Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

बेहाल सड़कको विरोधमा आसी घर मोड़मा प्रदर्शन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

सिलगढ़ी इस्टर्न बाइपास नजिकको आसी घर मोड़मा मङ्गलवार बेहाल सड़कको विरोधमा स्थानीय वासिन्दाहरूले बाटो अवरोध गरेर प्रदर्शन गरे। लामो समयदेखि सड़क र नालीको जीर्ण अवस्थाका कारण स्थानीय वासिन्दा दैनिक रूपमा समस्यामा परिरहेको तिनीहरूको आरोप छ।
आज स्थानीयहरूले सड़कमा ओर्ह्लिएर प्रदर्शन गरे। तिनीहरूको भनाइ अनुसार सड़क र नाली मरम्मतीका लागि स्थानीय पञ्चायत प्रधान, विधायक र सांसदको ध्यान बारम्बार आकषिर्त गरिए पनि कुनै ठोस कदम चालिएको छैन। बर्खामा सड़कमा नालीको पानी थुप्रिन्छ साथै मुख्य मोड़मा सडक अत्यन्तै खराब छ। तर जनप्रतिनिधिहरूले आश्वासन मात्र दिएका छन् तर कामको अत्तोपत्तो नगरेका प्रदर्शनकारीहरूको आरोप छ।
अवरोधका कारण आसी घर मोड़देखि कोर्ट मोड़तर्फ जाने सड़क केही समयका लागि आवागमन प्रभावित भयो। घटनाको खबर पाएर सिलगढ़ी कमिश्नरेटअन्तर्गत आसी घर चौकी पुलिस घटनास्थलमा पुग्यो। पछि प्रशासनको हस्तक्षेपमा स्थिति नियन्त्रणमा ल्याइयो। तर छिट्टै सड़क र नाली मरम्मतीको काम आरम्भ नभए आगामी दिन अझ ठूला आन्दोलन गर्ने स्थानीयहरूले चेताउनी दिएका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.