Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

समस्याको समाधान गरिदिने अनुरोध

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सुके जोरबङ्लो खण्डअन्तर्गत गोपालधारा कोठी गाँउ डनबस्को स्कूलदेखि गोपालधारा भीर गाँउसम्म स्थानीय मानिसहरूले श्रमदानद्वारा खनन गरेका सड़कमा धेरै पैह्रो झरेर अहिले यातायात ठप्प बनेको छ। यातायात ठप्प बनेपछि स्थानीय मानिसहरूले धेरै समस्या झेल्न परिरहेको छ। पैह्रोले सड़कमा अवरोध सिर्जना भएपछि यस सड़कमा दैनिक ओहोर दोहोर गर्ने स्थानीय विद्यार्थी, चिया श्रमिक अनि साधारण मानिसहरूलाई धेरै समस्या भइरहेको स्थानीय जङ्गबीर सिरूपालीले बताए।

सड़क ठप्प भएपछि कतिपय मसिना विद्यार्थीहरू विद्यालय जान असमर्थ बनेका पनि तिनले बताए। तिनले भने, भीर गाउँ विकासदेखि वञ्चित रहेको ठाउँ हो। हामीले चिने र जानेका सबैलाई सड़क निर्माणका लागि निवेदन गरेका हौँ। तर कसैले हाम्रो समस्याको समधान गरिदिएन। बल्ल बल्ल गाँउवासीहरूले श्रमदान गरेर सड़क खनन गरिएको थियो। त्यो सड़क पनि पैह्रो झरेर पुरिएपछि यातायात ठप्प भएको छ।

तिनले अझ भने, उक्त कच्ची सड़कमा अवरोध सृजना भएपछि विशेष गरि वृद्ध रोगीहरूलाई अस्पताल लैजान अनि विद्यार्थीहरूलाई आवतजावत गर्न धेरै नै समस्या भइरहेको छ। उक्त सड़कको एक भागमा रहेको काठको पुल पनि मक्किएकाले स्थानीय मानिसहरू चिन्तित बनेका छन्। तिनले हाल गोपालधारा भीर गाँउवासीले यातायातमा भोगिरहेका समस्याको समधान शीघ्र गरिदिने गाँउवासीको पक्षबाट सम्बन्धित निकायसमक्ष अनुरोध गरेका छन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.