सेपारेट स्टेट कोअर्डिनेशन कमिटी (एसएससीसी)को एउटा सभा अजय दाहालको अध्यक्षतामा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। पूर्णसिंह राईले एउटा विज्ञप्ति जारी गरेर त्यसबारे जानकारी दिएका हुन्। विज्ञप्तिमा भनिएअनुसार सभाअघि जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्की हमलाको घोर निन्दा गर्दै मृत व्यक्तिहरूको आत्माशान्तिका लागि एक मिनटको मौनधारण गरेपछि सभा आरम्भ गरियो।
संस्थाका संयोजक सञ्जय थुलुङले सभाको विषय बुँदाहरू राखेपछि उपस्थित नेतृत्वहरूले आ-आफ्नो सुझाउहरू राखे। सभामा क्षेत्रीय स्थिति, राज्य स्तरीय स्थिति, राष्ट्रिय स्थिति अनि अन्तर्राष्ट्रिय स्थितिमाथि गम्भीर विषयहरू उठाइयो अनि व्यापक चर्चापछि संस्थाको भावी कार्यक्रम तय गरिएको जनाइएको छ।
एसएससीसीको एक यात्रा एक लक्ष्य अलग राज्य गोर्खाल्याण्ड निर्माणको स्पष्ट अड़ान भएको कारण कुनै भुलभुलैयामा नअल्झी आउँदो महीना दार्जीलिङमा अलग राज्य गोर्खाल्याण्ड निर्माणको स्पष्ट अड़ान राख्ने सङ्घ-संस्थाहरूको उपस्थितिमा कार्यक्रम गरिने सभामा निर्णय लिइएको छ। सभामा मिरिक, खरसाङ, दार्जीलिङ, कालेबुङ, लाभा र सिलगढ़ीबाट प्रतिनिधित्व गर्दै उपस्थित थिए भने उक्त सभालाई पूर्ण सिंह राईले सञ्चालन गरेका थिए।



