Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

15 वर्षमै आमा-बाबा बन्ने 28 हजार

आँखा तिरिमिरी हुने अवस्था छ। मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) प्रक्रियामा लोजिकल डिस्क्रिपेन्सीको सीमामा कोचबिहार जिल्लाबाट बाहिर आएको तथ्याङ्कले सबैलाई चकित पारेको छ। तथ्याङ्कअनुसार, जिल्लामा लगभग 28 हजार यस्ता व्यक्ति छन् जसको उमेर तिनीहरूको बाबा वा आमासित केवल 15 वर्षको फरक देखिएको छ। त्यसो भए के यति धेरै मानिसहरू केवल 15 वर्षकै उमेरमा आमा […]
Read more

शिक्षक–कर्मचारीलाई हेल्थ स्किममा समेट्न मुख्यमन्त्रीलाई मन्त्रीको पत्र

विधानसभा चुनाउ नजिक आइरहेको छ। यस्तो परिस्थितिमा राज्यका सरकारी सहायता प्राप्त विद्यालयका शिक्षक–शिक्षिका अनि शिक्षाकर्मी साथै सहायता प्राप्त कलेज र विश्वविद्यालयका शिक्षाकर्मीलाई पनि वेष्ट बेङ्गल हेल्थ स्किममा समेट्ने माग गर्दै स्वयम् राज्यका शिक्षा राज्यमन्त्री सत्यजित बर्मन मुखर बनेका छन्। सत्तारूढ़ दलका एक शीर्ष नेतालाई सत्यजितले 13 जनवरीमा लेखेका यस सम्बन्धी पत्र सामाजिक सञ्जालमा भाइरल भएको […]
Read more

सौरभकान्ति मण्डल राजगञ्जका बीडीओ जिम्मावारीमा

सर्वोच्च न्यायालयले सल्टलेकको दत्ताबादमा सुन व्यवसायी स्वप्न कामिल्याको अपहरण तथा हत्या प्रकरणमा राजगञ्जका बीडीओ प्रशान्त बर्मनलाई आत्मसमर्पण गर्ने आदेश दिएको थियो। उक्त आदेशको 24 घण्टाभित्रै प्रशान्त बर्मनलाई राजगञ्जको बीडीओ पदबाट हटाइयो। तिनको स्थानमा सौरभकान्ति मण्डललाई जिम्मावारी दिइएको छ। यसअघि सौरभकान्ति मण्डल राजगञ्जकै संयुक्त बीडीओ पदमा कार्यरत थिए। मङ्गलवार नयाँ जिम्मावारी सम्हालेका बीडीओ सौरभलाई स्थानीय विधायक […]
Read more

एसएसबीद्वारा ब्युटिशियन तालिम सम्पन्न

सशस्त्र सीमा बल (एसएसबी)को आठौँ वाहिनीद्वारा सीमावर्ती क्षेत्रका युवतीहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यमा आयोजित 30 दिने ब्युटिशियन तालिम सफलतापूर्वक सम्पन्न भएको छ। वाहिनीका कमाण्डेण्ट मितुल कुमारको मार्गदर्शनमा बाघखोर क्षेत्रमा यस तालिमको समापन कार्यक्रम आयोजना गरियो। देशबन्धु व्यावसायिक प्रशिक्षण संस्थान, सिलगढ़ीद्वारा सञ्चालित यो प्रशिक्षण कार्यक्रम गत 18 दिसम्बरदेखि 17 जनवरीसम्म चलेको थियो। मिरिक र यसको वरिपरि क्षेत्रका […]
Read more

फूलबारीमा सूर्य सेन महाविद्यालयको दोस्रो क्याम्पसको शिलान्यास

फूलबारी–1 ग्राम पञ्चायतअन्तर्गत साहुडाङ्गी क्षेत्रमा सोमवार सूर्य सेन महाविद्यालयको दोस्रो क्याम्पसको शिलान्यास गरिएको छ। कार्यक्रममा सिलगढ़ी नगर निगम मेयर गौतम देव प्रमुख अतिथिका रूपमा उपस्थित थिए। मेयर गौतम देवको बाहुलीबाट आज महाविद्यालयको दोस्रो क्याम्पसको शिलान्यास गरिएको हो।आजको शिलान्यास कार्यक्रममा सिलगढ़ी–जलपाइगढ़ी डेभलपमेण्ट अथोरिटीका अध्यक्ष दिलीप दुग्गड़, उपमेयर रञ्जन सरकार, सञ्जय तिब्रेवाला, कलेजका अधिकारीहरू, विद्यार्थीहरू तथा अन्य […]
Read more

