Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

नाबालिगा किशोरीको रहस्यमय मृत्यु

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सिलगढ़ीको उत्तरकन्या तीन बत्तीनजिक जङ्गलबाट 14 वर्षीया नाबालिगा किशोरीको शव उद्धार भएको छ। नाबालिगा फूलबारी एक नम्बर ग्राम पञ्चायतको शान्तिपाड़ा क्षेत्रकी वासिन्दा थिइन्। पारिवारिक सूत्रअनुसार नाबालिगा हिजो दिउँसो आफ्ना साथीसित तीन बत्ती मोड़ बिरियानी खान जान भन्दै घरबाट निस्केकी थिइन्।

तर धेरै समय बितिसक्दा पनि तिनी घर नफर्केपछि परिवार सदस्यहरू चिन्तित भए र खोजी आरम्भ गरियो। त्यही समयमा अचानक नाबालिगाका प्रेमीले तिनको परिवारलाई फोन गरेर दियाको अवस्था गम्भीर रहेको जानकारी दिए। पछि नाबालिगालाई अचम्मको अवस्थामा घर ल्याइयो। त्यसपछि तिनलाई उपचारका लागि सिलगढ़ी जिल्ला अस्पताल लगियो जहाँ ड्युटीमा रहेका चिकित्सकहरूले तिनलाई मृत घोषित गरे।

घटनाको खबर सुन्न साथ नाबालिगाको परिवार शोकमा डुब्यो। एनजीपी थाना पुलिसले घटनाको जाँच आरम्भ गरिसकेको छ र शवलाई पोस्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पताल पठाइएको छ। तर परिवारले आरोप लगाउँदै भनेको छ कि नाबालिगाका प्रेमी रोहितले उत्तरकन्यानजिक जङ्गलबाट शव फेला पारे। अब प्रश्न उठ्छ उक्त किशोरी उत्तरकन्या नजिकको जङ्गलमा कसरी पुगिन्? पुलिसले घटनाको गहिरो जाँच आरम्भ गरिरहेको छ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.