Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

वृष्टिले सिलगढ़ीको व्यापारमा क्षति

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

विश्वकर्मा पूजाको अघिल्लो दिन नै वर्षाले व्यापारी र माटाका मूर्ति कलाकारहरूलाई समस्यामा पारेको छ। भोलि विश्वकर्मा पूजा। तर त्यसअघि परेको अविरल वर्षाले सिलगढ़ीका व्यापारी र मूर्ति बिक्रेताहरूलाई ठूलो समस्यामा पारिदिएको छ। पूजाको दुई दिन अघिदेखि नै बजारमा चहलपहल र किनमेल बढ़ेको थियो। तर मङ्गलवार दिउँसोदेखि निरन्तर परेको भारी वर्षाले शहरका विभिन्न ठाउँका व्यापारीहरूलाई प्रत्यक्ष प्रभाव पारेको छ।
विशेष गरी विधान मार्केट र वरिपरिका क्षेत्रमा मूर्ति बेच्ने व्यापारीहरू चिन्तित छन्। तिनीहरूले भने, प्रत्येक वर्ष यो समय मूर्ति बिक्रीमा राम्रो माग हुन्छ। तर यसपालि वर्षाका कारण मूर्ति सुरक्षित राख्न गाह्रो भएको छ। सड़क किनारमा तिरपालले छोपे पनि लगातार भइरहेको वर्षाले मूर्ति बिग्रने सम्भावना उच्च छ।
मूर्ति विक्रेता मात्र नभई वर्षाले पूजाका सामग्री, फलफूल, सब्जी र दशकर्मा सामग्रीको बजारलाई पनि प्रभावित पारेको छ। व्यापारीहरूले बताएअनुसार यस्तो मौसम निरन्तर रहे ठूलो आर्थिक घाटा बेहोर्नु पर्नेछ। त्यसैले विश्वकर्मा पूजाको अघिल्लो दिन परेको वर्षाले उत्सवको उमङ्गसितै चिन्ता पनि व्यापारी र माटाका कलाकारहरूलाई थपिदिएको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.