Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

स्वप्नाद्वारा राजवंशी भाषामा भाषण

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

पुचु, तिमी चिन्ता नगर। मानिसहरू तिम्रो साथमा छन्। केही दिनअघि आफ्ना बुबा पञ्चानन बर्मनलाई गुमाएकी छन्। तर तिनका भनाइहरू सधैँ कानमा गुञ्जिरहन्छन् एथ्लेट स्वप्ना बर्मनको। बुबाको त्यही सम्झनालाई साथ लिएर नै चुनाउ मैदानमा उत्रिएकी छन् स्वप्ना बर्मन।
रेलको जागिरबाट अवकाश पाउने बित्तिकै प्रचारमा निस्किइन् राजगञ्जकी तृणमूल कङ्ग्रेस उम्मेद्वार स्वप्ना। एकपछि अर्को चियाबारी घुमिन्। भाजपालाई टक्कर दिन राजवंशी भाषामा भाषण गर्दै स्थानीय वासिन्दाको मन जित्ने प्रयास गरिन्। तिनले भनिन्, म केवल तपाईँहरूका लागि काम गर्न खेल छाड़ेर, जागिर छाड़ेर यहाँ आएकी हुँ। म तपाईँहरूको घरकी छोरी हुँ। जब पनि बोलाउनुहुन्छ, म तपाईँहरूको साथमा हुनेछु। प्रचारमा निस्कँदा मानिसहरूको मायाले अभिभूत भएकी स्वप्नालाई बारम्बार बुबाको सम्झना आउँछ। आँखा रसाइरहन्छ। तिनले भनिन्, बुबा नभएको भए म आजको स्वप्ना बर्मन कहिल्यै बन्न सक्दिनथेँ।
खेल मैदानमा तिनले सफलताको शिखर छोएकी छन्। एशियाडमा स्वर्ण पदक जितेर देशको गौरव बढ़ाएकी जलपाइगढ़ीको पहाड़पुर ग्राम पञ्चायतको ढिङ्गपाड़ाकी वासिन्दा स्वप्ना। जीवनको दोस्रो इनिङ्स आरम्भ गरे पनि आफ्नो अतीत बिर्सन चाहन्नन्। तिनले भनिन्, बुबाले भ्यान-रिक्सा चलाएर मलाई पढ़ाउनु भयो। खेल मैदानमा पठाउनु भयो। मानिसका लागि काम गर्न चाहन्छु भन्ने थाहा पाएपछि बुबाले सबैभन्दा बढ़ी प्रोत्साहन दिनुभयो। भन्नुहुन्थ्यो, पुचु, एकदम चिन्ता नगर। देख्नेछौ मानिसहरू तिम्रो साथमा हुनेछन्। जहाँ-जहाँ प्रचारमा जाँदा धेरै मानिसहरूको माया पाइरहेकी छु, बुबाका ती भनाइहरू बारम्बार सम्झिन्छु। लाग्छ बुबा मेरै अगाड़ि नै उभिनुरहेछन् अनि सबै कुरा हेर्दै हुनुहुन्छ।
घरपरिवारको भार धान्न एक समय स्वप्नाकी आमा बसनादेवीले चियाबारीमा काम गर्नु परेको थियो। यस्तो समय पनि आएको थियो आफ्नो लक्ष्य पूरा गर्न दैनिक 60 रुपियाँ ज्यालामा स्वप्नाले पनि काम गर्नु परेको थियो। त्यसैले सङ्घर्ष के हो भन्ने तिनलाई राम्ररी थाहा छ। राजगञ्जको पत्थरघाटा क्षेत्रमा उभिएर तिनले भनिन्, चियाबारीका श्रमिकहरूको जीवन सङ्घर्ष म बुझ्छु। तिनीहरू राम्ररी बस्न सकून् भनेर सधैँ प्रयास जारी रहनेछ।
राजगञ्जमा राजवंशी अनुहारलाई पार्टीले उम्मेद्वार नबनाएको भन्दै स्थानीय भाजपाका धेरै कार्यकर्ताहरूले नेतृत्वविरुद्ध विद्रोह घोषणा गरेका बेला प्रचारमा आँधी ल्याउन स्वप्ना आतुर देखिएकी छन्। तृणमूलका हेभीवेट उम्मेद्वारविरुद्ध लड़ाईँको रणनीति के हो? यसको जवाबमा राजगञ्जका भाजपा उम्मेद्वार दिनेश सरकार (हराधन)ले भने, चुनाउ मैदानमा हेभीवेट भन्ने केही हुँदैन। जनताले जसको साथ दिन्छन्, उसैले जित्छ। भाजपाका राज्य सामान्य सचिव बापी गोस्वामीले भने, लेखेर राख्नुहोस्, यसपल्ट राजगञ्जमा हामी जित्नेछौँ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.