Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

विधायकद्वारा राजगञ्जमा सड़क निर्माण कार्यको शिलान्यास

बुधवार राजगञ्जको सारियाममा पथश्री 3 योजनाअन्तर्गत नयाँ सड़क निर्माण कार्यको शिलान्यास गरिएको छ। विधायक खगेश्वर रोयले राजगञ्ज ब्लकअन्तर्गत कुकुरजान ग्राम पञ्चायत क्षेत्रमा सड़क निर्माण कार्यको शिलान्यास गरेका हुन्।प्राप्त विवरणअनुसार नयाँ सड़क आमबारी–फालाकाटा सड़कनजिकैको काली मन्दिरदेखि फकीरपुर प्राथमिक विद्यालयसम्म नयाँ सड़क निर्माण गरिनेछ। यसले सारियामस्थित राष्ट्रिय राजमार्ग 27 देखि 5.5 किलोमिटर दूरी कभर गर्नेछ। पञ्चायत तथा […]
Read more

मेडिकलमा सुपर स्पेशियालिटी ब्लक निर्माण भए पनि सञ्चालनमा छैन

उत्तर बङ्गालका जनसाधारणलाई अत्याधुनिक स्वास्थ्य सेवा प्रदान गर्न उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा सुपर स्पेशियालिटी ब्लक तयार गरिएको छ। योजनाअनुसार त्यहाँ पेडियाट्रिक सर्जरी, प्लाष्टिक सर्जरी र कार्डियोथोरासिक सर्जरीसितै सबै आधुनिक स्वास्थ्य सेवा उपलब्ध हुने बताइएको थियो। तर सुपर स्पेशियालिटी विभाग सञ्चालन गर्नको साटो नयाँ भवनमा पुरानो भवनमा रहेका अल्ट्रासोनोग्राफी, सेण्ट्रल ल्याब, ईईजी, सीसीयू जस्ता […]
Read more

एनजेपी रेलवे क्वार्टरमा चोरी प्रकरणमा दुई आरोपी पक्राउ

केही दिनअघि एनजेपी रेल क्वार्टरमा भएको चोरी प्रकरणमा सुन–चाँदीका गहना उद्धार गर्दै दुई युवकलाई पुलिसले पक्राउ गरेको छ। घटनामा संलग्न दुई आरोपी अहिले पुलिसको हिरासतमा छन्। गत 13 जुलाईको मध्य राति न्यू जलपाइगढ़ी पुलिस थानाअन्तर्गत सेण्ट्रल कोलोनीस्थित नेताजी क्लबअघि चोरीको घटना भएको थियो।घर मालिकको आरोपअनुसार त्यो राति चोरहरूको समूहले घरका सबै सदस्यहरूलाई नशालु औषधी छर्की […]
Read more

पर्यटनमा उपहार, पर्वअघि नयाँ रूटमा टोय ट्रेन

जोय राइडपछि यसपल्ट दशैँ–तिहारअघि थप तीनवटा छोटो ट्रिप सञ्चालन हुने भएका छन्। दार्जीलिङ हिमालयन रेल्वे सूत्रले जानकारी दिएअनुसार यस सेप्टेम्बरमा पर्व अघिसम्म टी टिम्बर स्पेशियल, दार्जीलिङ–खरसाङ स्टीम स्पेशियल अनि खरसाङ महानदी सनराइज स्पेशियल राइड सञ्चालन गरिनेछ। जोय राइड अहिले पर्यटकहरूबीच निकै लोकप्रिय बनेको छ। एक महीनाअघि अनलाइनमा टिकट बूक भइसकेको हुन्छ। दिनमा 10-12 पल्टसम्म राइड […]
Read more

पानी ट्याङ्कीबाट बङ्गलादेशी पक्राउ

भारत–नेपाल सीमाबाट फेरि एक बङ्गलादेशी युवक पक्राउ परेको छ । अवैध रूपमा तिनी भारतमा बसोवास गर्दै आइरहेको आरोप छ। नेपाल सीमाको पानी ट्याङ्कीस्थित गौरसिंहजोत क्षेत्रबाट तिनलाई एसएसबीले नियन्त्रणमा लिएर पुलिसलाई सुम्पेको हो।एसएसबी सूत्रअनुसार पक्राउ परेका बङ्गलादेशी युवकको नाम अरुण कान्ति राय हो। तिनको घर बङ्गलादेशको लालमोनीहाटमा रहेको बताइएको छ। तीन वर्षअघि तिनी बङ्गलादेशबाट अवैध रूपमा […]
Read more

