Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

टीआईएनबिना जलपाइगढ़ी शहरमा छ्यापछ्याप्ती टोटो

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

बैठकमा निर्णय लिइएपछि पनि जलपाइगढ़ी शहरमा नगरपालिकाले टोटो सञ्चालनमा प्रतिबन्ध लागू गर्न सकेको छैन। नगरपालिकाले 2 अप्रेलदेखि कतेवल टीआईएन भएका टोटोहरूलाई सञ्चालन गर्न दिने बताएको थियो। तर आज पनि टीआईएन नभएका टोटोहरू आरामले शहरभरि गुड़िरहेका देखिए। नगरपालिकाले कुनै पनि कार्वाही गरेको देखिएन। त्यति मात्र होइन नगरपालिकाले निर्णय लागू गर्नअघि सात दिनसम्म माइकिङ गरेर चालकहरूलाई सचेत गराउने बताएको थियो। तर नगरपालिकाले त्यसअघि एक दिन पनि शहरमा माइकिङ नगरेको गुनासो आएको छ। यद्यपि आज राति नगरपालिकाले माइकिङ गरेको खबर सूत्रले जनाएको छ। नगरपालिकाका अध्यक्ष पापिया पालले भनिन्, लगातार केही दिन कार्यालय बन्द भएकाले सुरुआती रूपमा केही समस्या देखियो। तर हामीले टोटो सम्बन्धी बैठकमा जुन निर्णय लिएका थियौँ त्यो लागू हुनेछ। प्रक्रिया मङ्गलवारदेखि नै आरम्भ भइसकेको छ।
अर्कातिर टोटो सञ्चालनबारे नगरपालिकाको भूमिकाप्रति शहरवासी असन्तुष्ट छन्। शहरका वासिन्दा तथा पूर्व सरकारी कर्मचारी दिलीप चक्रवर्तीले भने, टोटो नियन्त्रण गर्न नगरपालिकाको इच्छाशक्ति नै छैन। तिनीहरूको कुनै ठोस योजना छैन। यसअघि पनि थुप्रै निर्णय लिइए तर अन्त्यमा ती निर्णयहरू कार्यान्वयन भएनन्। अहिले पनि त्यही दोहोरियो।
गत महीना 22 मार्चमा शहरमा टोटो नियन्त्रण गर्न पुलिस र प्रशासनका अधिकारीहरूसहित नगरपालिकाले बैठक गरेको थियो। उक्त बैठकपछि नगरपालिकाका अध्यक्षले 2 अप्रेलदेखि नगरपालिकाले जारी गरेको टेम्पोररी आइडेण्टिफिकेशन नम्बर (टीआईएन) बिना टोटो सञ्चालन गर्न नदिने घोषणा गरेका थिए। लगभग 5000 टोटो चालकलाई मात्र टीआईएन प्रदान गरिएको थियो जसले शहरमा गुड्न पाउने भनिएको थियो। टीआईएन नभएका टोटोहरूलाई शहरमा प्रवेश नै रोक्ने बताइएको थियो। नगरपालिका सूत्रअनुसार आज बिहानैदेखि टीआईएन नभएका टोटोहरू विरुद्ध कार्वाही हुने भनिएको थियो। तर बिहानदेखि बेलुकीसम्म कुनै पनि कार्वाही गरिएको देखिएन।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.