Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

पुलिसको फन्दामा गुलाबी ग्याङका 11 सदस्य

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मेला कहाँ लागेको छ भनेर खबर पाउनेबित्तिकै सक्रिय हुन्छन् यस टोलीका सदस्यहरू अनि योजनाबद्ध तरिकाले मेलामा पुग्छन्। भीड़ मा धक्कामुक्की, शरीरले ठेलाठेल गर्ने जस्ता तरिकामा तिनीहरू माहिर छन्। त्यसकै आड़मा मनी ब्याग, मोबाइल, गहना सबै केही क्षणमै गायब पार्न सक्छन्। इङ्ग्रेजीबजार ब्लकको रामकेली मेलाबाट यस्ता 11 जना महिलाहरूलाई पुलिसले पक्राउ गरेको छ। थानामा ल्याएर सोधपुछ गर्दा पुलिसलाई धेरै चकित तुल्याउने जानकारीहरू प्राप्त भएको छ। पुलिसअनुसार यी महिलाहरू एकार्कालाई गुलाबी भनेर बोलाउँछन्। समूहका अधिकांश सदस्यहरू बिहार र झारखण्डकी वासिन्दा हुन्। शनिवारदेखि महदीपुर ग्राम पञ्चायतमा रामकेली मेला आरम्भ भएको थियो।
त्यही मेलामा आफ्नो कला प्रदर्शन गर्न ग्याङ्ग पुगेको थियो। तीन दिनसम्म मेलामा घुमेर महिलाहरूले निपुण तरिकाले चोरी गरे। यिनै घटनाहरूको आधारमा मेलाको अवधिभरि विभिन्न प्राथमिकीहरू पुलिसले पाएको थियो। त्यसपछि पुलिस सक्रिय बन्यो। दुई दिनको अभियानपछि 11 जना महिलाहरूलाई पक्राउ गर्न सफल भयो। पक्राउ परेका महिलाहरूबाट मोबाइल, सुनको सिक्री, नगदसहित पर्स, घडी आदि फेला पारिएको छ। सोमवार ती महिलाहरूलाई मालदा न्यायालयमा प्रस्तुत गरियो।
धेरैजसो आरोपीहरू विवाहित छन्। अधिकांश महिलाहरू गुलाब ग्याङ फिल्ममा जस्तै गुलाबी साड़ीमै देखिन्छन् र त्यसै नाममा चिनिन्छन्। तर भीड़भाड़बीच निकै सतर्कता अपनाउँछन्। केही क्षणमै पर्स, गहना गायब पार्ने कौशलमा मानौँ पीएचडी गरेका छन् यिनीहरूले। केही महीनाअघि बिहार र झारखण्डमा यस्तै प्रकारको समूह भेटिएको थियो जसले विभिन्न मेलामा गएर चोरी गर्थ्यो।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.