ध्यान नै दिएन। मण्डपबाट बाहिर निस्कन लाग्दा एउटी महिलाले भने अचानक हात्तीलाई देखिन्। अचम्मै मानेर महिला चिच्याइन्। तब विवाहको कोलाहल केही कम्ती भयो। तरै पनि डीजेको ठूलो आवाजको कारण धेरै मानिसहरूले केही बुझ्न सकेनन्। नाचगान र गीत भइरह्यो। तर पनि दाँते हात्तीले कसैलाई केही गरेन।
लेजरको प्रकाश र डीजेको ठूलो आवाजले हात्ती केही रिसाएको थियो। प्रकाशका बाजे परेश रायको घर पनि नजिकै छ। प्रकाशको घरबाट निस्केर हात्ती बिस्तारै बाजे परेशको घरतिर लाग्यो। हात्ती लगभग 20 मिनटसम्म परेश रायको आँगनमा चुपचाप उभिरह्यो।
परेशको घरनजिक सोमारु बर्मनको घर छ। सोमारु बर्मनको घरमा छ एउटा ठूलो कटहरको रूख। रूखमा थुप्रै कटहरहरू झुण्डिरहेका थिए। दाँते हात्तीको नजर झुण्डिरहेका कटहरहरूमाथि गयो। तब हात्तीको भव्य भोज आरम्भ भयो। एक एक गरी हात्तीले कटहरका फलहरू खाएर लगभग रूख नै सफा गऱ्यो। पेट भरिएपछि दाँते हात्ती सुरिपाड़ादेखि अन्यत्र लाग्यो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.