Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

उम्मेद्वार परिवर्तन गरे पनि भाजपालाई मिलेन राहत

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

26 को महायुद्धमा उम्मेद्वार दिन जाँदै गर्दा नै भाजपा ठूलो सङ्कटमा परेको छ। जिल्ला जिल्लामा कार्यकर्ता–समर्थकहरूको विरोध प्रदर्शन भइरहेको छ। दबाउमा परेर जलपाइगढ़ी जिल्लाको मैनागुड़ी क्षेत्रमा उम्मेद्वार परिवर्तन गरे पनि भाजपालाई अन्ततः राहत मिलेको छैन। पुराना र नयाँबीच विवाद सतहमा आएको छ। दल बदल्नेलाई टिकट दिइएकोमा पुराना कार्यकर्ताहरू आक्रोशित छन्। ठूलो रकम लिएर टिकट बिक्री गरिएको आरोपसमेत उठेको छ।
आज भाजपाको चौथो उम्मेद्वार सूची सार्वजनिक गरिएको छ। त्यसमा 13 जनाको नाम समावेश छ। साथै मैनागुड़ी क्षेत्रमा पनि उम्मेद्वार परिवर्तन गरिएको छ। केही दिनअघि उक्त क्षेत्रमा उम्मेद्वारका रूपमा विद्यमान विधायक कौशिक रायको नाम घोषणा गरिएको थियो। त्यसमा दलभित्रकै एक समूह असन्तुष्ट थियो। कौशिक रायलाई तत्काल परिवर्तन गर्नुपर्ने तिनीहरूको माग थियो। अन्ततः कार्यकर्ताहरूको विरोधका कारण पार्टीले उक्त मागलाई स्वीकार गरेको छ। मङ्गलवार मैनागुड़ी क्षेत्रमा नयाँ उम्मेद्वारको नाम घोषणा गर्दै भाजपाले दलिम रायलाई टिकट दिएको छ। तिनी पार्टीका पूर्व जलपाइगढ़ी जिल्ला सचिव हुन्।
दलिम पहिले तृणमूलमा थिए। 9 वर्षअघि तिनले भाजपामा प्रवेश गरेका थिए। दल बदल्ने दलिमलाई उम्मेद्वार बनाइएकामा मैनागुड़ीका पुराना भाजपाका केही कार्यकर्ताहरू असन्तुष्ट छन्। साथै तृणमूल पक्षले पनि व्यङ्ग्य गर्न छाड़ेन। 2018 मा पञ्चायत समितिमा र 2022 मा नगरपालिकामा चुनाउ लड़े पनि जित्न सकेनन्। अब विधानसभामा पनि हारेर तिनले हारको ह्याट्रिक’ पूरा गर्ने तिनीहरूले बताएका छन्।
अर्कातिर कौशिक रायलाई उम्मेद्वार सूचीबाट हटाइएपछि तिनका समर्थकहरूले प्रतिवाद आन्दोलन आरम्भ गरेका छन्। 42 लाख रुपियाँमा मैनागुड़ीमा पार्टीको उम्मेद्वार पदको टिकट बिक्री गरिएको कौशिक समर्थकहरूले आरोप लगाएका छन्। यसैबीच श्रीमानको नाम उम्मेद्वार सूचीबाट हटाइएपछि कौशिक रायकी पत्नी सोनी रायको आँखामा आँशु आएको छ। तिनले भनिन्, भाजपाले यो नीतिविरुद्धको काम गर्योम।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.