Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पुरी मन्दिरको धारामा ओतप्रोत सिलगढ़ी

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

कोलकाता–चन्दननगरका लाइट थीमबाट यसपल्ट सिलगढ़ी कलेजपाड़ा जगद्धात्री पूजा प्रत्यक्ष उड़िस्साको पुरी जगन्नाथ मन्दिरको पवित्र ध्वनि धारामा ओतप्रोत भएको छ। यो सामान्य पण्डाल होइन तर यसपालिको अद्भुत आकर्षण यही हो कि पूजाको मुख्य केन्द्रमा पुरी शैलीका लाइभ घण्टा, काँसा र शङ्खवादकको टोली समावेश गरिएको छ जसले पहिले नै सिलगढ़ीका दर्शकहरूलाई भावुक बनाइदिएको छ।
कलेजपाड़ा पूजा समितिका सचिव सौरभ भास्करले भने, पाँचौँ वर्षमा हामी केवल पण्डाल मात्र देखाउन चाहँदैनौँ। तर मानिसहरूले आँखाले मात्र होइन कान र मुटुको माध्यमबाट पनि पूजाको अनुभव गर्न सकून् भन्ने हाम्रो विचार हो। यही भावनाबाट पुरी मन्दिरको परम्परागत साउण्ड सिस्टमलाई लाइभ रूपमा ल्याइएको हो।
यस्तो आध्यात्मिक वातावरणबीच 12 ज्योतिर्लिङ्ग–आधारित भारत भ्रमण थीममा पण्डाल निर्माण गरिएको छ जहाँ पण्डालको प्रत्येक कुनाले कुनै पवित्र स्थलजस्तै अनुभूति दिन्छ। अविरल प्रकाश सजावट, मन्दिर शैलीको ध्वनि अनि त्यसको केन्द्रमा 21 फीट अग्लो चन्दननगर शैलीको देवी मूर्ति राखिएको जसले मानौँ उत्तर बङ्गालमै चन्दननगर, पुरी र काशीको संयुक्त अनुभूति मूर्त रूपमा प्रकट भएको हो। दर्शकहरूको भनाइमा यो केवल पण्डाल होइन, मानौँ मन्दिर यात्रा नै हो। उत्सवको माहोल अहिले शिखरमा पुगेको छ। प्रशासन र स्वयम्सेवकहरू पनि सुरक्षाको व्यवस्थापनका लागि जुटेका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.