प्राकृतिक विपत्तिबाट प्रभावित दूधेका मानिसहरूको सहयोगका लागि मा तारा तारिणी चेरिटेबल ट्रष्ट र सेवा सङ्घ अघि आएका छन्। हालै पैह्रो र बाढ़ीबाट पीड़ित परिवारहरूको सहयोगका लागि संस्थाले पहल गरेको हो। दूधे कम्युनिटी हलमा एक विशेष कार्यक्रमको आयोजना गरिएको थियो। संस्थाको तर्फबाट लगभग 50 प्रभावित परिवारलाई चामल, दाल, तेल लगायत आवश्यक दैनिक उपभोग्य वस्तुहरू वितरण गरिएको छ।
संस्थाका सदस्यहरूले भने, मानिसको कठिन समयमा साथ दिनु हाम्रो नैतिक दायित्व हो। यो सहयोग केवल सामग्री होइन सहानुभूतिको प्रतीक हो।
उल्लेखनीय रूपमा मा तारा तारिणी चेरिटेबल ट्रष्ट र सेवा सङ्घ लामो समयदेखि समाज सेवाका विभिन्न क्षेत्रमा सक्रिय छन्। समाजका वञ्चित वर्गको सहयोगका साथै संस्थाले युवा पुस्तामाझ आध्यात्मिक चेतना र मानवताको सन्देश फैलाउँदै आइरहेको छ।



