मध्यस्थकर्ता पंकजकुमार सिंहको अगुवाइमा गठन गरिने भनिएको कमिटी गठनलाई भाजपाको समय कटनी नीति भनी पूर्व विधायक डाक्टर हर्कबहादुर क्षेत्रीले परिभाषित गरेका छन्। निर्दिष्ट समयसीमाविनाको उक्त कमिटी गठन केवल समय गालेर आउँदो चुनाउसम्म गोर्खा मुद्दा तन्काएर लाने अभिप्रायमात्र हुनसक्ने उनको आशङ्का रहेको छ। संवैधानिक व्यवस्था कुनै पनि आर्टिकलअन्तर्गत गठन गर्न सकिने पुष्टि गर्दै सिक्किम विषयलाई अहिलेको समयमा सबैभन्दा उपयुक्त विकल्प हुने उनले बताए भने गोर्खा अस्मिता अनि अस्तित्व र स्वशासन प्राथमिकता नभए भाजपासित गठबन्धनमा रहेका दलहरु विकासमा जानुपर्ने डा क्षेत्रीले मिडिया संवादमा प्रतिक्रिया जाहेर गरेका छन्।


