बङ्गिया हिन्दू महामञ्चले 10 वर्षीया नाबालिकासित भएको शारीरिक उत्पीड़नबारे न्यायालयबाहिर विरोध प्रदर्शन गरेको छ। यस विषयमा बङ्गिया हिन्दू महामञ्चका एकजना सदस्यले भने, 12 फरवरीको दिन मतिगढ़ा खोलायबख्तरी क्षेत्रमा 10 वर्षीया नाबालिकासित मोहम्मद मिनाज नामक व्यक्तिले दुष्कर्मको प्रयास गरेका थिए। मोहम्मद मिनाज डेण्टल क्लिनिक चलाउँछन् अनि नाबालिका त्यहाँ दाँत जाँच गराउन गएकी थिइन्। मौकाको फाइदा उठाउँदै मिनाजले नाबालिकासित जबरजस्ती दुष्कर्म गर्ने प्रयास गरे। तर नाबालिका कुनै न कुनै रूपले भागेर आफ्नो घर पुगी।
नाबालिकाकी आमाले के भयो भनेर सोध्दा तिनले सम्पूर्ण घटनाबारे आफ्नी आमालाई सुनाइन्। बङ्गिया हिन्दू महामञ्चको सहयोगमा परिवारले मतिगढ़ा पुलिस चौकीमा प्राथमिकी दर्ता गरेको थियो। घटनाको जाँचको क्रममा पुलिसले आरोपीलाई पक्राउ गरी न्यायालयमा प्रस्तुत गरेको थियो। घटनाको निन्दा गर्दै बङ्गिया हिन्दू महामञ्चका कार्यकर्ताहरूले न्यायालयबाहिर प्रदर्शन गर्दै दोषीलाई कठोर कार्वाही गनुपर्ने माग गरेका छन्।



