Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Paromita

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

उम्मेद्वारको भान्सामा दिनभरि खाना पकाउने काम

चुनाउ मैदानमा बिहानदेखि साँझसम्म कार्यकर्ता र समर्थकहरू खटिरहेका छन्। तिनीहरूको खानपानका लागि जलपाइगढ़ीका तृणमूल उम्मेद्वार कृष्ण दासले भान्सा सञ्चालन गरिरहेका छन्। बारोपेटियास्थित आफ्नै घरमा रहेको उक्त भान्सामा बिहानदेखि नै ठूलो कराईमा खाना पकाउन आरम्भ हुन्छ। कुर्सी-टेबल राखेर भोज चलिरहेको छ। हरेक दिन लगभग एक हजार मानिसहरूको खानपानको व्यवस्था गरिएको छ। हप्ताका प्रत्येक दिन फरक मेनु […]
Read more

दुर्घटनामा बालिकाको मृत्यु

सड़क दुर्घटनामा लगभग सात वर्षीया एक बालिकाको ज्यान गएको छ। आज शुक्रवार बिहान लगभग 10.30 बजी लाभपुर थानाअन्तर्गत धनडाङ्गा गाउँमा चौहट्टा–साँइथिया सड़कको छेउमा उक्त दुर्घटना भएको हो। स्थानीय वासिन्दाहरूअनुसार आमासित सड़क पार गर्दै थिइन् बालिका। त्यसै बेला तीव्र गतिमा आएको एउटा टेम्पो गाड़ीले बालिकालाई जोड़ले ठक्कर दियो। ठक्कर लाग्ने बित्तिकै बालिका भुइँमा उछिट्इन्। गम्भीर घाइते […]
Read more

तृणमूल उम्मेद्वारद्वारा चुनाउ मैदानमा उत्रिनअघि मातृ आराधना

राजनीतिक कठोर प्रतिस्पर्धा, प्रचारको तीव्र ताप सबैभन्दा बाहिर अचानक एउटा फरक तस्वीर देखियो। जलपाइगढ़ी क्षेत्रका तृणमूल उम्मेद्वार कृष्ण दासले चुनाउ युद्धको मैदानमा उत्रिनअघि मातृ आराधनाको बाटो रोजे।शुक्रवार बिहान बारोपेटियास्थित आफ्नै निवासमा तिनले आफ्नी आमाको पूजा गरे। तिनका 87 वर्षीया आमा इरारानी दासलाई छोराले सावधानीपूर्वक अगाड़ि ह्विलचेयरमा बसाए। त्यसपछि नयाँ गम्छा ओछ्याएर, फूल र भोगले सजाइएको […]
Read more

एम्बुलेन्स–ट्रेलरको ठक्करमा भीषण आगलागी

ठोक्किएपछि एम्बुलेन्स अनि ट्रेलर हुरुरु जले। 27 नम्बर राष्ट्रिय राजमार्गको मोहितनगर ओभरब्रिजनजिक जलपाइगढ़ीबाट सिलगढ़ी आउँदै गरेको एम्बुलेन्स अनि ट्रेलर मुखामुखी ठोक्किए। त्यसपछि आगलागी हुँदा राष्ट्रिय राजमार्ग स्तब्ध भयो। घटनाको खबर पाएपछि दमकल र पुलिस अधिकारीहरू घटनास्थलमा पुगे। यद्यपि यस घटनामा कुनै मानवीय क्षतिको खबर प्राप्त भएको छैन।बुधवार अबेर राति एउटा एम्बुलेन्स सर्भिस रोडबाट 27 नम्बर […]
Read more

आमाको हत्या घटनाको पुनर्निर्माण

एउटै समयमा श्राद्ध र हत्या घटनाको पुनर्निर्माण। एकातिर घरको आँगनमा सानो छोराले आमाको श्राद्ध कर्म गर्दै थिए। आफन्तहरू पनि उपस्थित थिए। त्यसै समयमा कालो कपड़ाले अनुहार ढाकिएको र हातकड़ी लगाइएको अवस्थामा पुलिसको घेराबन्दीमा आमाको हत्या आरोपमा पक्राउ परेका जेठो छोरा घरभित्र प्रवेश गरे। घटनाको पुनर्निर्माणका लागि आरोपीलाई आफ्नै घरमा ल्याइएको थियो। गएको आइतवार राति मैनागुड़ीको […]
Read more

