Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

गोलीबारीको कारण डेवीडाङ्गामा सन्त्रास

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

हिजो अबेर राति ढिलो देवीडाङ्गा क्षेत्रमा गोलीबारीको कारण आतङ्कको वातावरण सिर्जना भएको थियो। यस घटनापछि लामो समयसम्म उक्त क्षेत्रमा उत्तेजनाको स्थिति रह्यो। प्राप्त जानकारीअनुसार हिजो राति 9 देखि 9.30 बजीको बीचमा देवीडाङ्गा क्षेत्रमा 2 देखि 3 राउण्ड गोली चलाइयो र गोलीबारीको मुख्य कारण मादक पदार्थ तस्करी बताइएको छ। प्राप्त जानकारी अनुसार यसअघि पनि स्थानीय मानिसहरूले मादक पदार्थ तस्करीको विरोध गरेका थिए। तर तस्करहरूले ती विरोधहरूलाई अदेखा गर्दै आइरहेका थिए। हिजो पनि मादक पदार्थ तस्करीको विरोध गर्दा गोलीबारीको घटना भयो जुन दीपक काम्ती उर्फ दीपूले गरेको पुष्टि भएको छ।
पुलिस सूत्रअनुसार दीपक एक पुराना अपराधी हुन् र तिनले यसअघि पनि धेरै मुद्दामा जेल सजाय भोगिसकेका छन्। हिजो मुख्यतः स्थानीय भोला बरोईले मादक पदार्थ तस्करीको विरोध गर्दा तिनको घरअघि गोली चलाइएको भनाइ छ। सूचना पाए लगत्तै प्रधान नगर थाना पुलिस टोलीले घटनास्थलमा पुगेर आरोपीलाई नियन्त्रणमा लियो। छानबिन गर्दा दीपकबाट एउटा आग्नेयास्त्र फेला पऱ्यो र घटनास्थलबाट गोलीको एउटा खोका पनि फेला पारिएको बताइएको छ।
आग्नेयास्त्र फेला परेपछि पुलिसले दीपकलाई पक्राउ गरी थानामा लगेको हो। प्रधान नगर थानाको यस कारवाहीमा प्रधान नगरका आईसी वासुदेव सरकार पनि सामेल थिए। यस घटनाको पूर्ण छानबिन गरिने तिनले स्थानीय मानिसहरूलाई आश्वासन दिएका छन्। आज आरोपीलाई आर्म्स एक्टअन्तर्गत सिलगढ़ी महकुमा न्यायालय प्रस्तुत गरिएको छ। गोलीबारीका कारण अहिले पनि देवीडाङ्गा क्षेत्रमा आतङ्कको वातावरण कायम छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.