अदालत परिसरमा West Bengal Court Employees Association (WBCEA) तथा Union United – Fight for Rights को आयोजनामा सोमबार विरोध कार्यक्रम सम्पन्न भयो। बिहान १०:३० देखि १२:३० बजेसम्म चलेको कार्यक्रममा अदालत कर्मचारीहरूले रिक्त पदमा तत्काल भर्ती, दरबन्दी वृद्धि, शेट्टी आयोगका सिफारिस कार्यान्वयन, Court Service Rules, 2015 संशोधन, अस्थायी कर्मचारीको नियमितीकरण तथा उचित तलब–सुविधालगायतका माग अघि सारे। बिप्लब दासको नेतृत्वमा भएको कार्यक्रममा महासचिव रञ्जन रुम्बा, अध्यक्ष दिपेश सापकोटासहित कर्मचारीहरूको सहभागिता रहेको थियो। संघले मागहरू सम्बोधन नभएको भन्दै २४ र २५ अगस्ट पश्चिम बंगालभरिका जिल्ला अदालत कर्मचारीद्वारा दुईदिने हडताल गरिने जनाएको छ। कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताइएको छ।



