नगरकट्टाको एउटा रिसोर्टको अगाड़िबाट 16 फिट लामो विशाल किङ्ग कोब्रा उद्धार गरिएको छ। यो सर्प दुईजना सर्पप्रेमी फरीदुल हक र समावेश विश्वासले उद्धार गरेका हुन्। आइतवार साँझ नगरकट्टाको सुखानी बस्तीबाट यति विशाल किङ्ग कोब्रा उद्धार गरिएको हो। प्राप्त जानकारीअनुसार स्थानीय मानिसहरूले सबैभन्दा पहिले उक्त विशाल सर्प देखे। यति ठूलो किङ्ग कोब्रा देखेर क्षणमै स्थानीय मानिसहरूमा त्रास फैलियो। त्यसपछि ती दुई सर्पप्रेमीहरूलाई खबर दिइयो। तिनीहरूले आएर सर्पलाई सुरक्षित रूपमा उद्धार गरे। पछि राति सर्पलाई जङ्गलमा छोड़ियो। त्यसपछि स्थानीय मानिसहरूले राहतको सास फेरे।
यस घटनाबारे फरीदुलले भने, यसअघि पनि धेरै किङ्ग कोब्रा उद्धार गरिसकेको छु। तर यति ठूलो आकारको यो पहिलो किङ कोब्रा हो।



