Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

निन्द्राको औषधी स्प्रे गरेर लुटपाट

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सखारै बिहान घरमा पसेर नशालु पदार्थ स्प्रे गरी लुटपाट गरेको घटना प्रकाशमा आएको छ। घटना बुधवार सखारै बिहान सिलगढ़ीको गेट बजार क्षेत्रमा भएको हो। पुलिस सूत्र अनुसार त्यस घरमा सातजना सदस्यहरू छन्। घरको अगाड़ि तिनीहरूको एउटा पसल पनि छ। बुधवार सखारै बिहान परिवारका सदस्यहरू सुतिरहेको समय घरमा बदमासहरू पसेका आरोप छ। बदमासहरूले नशालु पदार्थ स्प्रे गरेर परिवार सदस्यहरूलाई अचेत बनाइदिए अनि त्यसपछि लुटपाट गरे। परिवारको दाबीअनुसार घर अनि पसलमा भएको नगद पैसासहित धेरै सामग्री चोरी भएको छ।
बुधवार बिहान लगभग 10 बजी त्यस परिवारका एकजना आफन्त घर आउँदा ढोका–झ्याल सबै बन्द देखे। लामो समयसम्म दैलो ढकढकाएपछि घरभित्रट एउटी महिला बाहिर निस्किन्। त्यति बेला मात्र लुटपाट भएको घटनाबारे थाहा भयो। त्यो बेला बाँकी 6 जना सदस्यहरू अझै अचेत अवस्थामा थिए। त्यसपछि एम्बुलेन्स बोलाएर घरका ती सदस्यहरूलाई सिलगढ़ी जिल्ला अस्पताल पठाइयो।
त्यस घटनाबारे खबर पाएपछि एनजेपी थाना पुलिस घटनास्थल पुग्यो। पुलिसले घटनाको जाँच गरिरहेको छ। तर अहिलेसम्म यस घटनामा कसैलाई पनि पक्राउ गरिएको छैन।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.