बक्सा बाघ परियोजनाको जङ्गलमा बाघको पाइला

बक्सा बाघ परियोजनाको जङ्गलमा तृणभोजी र मांसाहारी जनावरहरूको गणना कार्य आरम्भ भएको छ। यही गणनाका क्रममा बाघको पाइलाको छाप पनि फेला परेको छ। यसअघि बक्सामा ट्र्याप क्यामेरामा रोयल बेङ्गल टाइगरको तस्वीर कैद भएको थियो। ट्र्याप क्यामेरामा बाघको तस्वीर देखिएपछि बक्सा बाघ परियोजनाका अधिकारीदेखि वनकर्मीहरू सबै उत्साहित भएका थिए। नेउरा भ्याली राष्ट्रिय निकुञ्जपछि बक्सा बाघ परियोजनाको […]
Read more

मुख्यमन्त्रीद्वारा महाकाल मन्दिरको शिलान्यास

मतिगढ़ामा महाकाल मन्दिर निर्माण कार्यको शिलान्यास समारोहमा उपस्थित भएर नाम नलिईकनै विपक्षीलाई कठोर सन्देश दिँदै मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, कसैले पनि म पञ्जिका–टञ्जिका हेर्दिनँ भनेर नसोचून्। 4.15 पछि शुभ समय थियो, म त्यसैअनुसार यहाँ आएकी हुँ। राज्य विधानसभाको चुनाउ नजिकिँदै गर्दा त्यसको पूर्वसन्ध्यामा सिलगढ़ीमा यो विशाल मन्दिर परियोजनाको आरम्भले बङ्गालको राजनीति तात्तिएको छ। चुनाउअघि साम्प्रदायिकता […]
Read more

निरपानियाबाट बालिका बेपत्ता

निरपानी शान्तिग्राम निवासी 14 वर्षीय प्रीति लोहार बेपत्ता बनेकी जानकारी प्राप्त भएको छ। गत 15 जनवरीको बिहान लगभग 4 बजीदेखि प्रीति आफ्नो निजी वासस्थानदेखि नै लापता बेनेकी हुन्। परिवारले चारैतिर सोधखोज गर्दा पनि तिनीबारे पत्तो लगाउन सकेको छैन। खोजी गरेर पनि पत्तो नलागेपछि पानीघट्टा पुलिस थानामा प्रीति बेपत्ता बनेको घटनाबारे बिहीवार प्राथमिकी दर्ता गराइएको परिवार […]
Read more

जलपाइगढ़ी सर्किट बेञ्चको नयाँ भवन उद्घाटन हुने

कलकत्ता उच्च न्यायालयको जलपाइगढ़ी सर्किट बेञ्चको नव–निर्मित भवनको उद्घाटन आगामी 17 जनवरीको दिन हुने तय भएको छ। उद्घाटनलाई लक्षित गर्दै भवनलाई बत्तीले सजाइएको छ भने अन्तिम तयारी तीव्र रूपमा अघि बढ़िरहेको छ।सिलगढ़ी नगर निगमका मेयर गौतम देबले उद्घाटनको तयारीसितै व्यवस्थाको समीक्षा गर्न स्थलको निरीक्षण गरे। तिनीसित जलपाइगढ़ी नगरपालिकाका अध्यक्ष सैकत चट्टोपाध्याय पनि उपस्थित थिए। तिनीहरूले […]
Read more

जमीन फिर्ता गर्न जलपाइगढ़ी सदर महकुमा अधिकारीको आदेश

यसै महीनाको 21 तारिखभित्र राधिका लाइब्रेरीको कब्जामा परेको मैनागुड़ीस्थित जमीनको सिमाना निर्धारण गरी उक्त स्थानमा खम्बा गाड्न जलपाइगढ़ी महकुमा अधिकारी तमोजित चक्रवर्तीले निर्देशन दिएका छन्। कब्जा गरिएको चार डेसिमल जमीनबाट अतिक्रमणकारीहरू हट्नुपर्ने आदेश पनि दिइएको छ। राधिका लाइब्रेरीको चार डेसिमल जमीन कब्जा गरिएको बताउँदै लगभग दुई वर्षअघि राधिका लाइब्रेरी विकास मञ्चले जिल्ला अधिकारीको कार्यालयमा उजुरी […]
Read more
1 2 3 4 5 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.