नगराकट्टा सड़क दुर्घटनामा तीनको मृत्यु

सखारै बिहान भयावह दुर्घटना भएको छ। चिया श्रमिकहरू बोकेको पिकअप भ्यान पल्टिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ अनि धेरै घाइते भएका छन्। सोमवार सखारै बिहान नगराकट्टाको गठिया चियाबारीको अप्पर डिभिजनमा यस्तो मर्मान्तिक घटना भएको हो।प्राप्त जानकारीअनुसार मृत अनि घाइते सबै खयेरकट्टा गाउँ र खयेरबारी क्षेत्रका वासिन्दा हुन्। अन्य दिन जस्तै आज पनि तिनीहरू पिकअप भ्यानमा […]
Read more

क्षणभरमै सुनका चेनहरूको चोरी

दोकानमा पसेर मालिककै आँखैअघि सुनको चेन लिएर चम्पट कसे दुईजना चोरहरूले। यो घटना सिलगढ़ीनजिक शिवमन्दिर क्षेत्रमा सोमवार भएको हो। बिहान गहना दोकान खोलेपछि पहिलो ग्राहक बनेर पसेका एकजना व्यक्तिले लकेट देखाउन भने। तर लकेट मन नपरेपछि तिनले सुनको चेन देखाउने माग गरे। त्यसपछि तिनले केही गहनाहरू पनि हेरे। फेरि चेन देखाउन भने। त्यसै बेला अर्को […]
Read more

अगस्तको अन्त्यमा खोलिने गजलडोबा पुल

यसै महीनाको अन्त्यतिरै गजलडोबा टिस्टा ब्यारेजको पुल खोलिनेछ। दुर्गा पूजालाई ध्यानमा राखेर 140 दिनको साटो 120 देखि 125 दिनमै पुल खोलिने भएको हो। बुधवार जलपाइगढ़ी सर्किट हाउसमा जिल्ला शासक श्याम पारभिनले औपचारिक रूपमा यस्तो जानकारी दिइन्। तर पुल आवागमनका लागि खोलिएपछि डम्पर चल्न दिने कि नदिने भनेर अहिले नै टिप्पणी गर्न चाहिनन् तिनले। सन् 2023 […]
Read more

निसिथ प्रामाणिकको वाहनमाथि आक्रमण

दिनाहाटा न्यायालयमा हाजिरा दिन पुग्दा पूर्व केन्द्रीय मन्त्री निसिथ प्रामाणिकले विरोधको सामनामा परे। तिनको गाड़ीलाई लक्ष्य गरेर अण्डा र ढुङ्गा प्रहार गरिएको तृणमूल कार्यकर्तामाथि आरोप लागेको छ। सन् 2018 मा अबु मियाँ नामक एक तृणमूल कार्यकर्तालाई घरबाटै निकालेर हत्या गरिएको आरोपमा निसिथ प्रामाणिकसहित 41 जनाविरुद्ध मुद्दा दर्ता गरिएको थियो। त्यति बेला निसिथ प्रामाणिक तृणमूल युवा […]
Read more

ग्राम पञ्चायत सदस्य सङ्गीत राईको नेतृत्वमा सड़क सफाई

बुधवार निगाले फाटकदेखि भारत नेपाल सीमा ओकेटी चियाबारीबीच गाँउसम्म पुगेको सड़क सफाई गरिएक छ। बितेको दिनहरूमा अविरल झरीले सड़क छेउछाउमा झरेको पैहोलाई जेसीबीद्वरा सफा गर्ने कार्य गरियो। ग्राम पञ्चायत सदस्य सङ्गीत राईको नेतृत्वमा सफाई कार्य गरिएको हो। यस अवसरमा बोल्दै ग्राम पञ्चायत सदस्य सङ्गीत राईले भने, बितेको दिनहरूको वर्षाले सड़कका धेरै ठाँउमा पैह्रो अनि ढिस्कना […]
Read more
1 18 19 20 21 22 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.