Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

गोरु तस्करीको आरोपमा दुईजना पक्राउ

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

सड़कमा उभिएको गोरुलाई सानो चार चक्के वाहनमा हालेर तस्करहरू भागिरहेका थिए। सुन्दा अचम्म लागे पनि धेरै लामो समयदेखि उक्त क्षेत्रमा यस्तो घटना भइरहेको थियो। तर यसपल्ट भने गोरु चोर्ने क्रममा तस्करहरू पुलिसको हातमा पक्राउ परे। वाहनबाट एउटा गोरु पनि उद्धार गरिएको छ।
थाहा लागेअनुसार लामो समयदेखि उत्तर दिनाजपुरको रायगञ्ज शहरमा गोरु तस्कर गिरोह सक्रिय थियो। मध्य राति सड़कमा भेट्टाइने गाई वा गोरुलाई गाड़ीमा हालेर चोर्ने काम चलिरहेको थियो। केही दिनअघि रायगञ्ज शहरको कलेजपाड़ा इलाकाबाट पनि एउटा स्कोर्पियो गाड़ीमा गोरु हालेर तस्करहरूले चोरेका थिए। गाड़ीमा गोरुलाई हालिरहेको त्यो भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। उक्त घटनाले शहरमा निकै होहल्ला मच्चाएको थियो।
त्यसपछि गोरु तस्करी घटनामाथि नजर राखिरहेको रायगञ्ज थाना पुलिसले बिहीवार मध्य राति चाकुलियाको साहापुर क्षेत्रको भारत–बङ्गलादेश सीमाबाट गोरुसहित दुई तस्करहरूलाई पक्राउ गरेको हो। साथै तस्करी कार्यमा प्रयोग गरिएको स्कोर्पियो गाड़ीलाई पनि जफत गरिएको छ। यस घटनामा गोयालपोखर ब्लकको साहापुर हाट क्षेत्रका मोहम्मद मुन्नाो अनि हरियाणाको पोलबोल क्षेत्रका वासिन्दा मुखिम खान पक्राउ परेका हुन्। शुक्रवार पक्राउ परेका व्यक्तिहरूलाई रायगञ्ज न्यायालयमा प्रस्तुत गरियो। सम्पूर्ण घटनाबारे पुलिसले जाँच गरिरहेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.