Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मिरिकमा जीटीए आइडलको अडिसन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनअन्तर्गत सूचना एवं सांस्कृतिक विभागको आयोजनामा आरम्भ भएको पहिलो जीटीए आइडलका लागि मिरिक थर्बु डुप्टिन समष्टिको अडिसन बुधवार मिरिक रङ्गशाला गोपाल योञ्जन प्रेक्षागृहमा सम्पन्न भएको छ। साहित्य सुनौ परिवार मिरिकका अध्यक्ष राजबहादुर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि जीवन प्रकाश प्रधान थिए। यस अवसरमा जीटीए सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद अनोस कुमार थापा, मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, जनसम्पर्क अधिकारी विवेक गोले, भागोप्रमो सियोक गोपालधारा ओकेटी समष्टि अध्यक्ष समीर राई, ग्राम पञ्चायत प्रधान, उप प्रधान, सदस्यहरू लगायत मिरिकका विभिन्न सङ्घ संस्था अनि सङ्गीतप्रेमीहरू उपस्थित थिए।

दिमुक तामाङले सञ्चालन गरेका उक्त अडिसनमा मिरिक थर्बु डुप्टिन समष्टिका लगभग पच्चीस प्रतियोगीहरूले अडिसन दिए। कार्यक्रममा समष्टिका जेष्ठ नागरिकहरूलाई सम्मानित पनि गरियो। कार्यक्रममा बोल्दै जीटीए सूचना एवं सांस्कृतिक विभागका कार्यकारी सभासद अनोस कुमार थापाले प्रतिभाको खोजी गर्न जीटीए आइडलको आयोजना गरिएको बताए। आफ्नै गीत सङ्गीतलाई उकेरा दिने कार्य भनेर पनि तिनले बताए।

तिनले जीटीए क्षेत्रमा गायन क्षेत्रमा लागेर भविष्य बनाउन खोज्नेहरूलाई प्रोत्सहान प्रदान गर्न जीटीए आइडल आयोजना गरिएको बताउँदै अडिसन विभिन्न समष्टिमा हुने क्रममा बुधवार मिरिकमा पनि अडिसन गरिएको बताए। तिनले भने, हामीले हाम्रा गीत सङ्गीतलाई माया र संरक्षण गर्नपर्छ अनि हाम्रै क्षेत्रका गायक गायिकाहरूलाई अवसर प्रदान गर्नुपर्छ। अब हामीले हाम्रै गायक गयिकाहरूको गीत सुन्ने बानी बसाल्नुपर्छ। मिरिक थर्बु डुप्टिन समष्टिको अडिसनमा निर्णायकहरू कर्म शेर्पा, जुनु गौतम थिए। समष्टि सभासद मिलेस राईले सबैको सहयोग र सहभागिताले समष्टिमा अडिसन सफल बनेको बताए। त्यसका लागि तिनले सबैप्रति आभार प्रकट गरे। तिनले जीटीएले बाल कलाकारहरूलाई सहभागी गराएर जीटीए स्तरीय गायन प्रतियोगिता गरिदिने विभागीय सभासदप्रति अनुरोध गरे। समष्टिलाई प्रतिनिधित्व गरेर अघिल्ला प्रतियोगितामा चयन भएका प्रतियोगीलाई तिनले बधाई पनि दिए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.