Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सरकारी आदेशको कारण देखाउँदै काठमाडौँ विश्वविद्यालयद्वारा तिब्बतसम्बन्धी आइएटीएस सम्मेलन रद्द नेपाल सरकारको अस्वीकार

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

काठमाडौँ विश्वविद्यालयले यही अगस्ट २३ देखि २९ सम्म आयोजना गर्न लागिएको ‘इन्टरनेशनल एशोसिएसन फर तिब्बतन स्टडिज’ को १७ औँ अन्तर्राष्ट्रिय सम्मेलन स्थगित गरिएको घोषणा गरेको छ। सम्मेलनका संयोजक तथा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक सागरराज शर्माका अनुसार नेपाल सरकारले यो सम्मेलन सञ्चालन नगर्न निर्देशन दिएकाले कार्यक्रम रद्द गरिएको हो। ४ वर्षको तयारीपछि आयोजना हुन लागेको उक्त शैक्षिक सम्मेलनमा ४० भन्दा बढी देशका अनुसन्धानकर्ता तथा विद्वान्‌हरू सहभागी हुने तय भएको थियो।

अर्कोतर्फ, नेपाल सरकारले भने सम्मेलन रद्द गर्न कुनै आदेश नदिइएको स्पष्ट पारेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालले सरकारका तर्फबाट मौखिक वा लिखित रूपमा सम्मेलन रोक्न कुनै निर्देशन नगएको र आयोजकहरूले स्वयं कार्यक्रम स्थगित गरेको बताएका छन्। तिब्बतसँग जोडिएका भू-राजनीतिक संवेदनशीलता र छिमेकी मुलुक चीनको चासोका कारण अन्तिम समयमा आएर कार्यक्रम रोक्नुपरेको अनुमान गरिएको छ।

Tags :

rohan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.