Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: सिलगढ़ी

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

मतिगढ़ाबाट अजिङ्गर उद्धार

सिलगढ़ी महकुमाको मतिगढ़ा अञ्चलमा पर्ने गुड़िया हिमुल इलाकाका गाउँलेहरूले एक दुर्लभ दृश्य देखे। स्थानीय एकजना व्यक्तिको घरभित्र अजिङ्गर देखेपछि स्थानीनय मानिसहरू सबै आतङ्कित भए। तर डर कम्ती हुन नपाउँदै सबैको मनमा कौतुहल सिर्जना भयो। त्यसपछि कोही दौड़ँदै आए त कोही फोटो खिँच्न थाले। तीमध्ये कोही भिडियो बनाउन थाले। क्षणभरमै घटनास्थलमा ठूलो भीड़ जम्मा भयो।अजिङ्गरबारे व्यापक […]
Read more

वृष्टिले सिलगढ़ीको व्यापारमा क्षति

विश्वकर्मा पूजाको अघिल्लो दिन नै वर्षाले व्यापारी र माटाका मूर्ति कलाकारहरूलाई समस्यामा पारेको छ। भोलि विश्वकर्मा पूजा। तर त्यसअघि परेको अविरल वर्षाले सिलगढ़ीका व्यापारी र मूर्ति बिक्रेताहरूलाई ठूलो समस्यामा पारिदिएको छ। पूजाको दुई दिन अघिदेखि नै बजारमा चहलपहल र किनमेल बढ़ेको थियो। तर मङ्गलवार दिउँसोदेखि निरन्तर परेको भारी वर्षाले शहरका विभिन्न ठाउँका व्यापारीहरूलाई प्रत्यक्ष प्रभाव […]
Read more

पुलिस कमिश्नरद्वारा सिलगढ़ीमा पूजा पण्डालहरूको निरीक्षण

बङ्गालको महान् पर्व दुर्गा पूजा आउन अब केही दिन मात्र बाँकी छ। लगातार परेको भीषण वर्षाले पण्डाल निर्माण कार्य केही ढिलो भए पनि पर्वको माहोलमा कुनै कमी आएको छैन। भीषण प्राकृतिक विपत्तिको बीच पनि विभिन्न क्लबहरूमा पूजा पण्डाल निर्माण कार्य जोड़तोड़ले चलिरहेको छ।आज सिलगढ़ी कमिश्नरेट क्षेत्रका पुलिस कमिश्नर सी. सुधाकरले शहरका विभिन्न पूजा पण्डालहरूको निरीक्षण […]
Read more

मेयर परिषदबाट बर्खास्त श्रावणी दत्त

14 नम्बर वार्डकी काउन्सिलर श्रावणी दत्तलाई मेयर परिषद पदबाट हटाइएको छ। यसबारे अहिले नै सिलगढ़ीको राजनीतिमा चर्चा चुलिएको छ। तर यस विषयमा अझसम्म श्रावणी दत्तको कुनै प्रतिक्रिया आएको छैन। तृणमूल कङ्ग्रेसका दुई गुटमाझ रहेको विवादका कारण आइतवार मध्य राति सिलगढ़ी नगर निगमको 14 नम्बर वार्डको राजीव मोड़मा तनाउ सिर्जना भएको थियो। वार्डकी काउन्सिलर श्रावणी दत्त, […]
Read more

डेण्टल कलेजमा भ्रष्टाचारको आरोप

रोगी सेवा प्रायः ठप्प जस्तै छ। जस्तोसुकै सेवा पाइरहेको भए पनि रोगीहरूले आफ्नो खल्तीबाट पैसा खर्च गर्नु परिरहेको छ। यस्तो अवस्था उत्तर बङ्गाल डेण्टल कलेज तथा अस्पतालमा देखिएको हो। यहाँ दलालहरूको चक्र सक्रिय छ। यसकारण रोगीहरूले निःशुल्क राम्रो उपचार पाउने आशा छोड़िसकेका छन्। स्वास्थ्य विभागको निगरानीको अभावमै उत्तर बङ्गालको एक मात्र सरकारी डेण्टल कलेज भ्रष्टाचारको […]
Read more

