Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

विधायकद्वारा राजगञ्जमा सड़क निर्माण कार्यको शिलान्यास

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

बुधवार राजगञ्जको सारियाममा पथश्री 3 योजनाअन्तर्गत नयाँ सड़क निर्माण कार्यको शिलान्यास गरिएको छ। विधायक खगेश्वर रोयले राजगञ्ज ब्लकअन्तर्गत कुकुरजान ग्राम पञ्चायत क्षेत्रमा सड़क निर्माण कार्यको शिलान्यास गरेका हुन्।
प्राप्त विवरणअनुसार नयाँ सड़क आमबारी–फालाकाटा सड़कनजिकैको काली मन्दिरदेखि फकीरपुर प्राथमिक विद्यालयसम्म नयाँ सड़क निर्माण गरिनेछ। यसले सारियामस्थित राष्ट्रिय राजमार्ग 27 देखि 5.5 किलोमिटर दूरी कभर गर्नेछ। पञ्चायत तथा ग्रामीण विकास विभागको पर्यवेक्षणमा बन्ने यो सड़क लगभग 2.05 करोड़ रुपियाँको लागतमा निर्माण गरिनेछ।
विधायक खगेश्वर रोयसितै सड़क निर्माण शिलान्यास कार्यक्रममा जलपाइगढ़ी जिल्ला परिषदका अध्यक्ष रणवीर मजुमदार, जिल्ला परिषद सदस्य उत्तर बर्मन, राजगञ्ज ब्लक टीएमसी अध्यक्ष अरिन्दम ब्यानर्जी, युवा अध्यक्ष निलाद्री घोष, कुकुरजान ग्राम पञ्चायत प्रधान गोपाल पोद्दारलगायत कैयन् अन्य व्यक्तिहरू उपस्थित थिए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.