Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

भाजपालाई मतदान गर्न केन्द्रीय सुरक्षाबलको दबाउ? विरोध गरेपछि वृद्धालाई कुटपिट

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

उत्तर दिनाजपुर जिल्लाको चोपड़ाको मतदान केन्द्रमा केन्द्रीय सुरक्षा बलमाथि कुटपिट गरेको आरोप लागेको छ। घटनामा एक वृद्धा र तिनका भतिजा घाइते भएका छन्। बिहीवार उक्त घटना क्षेत्रको 162 नम्बर बुथमा भएको हो। सम्पूर्ण घटनाबारे तृणमूल कङ्ग्रेसले सामाजिक सञ्जालमा कठोर प्रतिक्रिया जनाएको छ।
स्थानीय सूत्रअनुसार झरीमन नेसा नामक वृद्धा आफ्ना भतिजासित मतदान गर्न उक्त बुथमा पुगेकी थिइन्। त्यसै समयमा केन्द्रीय सुरक्षा बलका केही जवानहरूले तिनीहरूलाई भाजपालाई मतदान गर्न दबाउ दिएका आरोप छ। यसमा विरोध जनाउँदै उक्त वृद्धाले भनिन्, मतदान मेरो लोकतान्त्रिक अधिकार हो र मेरो आफ्नो इच्छाअनुसारको उम्मेद्वारलाई मतदान गर्नेछु। त्यसपछि अवस्था तनाउपूर्ण बनेको आरोप छ। केन्द्रीय सुरक्षा बलका जवानहरूले उक्त वृद्धा र तिनका भतिजामाथि कुटपिट गरेको आरोप लगाइएको छ।
उक्त वृद्धाले भनिन्, म मतदान गर्न आएकी थिएँ। ती जवानहरूले मलाई भाजपालाई मतदान गर्न भनिरहेका थिए। मैले तिनीहरूलाई भनेँ कि म आफ्नो इच्छाअनुसार मतदान गर्छु। त्यसपछि मलाई लाठीले कुटियो। मेरो शिरमा चोट लागेको छ। घटनामा वृद्धाको शिरमा चोट लागेको र तिनका भतिजाको हातमा पनि लाट्ठीको चोट लागेको बताइएको छ। यस घटनाले क्षेत्रमा तनाउको वातावरण बनेको छ। यद्यपि आरोपबारे केन्द्रीय सुरक्षा बलको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया प्राप्त भएको छैन।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.