ममता ब्यानर्जीको फोनमै पग्लिए खगेश्वर

दलबाट राजीनामा दिने निर्णय गरेपछि खगेश्वर रायको घरमा तृणमूल कङ्ग्रेसको किसान खेत मजदुर युनियनका जिल्ला अध्यक्ष दुलाल देवनाथ पुगे। प्राप्त जानकारीअनुसार तिनको घरमा तृणमूलकी जिल्ला सभानेत्री महुआ गोप पनि आउनेछन्। साथै निवर्तमान मन्त्री तथा माल विधानसभा क्षेत्रका तृणमूल उम्मेदवार बुलुचिक बराइक पनि आउनेछन्। यसअघि नै राजगञ्जस्थित तिनको घरमा तृणमूलका मैनागुड़ीका उम्मेदवार राममोहन राय र दलका […]
Read more

तृणमूल–भाजपा उम्मेद्वारको पूजा विषयमा अलिपुरद्वारको मन्दिरमा तनाउ

विधानसभा निर्वाचनका उम्मेद्वार घोषणा भएपछि अलिपुरद्वारमा राजनीतिक तनाउ क्रमशः बढ्दै गइरहेको छ। सोही तनाउको अभिव्यक्ति शहरमै देखियो जहाँ भाजपा र तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूबीच नारा–प्रतिनाराले क्षेत्र तात्तियो। अलिपुरद्वारका भाजपा उम्मेद्वार परितोष दास शहरको 3 नम्बर वार्डस्थित दक्षिणेश्वर रामकृष्ण सङ्घ आद्यापीठ मन्दिरमा पूजा गर्न पुगेका थिए। पूजा सकेर मन्दिर परिसरबाट जनसम्पर्क गर्दै बाहिर निस्किने क्रममा नै नारा–युद्ध […]
Read more

स्वप्नालाई उम्मेद्वार बनाएपछि तृणमूल विधायकको युद्धघोषणा

जलपाइगढ़ीको तृणमूल कार्यालयमा नेता-कर्मीहरूसित बसेका थिए राजगञ्जका निवर्तमान विधायक खगेश्वर राय। तिनको नजर नेतृ ममता ब्यानर्जीको उम्मेद्वार सूची घोषणातर्फ थियो। मेखलीगञ्जबाट उम्मेद्वारको नाम घोषणा गरिन् ममता ब्यानर्जीले। खगेश्वर सतर्क भएर बसे। तर क्रमशः तिनको विधानसभा क्षेत्रका उम्मेद्वारको नाम घोषणा हुन साथ तिनको अनुहार फिक्का भयो। त्यसपछि ममता, अभिषेक ब्यानर्जीले अरू कुन-कुन क्षेत्रमा कसलाई उम्मेद्वार बनाए […]
Read more

घृणित प्रतिशोधको शिकार 10 वर्षीय बालक

मेडिकल फाँड़ीको विधानपल्ली क्षेत्रबाट हराएका 10 वर्षीय नाबालकको दुःखद अन्त्य सार्वजनिक भएको छ। हराएको सात दिनपछि आफ्नै सौतेला छोरालाई योजनाबद्ध रूपमा हत्या गरिएको थाहा भयो। हत्याको आरोप सौतेला पिता उत्तम बर्मनविरुद्ध लागेको छ। शीतलकुचीका वासिन्दा उक्त आरोपीलाई मङ्गलवार राति पुलिसले गरेको जाँचपड़तालमा तिनले हत्या गरेको स्वीकार गरेको छ।छोरा हराउनुको पछाड़ि आफ्नै श्रीमानमाथि शङ्का व्यक्त गरेकी […]
Read more

भागोप्रमोद्वारा उम्मेद्वार घोषणा

राज्यमा चुनाउ घोषणा भएपछि अनित थापाको दल भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) ले पहाड़का तीन विधानसभा आसनका लागि उम्मेद्वार घोषणा गरेको छ। आइतवार राति दलले उम्मेद्वारहरूको सूची सार्वजनिक गरेको हो।अनित थापाले यसअघि नै दलले पहाड़मा एकलै विधानसभा चुनाउ लड्ने बताएका थिए। कालेबुङ विधानसभा क्षेत्रबाट रुदेन सादा लेप्चालाई उम्मेद्वार बनाइएको छ। तिनले सन् 2021 मा उक्त […]
Read more
1 2 3 4

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.