Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

लगातार दुई दिन चितुवाको आक्रमण

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

बिहीवार सुवर्णपुर चियाबारीको 4 नम्बर सेक्सनमा काम गरिरहेका 45 वर्षीय चिया श्रमिक प्रदीप रायमाथि चितुवा अचानक आक्रमण गर्योा। तिनको चर्को चिच्याहट सुनेर वरिपरिका श्रमिकहरू आउँदा चितुवाले उनको घाँटी चिथोरेर भागिसकेको थियो। उता बानरहाटस्थित देवपाड़ा चियाबारीको 26 नम्बर सेक्सनमा दुईवटा चितुवा देखिएपछि श्रमिकहरू भागेर आए र त्यहाँ काम भएन। पछि वन विभागले पटेका पड़काए खोजी गरे पनि ती चितुवाहरू फेरि देखिएन।
चितुवा नियन्त्रण गर्न सुवर्णपुरमा खोर राखिएको छ। आवश्यक परे देवपाड़ामा पनि खोर राखिने वन अधिकारीहरूले जनाएका छन्। डुवर्सका चियाबारी र वरिपरिका गाउँमा लगातार भइरहेको चितुवाको आक्रमणले वन विभाग हैरान छ भने सर्वसाधारणमा रोष बढ़िरहेको छ। गत मङ्गलबार साँझ नगराकट्टा आङ्ग्राभाषा 1 ग्राम पञ्चायतअन्तर्गत खेरकाटा गाउँमा घरबाटै एक बालकलाई चितुवाले लगेको थियो। त्यसपछि लगातार दुई दिन चितुवाको आक्रमणमा दुईजना घाइते भएपछि क्रान्ति ब्लकको राजाडाङ्गा ग्राम पञ्चायतअन्तर्गत उत्तर बारोघरिया गाउँमा सन्त्रास फैलिएको छ।

पछिल्ला दुई दिनमा यसै गाउँमा दुईजना चितुवाको आक्रमणमा घाइते भए। बुधवार सुवर्णपुर चियाबारीको 7 नम्बर सेक्सनमा गाईलाई चराउन लैजाँदै गर्दा 18 वर्षीय युवक अबु शाहेदमाथि चितुवाले आक्रमण गर्योा। त्यसपछि वन विभागको आपलचाँद रेञ्जका कर्मचारीहरूले त्यहाँ खोर राखे साथै दिउँसो स्थानीयम मानिसहरूलाई सचेत गराउन शिविर पनि चलाए। तर तिनीहरू फर्किएपछि लगत्तै फेरि चितुवाको आक्रमण भयो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.