Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पुलिस अभियानमा नगद राशि जफत

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सिलगढ़ी कमिश्नरेट पुलिसले ठूलो सफलता प्राप्त गरेको छ। बुधवार राति हासमी चौक क्षेत्रमा एक युवकबाट 30 लाख नगद राशि फेला पारिएको छ। त्यसपछि तिनलाई पुलिसले पक्राउ गरेको हो। प्राप्त जानकारीअनुसार, पक्राउ परेका युवकको नाम मोहम्मद वासिम हो। तिनको घर उत्तर प्रदेश हो। गोप्य सूचनाका आधारमा सिलगढ़ी थानाको एण्टी–क्राइम विङले बुधवार राति हासमी चौकमा अभियान चलाएको थियो। उक्त क्षेत्र हुँदै स्कूटरमा यात्रा गरिरहेको बेला वासिमलाई रोकेर तलासी लिइयो। तलासी गर्दा तिनको ब्यागबाट 30 लाख रुपियाँ फेला परेको बताइएको छ।
सूत्रअनुसार, पक्राउ परेका युवक भारत–बङ्गलादेश सीमा नजिकैको फूलबारी क्षेत्रमा बस्दै आइरहेका थिए। यति ठूलो रकम कहाँ लगिरहेको थियो भन्ने प्रश्नमा तिनले कुनै स्पष्ट उत्तर पाइएको छैन।
सिलगढ़ी शहरको बीचमै यति ठूलो रकम फेला परेपछि स्वाभाविक रूपमा सनसनी फैलिएको छ। पुलिसले घटनाको पूर्ण जाँच आरम्भ गरेको छ। उक्त रकम कहाँ लगिँदै थियो र पछिल्ला केही दिनमा पक्राउ परेका व्यक्तिले कस–कसलाई फोन गरे ती सबै विवरण खोतलिँदैछ। पक्राउ परेका युवकलाई पुलिसले आज सिलगढ़ी न्यायालयमा प्रस्तुत गरेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.