एसआईआर वास्तवमा एउटा राजनैतिक एजेण्डा : मोहम्मद सलिम

देशको आर्थिक र सामाजिक अवस्थाबारे वाम मोर्चाका नेता मोहम्मद सलिमले चिन्ता व्यक्त गरे। सिलगढ़ीमा आयोजित पत्रकार सम्मेलनमा तिनले केन्द्र र राज्य दुवै सरकारको कड़ा आलोचना गरेका छन्। तिनले भने, 2025 मा देश आर्थिक रूपले सङ्कटग्रस्त छ। देशको अर्थतन्त्र धराशायी बन्दैछ तर केन्द्र सरकारले गलत जानकारी दिएर जनतालाई भ्रमित पार्दैछ। सत्य लुकाइएको अनि तथ्यहरूलाई तोड़मोड़ गरिएको […]
Read more

बङ्गाल सफारीमा वन महोत्सव

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा जिल्ला स्तरको वन महोत्सव समिति र वन विभागको सहयोगमा सोमवार सिलगढ़ीस्थित बङ्गाल सफारी पार्कमा वन महोत्सव 2025 भव्य रूपमा सम्पन्न गरियो। महोत्सवको सुरुवात स्कूली विद्यार्थीहरूले वृक्ष रोपण गर्दै वातावरण संरक्षणको सन्देश दिएर गरिएको थियो। यस अवसरमा सिलगढ़ी नगरपालिकाका मेयर गौतम देव, पुलिस आयुक्त सी. सुधाकर, एसजेडीएका नवनियुक्त अध्यक्ष दिलीप […]
Read more

उत्तर कन्या अभियानबारे पत्रकार सम्मेलन

आगामी 21 जुलाईको उत्तर कन्या अभियानबारे तनाउको स्तर बढ्दै गइरहेको छ। सिलगढ़ीमा आयोजित एक पत्रकार सम्मेलनमा भाजपा युवा मोर्चाका राज्य अध्यक्ष इन्द्रनील खाँले भने, उत्तर कन्या अभियानका लागि पुलिसले अनुमति नदिएको हुँदा तिनीहरूले जलपाइगढ़ी सर्किट बेञ्चको डिभिजन बेञ्चमा शरण लिएका छन्। भाजपा युवा मोर्चाको जनआन्दोलनलाई रोक्नकै लागि प्रशासनले उत्तर कन्या अभियानको अनुमति नदिएको इन्द्रनील खाँको […]
Read more

लटरी टिकट चोरीको आरोप

सिलगढ़ी शहरमा चोरी र आपराधिक घटनाहरू दिनहुँ बढ्दै गइरहेको छ। यसले स्थानीय वासिन्दाहरूलाई चिन्तित बनाइरहेको छ। यस्तै एक घटनामा फेरि चोरीको आरोप सिलगढ़ी विधान रोडमा उठेको छ। लटरी टिकट चोरी गर्न खोज्दा एक व्यक्ति पक्राउ परेका बताइएको छ। प्राप्त जानकारीअनुसार विधान रोड क्षेत्रमा रहेको एक लटरी व्यवसायीको पसलबाट बेला–बेला टिकट चोरी भइरहेको थियो। लटरी टिकट […]
Read more

पैह्रो झर्दा राष्ट्रिय राजमार्ग प्रभावित

अहिले उत्तर बङ्गालमा पूर्ण रूपले मनसून आरम्भ भइसकेको छ। मनसून भइरहेको अत्यधिक वर्षाले सिलगढ़ीदेखि सिक्किमतर्फ जाने 10 नम्बर राष्ट्रिय राजमार्ग प्रभावित बनेको छ। वर्षाको कारण हिजो रातिदेखि नै यस राष्ट्रिय राजमार्गका विभिन्न स्थानहरूमा पैह्रो खस्न थालेको थियो। वर्षाको कारण पैह्रो झर्दा मार्गमा सवारी साधनको आवागमनमाथि अवरोध पुऱ्याएको थियो। राष्ट्रिय राजमार्गको सेतीझोड़ा, सेल्फी डाँड़ा, बिरिक डाँड़ा, […]
Read more
1 2 3 4 5 6

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.