Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

मेयर परिषदबाट बर्खास्त श्रावणी दत्त

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

14 नम्बर वार्डकी काउन्सिलर श्रावणी दत्तलाई मेयर परिषद पदबाट हटाइएको छ। यसबारे अहिले नै सिलगढ़ीको राजनीतिमा चर्चा चुलिएको छ। तर यस विषयमा अझसम्म श्रावणी दत्तको कुनै प्रतिक्रिया आएको छैन। तृणमूल कङ्ग्रेसका दुई गुटमाझ रहेको विवादका कारण आइतवार मध्य राति सिलगढ़ी नगर निगमको 14 नम्बर वार्डको राजीव मोड़मा तनाउ सिर्जना भएको थियो। वार्डकी काउन्सिलर श्रावणी दत्त, तृणमूलकै अर्को गुटका नेता राजु दास तथा तिनका समर्थकबीच वाकयुद्ध भएको थियो। त्यस वाकयुद्धपछि बढ़ेर कुटपिटसम्म पुगेको आरोप छ। राजीव मोड़मा अबेर रातिसम्म एक-दुई पसल खुल्ला राखेर बाहिरका मान्छेहरूले स्थानीय मानिसहरूसित उल्टापुल्टा व्यवहार गरिरहेका साथै खुल्ला सड़कमा मदिराको सेवन पनि भइरहेको वार्ड काउन्सिलरको आरोप छ। तिनले भनिन्, आइतवार गणेश मूर्तिको विसर्जन गरेर फर्कने क्रममा म विरोध गर्न जाँदा मसित पनि दुर्व्यवहार गरियो। घटनामा तत्काल प्रशासनिक कदम नचालिए आफू अनशनमा बस्ने तिनले चेताउनी दिएकी छिन्। तिनले पुलिसको भूमिकामाथि पनि प्रश्न उठाइन्।
तर मदिरा सेवन गरेर काउन्सिलरले त्यहाँ आइपुगेकी अनि अपशब्द प्रयोग गरेकी राजु दासको गुटको आरोप छ। कसैले भिडियो खिच्न थालेपछि तिनलाई कुटपिट गरियो। आफै काउन्सिलरले लात हानेको आरोप छ। घटनाको सम्पूर्ण सीसीटीभी फुटेज रहेको पनि तिनीहरूले ठोकुवा गरेका छन्।घटनाको खबर पाएपछि मध्य राति नै मेयर गौतम देव राजीव मोड़ पुगे। तिनले पुलिसलाई फोन गरेर स्थिति नियन्त्रण गर्ने निर्देशन दिए। विषयलाई छानबिन गर्ने आश्वासन दिँदै स्थानीय मानिसहरूलाई पनि त्यहाँबाट हटाए। गौतम देवले भने, यस विषयमा संसदीय दलको बैठकमा छलफल हुनेछ।14 नम्बर वार्डभित्र 100 मिटर क्षेत्रमै दुईवटा गणेश पूजा हुन्छ। दुवै समितिले यसपालि पूजाको 11औँ वर्ष मनाइरहेका थिए। राजीव मोड़को पूजाको आयोजक युवा नेता राजु दासको गुट थियो भने अर्को पूजाको मुख्य आयोजक काउन्सिलर श्रावणी दत्त थिइन्। गत वर्ष पनि यी दुई पूजा समितिबीच विवाद भएको थियो। यसपालि पनि पूजाबारे विवाद आरम्भ भएको हो। आइतवार राति दुवै पूजाको मूर्ति विसर्जन गरियो। राजीव मोड़को पूजा आयोजकहरूले विसर्जनपछि मण्डपअघि जम्मा भई मिठाई खाइरहेका थिए। आरोप अनुसार त्यति बेला नगर निगमको गाड़ीमा आफ्नो पूजा विसर्जन सकेर फर्किरहेकी वार्ड काउन्सिलर तथा मेयर परिषद सदस्य श्रावणी दत्त त्यहाँ आइन्। राजीव मोड़मा गाड़ीबाट उत्रिएर तिनी अनि तिनकी छोरीले मोबाइलमा भिडियो खिच्न थाले। यति रातिसम्म पसल किन खुल्ला? यहाँ यति धेरै भीड़ किन? बारम्बार भनिन् किन राति डेढ़-दुई बजीसम्म पसल खोलेर मदिरा बेचिन्छ? भनेर तिनले प्रश्न उठाइन्।
त्यसपछि दुई पक्षबीच वाकयुद्ध भयो। श्रावणीको सरकारी गाड़ीको ऐना तोड़ियो। घटनास्थलमै राजीव मोड़को पूजा आयोजक तृणमूल युवा नेता राजु दास पनि थिए। तिनको श्रावणीसित पनि भनावैरी भयो। मदिरा सेवन गरेका कारण श्रावणीले त्यहाँ अपशब्द व्यवहार गरेकी आरोप छ। घटनास्थलमै उपस्थित मिथु बसाकले भने, हामी रेस्टुराँमा खाना खान पर्खिरहेका थियौँ। त्यति बेला काउन्सिलर मदिरा पिएर आई कुटपिट गर्न थालिन्। दुई-तीनजनालाई लात पनि हानिन्।उता श्रावणी दत्तले सोमवार पत्रकार सम्मेलनमा भनिन्, सरकारी गाड़ीमा फर्कंदा पछाड़िबाट गाड़ीको ऐना तोड़िदियो। मेरी छोरीको टाउकोमा चोट लाग्यो। त्यसपछि मात्र म उत्रिएर विरोध गरेको हुँ। विसर्जनमा नाचेका कारण थकित थिएँ। मदिरा सेवन गरेको आरोप निराधार हो। राजीव मोड़मा प्रत्येक दिन मध्य रातसम्म बाहिरका केही मानिसहरूले स्थानीय मानिसहरूसित मिलेर मदिरा र अन्य लागू पदार्थको अड्डा चलाउने गरेका तिनको आरोप छ। राति 10 बजीदेखि दुई-दुई बजीसम्म बाहिरका मानिसहरूको ताण्डव सड़कमा चल्ने गरेको पनि तिनको आरोप छ। यी सबै घटनापछि मङ्गलवार दिउँसो श्रावणी दत्तलाई मेयर परिषद पदबाट हटाइएको थाहा लागेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.