Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

एलबी राईद्वारा मुख्यमन्त्रीप्रति आभार प्रकट

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

मिरिक महकुमा क्षेत्रका पैह्रो पीड़ितहरूको वस्तुस्थिति बुझ्न पश्चिम बङ्गाल राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी मङ्गलवार मिरिक आएकी थिइन्। त्यसका लागि मिरिक नगरपालिका अध्यक्ष एलबी राईले मुख्यमन्त्रीप्रति आभार प्रकट गरेका छन्। राईले मुख्यमन्त्री मङ्गलवार मिरिक आएर मिरिक नगरपालिका वार्ड नम्बर तीनका पीड़ित परिवार अनि मिरिक बजारस्थित राहत शिविरमा बसेका पैह्रो पीड़ितहरूसित भेटेर कुराकानी गरेकी हुँदा पीड़ितहरूको मनोबल बढ़ेको बताए।

तिनले भने, मुख्यमन्त्रीको मिरिक भ्रमणले पैह्रो पीड़ितहरूको पुनर्वास शीघ्र हुने विषयमा हामी आशावादी छौँ। राज्य सरकारले अगावै मृत व्यक्तिका परिवारका लागि क्षतिपूर्तिको घोषणा गरेको अनि उक्त क्षतिपूर्ति राशि पनि मृतक परिवारका सदस्यले पाइसकेको जानकारी गराँउदै राईले भने, अब हाम्रो फोकस पुनर्वास र पुन निर्माणमाथि हुनेछ।

राईले मिरिक नगरपालिका क्षेत्रमा पैह्रोले गरेको सम्पूर्ण क्षयक्षतिको विवरण राज्य सरकार साथै सम्बन्धित निकायमा बुझाइसकेको बताए। यता पीड़ित परिवारहरूलाई पनि धेरै दिनसम्म राहत शिविरमा बस्न नपर्ने बताउँदै जति सक्दो चाँड़ै पुनर्वासको पहल गरिने आश्वासन दिए।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.