Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

आरोपी विद्यार्थीहरू प्लाज्मा समितिबाट बाहिर

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

उत्तर बङ्गाल मेडिकल कलेजमा भएको ऱ्यागिङ घटनामा संलग्न विद्यार्थीहरूलाई वार्षिक सांस्कृतिक कार्यक्रम प्लाज्माको आयोजक समितिबाट हटाउने एण्टी ऱ्यागिङ समितिले निर्णय गरेको छ। मङ्गलवार उत्तर बङ्गाल मेडिकल कलेजमा बसेको एण्टी ऱ्यागिङ समितिको बैठकमा यस्तो निर्णय गरिएको हो। उक्त बैठकमा कलेजका प्राचार्य सञ्जय मलिक, डिन अनुपमनाथ गुप्ता, हरेक विभागका प्रतिनिधि तथा दार्जीलिङ जिल्ला लिगल एड सेलका सचिव अमित सरकार उपस्थित थिए।

मेडिकल कलेज सूत्रअनुसार बैठकमा ऱ्यागिङ प्रकरणमा संलग्न 20 जना विद्यार्थीहरूलाई बोलाइयो। केहीले आफ्नो गल्ती स्वीकार गरे पनि समितिका सदस्यहरूले ऱ्यागिङलाई सामान्य रूपमा नलिने स्पष्ट गरे। प्लाज्मा कार्यक्रमका तयारीका क्रममा सत्तारूढ़ दलसित नजिक रहेका केही विद्यार्थीहरूले अन्य साधारण विद्यार्थीमाथि मानसिक यातना दिएका सोमवार कलेज प्रशासनलाई नालिश गरिएको थियो। त्यसै गरी ती आरोपी विद्यार्थीहरूले डिनसित 50 हजार रुपियाँ माग गरेका पनि उल्लेख गरिएको थियो।
पीड़ित विद्यार्थीहरूले प्राचार्यसित भेट गरी न्यायको माग गरेका थिए। नालिश पाउन साथ प्राचार्यले जाँचको आदेश दिए। त्यसपछि नै आज एण्टी ऱ्यागिङ समितिका सदस्यहरू आपतकालीन बैठकमा बसे। प्राचार्यले भने, एण्टी ऱ्यागिङ समितिले आफ्नो सिफारिस मलाई लिखित रूपमा दिनेछ। त्यसपछि आवश्यक कदम चालिनेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.