टकभर–मालीधुरा क्षेत्रमा आज भएको बाइक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार, अलिपुरद्वारबाट दार्जीलिङ घुम्न आएका दुई बाइक सवार दुर्घटनामा परेका हुन्। घुम्ने क्रममा बाइक अनियन्त्रित भई मालीधुराका ४९ वर्षीय अनिल राईलाई ठक्कर दिएको बताइएको छ। दुर्घटनामा गम्भीर घाइते भएका राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको खबर छ। यसै दुर्घटनामा बाइकको पछिल्लो सिटमा सवार २० वर्षीय हरिदासको घटनास्थलमै मृत्यु भएको बताइएको छ। बाइक चालक २३ वर्षीय आकाश दास गम्भीर अवस्थामा रहेको र उनलाई दार्जीलिङ जिल्ला अस्पतालमा उपचारका लागि भर्ना गरिएको जानकारी प्राप्त भएको छ।



