Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

आजदेखि मनोनयन आरम्भ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

त्रिस्तरीय सुरक्षा घेरा, ड्रप गेट, सीसी टिभी क्यामेरा र पुलिस तैनाथीसितै धारा 163 पनि लागू गरिनेछ। 26 चुनाउको मनोनयन पत्र दर्तालाई केन्द्रित गर्दै उत्तर बङ्गालका पाँच जिल्लाका डीएम र एसडीओ कार्यालय परिसरमा यस्तो सुरक्षा व्यवस्था गरिएको छ। आज सोमवार यहाँका 27 वटा विधानसभा केन्द्रका लागि चारवटा डीएम, 11 वटा एसडीओ तथा एउटा ग्रामोन्नयन सेलको कार्यालय तयार अवस्थामा राखिएको छ। यसका लागि प्रशासनले राजनीतिक दलहरूसित पनि बैठक गरेको छ। प्रशासनले यस चरणलाई व्यवस्थित रूपमा सम्पन्न गर्न सबै प्रकारको तयारी गरिसकेको छ। उता दार्जीलिङ पहाड़मा 1 अप्रेलदेखि अनित थापाको दल बीजीपीएमका दुई उम्मेद्वारले र 2 अप्रेमा सिलगढ़ीमा तृणमूलका उम्मेद्वारहरूले मनोनयनपत्र दर्ता गर्नेछन्।
दुई साता अगावै चुनाउको बिगुल बजिसकेको छ। आज सोमवार कठोर सुरक्षाबीच मनोनयनपत्र दर्ता आरम्भ हुँदैछ। यसका लागि दार्जीलिङ जिल्ला प्रशासनले व्यापक तयारी गरेको छ। प्रशासन सूत्रअनुसार, दार्जीलिङ डीएम कार्यालयमा दार्जीलिङ, खरसाङ एसडीओ कार्यालयमा खरसाङ, सिलगढ़ी एसडीओ कार्यालयमा सिलगढ़ी तथा मतिगढ़ा–नक्सलबारी विधानसभा केन्द्रका लागि मनोनयनपत्र दर्ता केन्द्र बनाइएको छ। महकुमा परिषदनजिक जिल्ला ग्रामोन्नयन सेलको कार्यालयमा फाँसीदेवा विधानसभा केन्द्रका लागि मनोनयनपत्र दर्ता केन्द्र खोलिएको छ। प्रत्येक भवनको प्रवेशद्वारमा कार्टुन चित्रले सजाइएको तोरण बनाइएको छ।
प्रशासनका एक अधिकारीले भने, बिहान 11 बजीदेखि दिउँसो 3 बजीसम्म मनोनयनपत्र बुझाउन सकिनेछ। यो प्रक्रिया 6 अप्रेलसम्म चल्नेछ। स्क्रुटिनी 7 अप्रेलमा हुनेछ। मनोनयनपत्र फिर्ता लिने अन्तिम मिति 9 अप्रिल तोकिएको छ। यस चरणलाई व्यवस्थित बनाउन प्रत्येक मनोनयन कोठादेखि गेटसम्म सीसी टिभी क्यामेरा जड़ान गरिएको छ। केन्द्रबाहिर ड्रप गेट र पुलिस तैनाथ रहनेछ। भीड़ नियन्त्रणका लागि 163 धारा लागू गरिएको छ। उम्मेद्वारसहित चारजना मात्र मनोनयन केन्द्रमा प्रवेश गर्न पाउनेछन्। दार्जीलिङका जिल्ला अधिकारी हरिशङ्कर पाणिकरले भने, मनोनयनपत्र दर्ता चरणलाई व्यवस्थित बनाउन सबै तयारी पूरा गरिएको छ।
कोचबिहार सदर एसडीओ कार्यालयमा कोचबिहार उत्तर र दक्षिण, तुफानगञ्ज एसडीओ कार्यालयमा तुफानगञ्ज र नटाबारी, दिनहाटा एसडीओ कार्यालयमा दिनहाटा र सिताई, माथाभाङ्गा एसडीओ कार्यालयमा माथाभाङ्गा र शीतलकुची तथा मेखलीगञ्ज एसडीओ कार्यालयमा मेखलीगञ्ज विधानसभा केन्द्रका लागि मनोनयनपत्र दर्ता केन्द्र बनाइएको छ। प्रत्येक स्थानमा हेल्प डेस्क रहनेछ। साथै मनोनयन केन्द्रबाट 100 मिटर दूरीसम्म बाँसको बेरिकेटिङ र पुलिस सुरक्षा व्यवस्था गरिनेछ।

Tags :

Paromita

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.