Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सिलगढ़ी नगर निगमको प्लाटिनम भवन उद्घाटन

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

नयाँ बोर्ड मिटिङ हलको उद्घाटनसितै सिलगढ़ी नगर निगमको प्लाटिनम भवनको औपचारिक उद्घाटन गरिएको छ। यद्यपि औपचारिक उद्घाटन नभए पनि नगर भवन यसअघि नै सञ्चालनमा आइसकेको थियो। मङ्गलवार सिलगढ़ी नगर निगमको नयाँ भवनको पाँचौँ तल्लामा निर्माण गरिएको उक्त बोर्ड मिटिङ हलको उद्घाटन गरिएको हो। उद्घाटन नगर प्रमुख गौतम देवले गरे। अत्याधुनिक यस हलमा 72 जना काउन्सिलरका लागि बस्ने व्यवस्था गरिएको छ। प्रत्येक सिटमा माइक र भोटिङ मसिन जड़ान गरिएको छ। यसको अतिरिक्त लबीमा काउन्सिलरहरूका लागि बस्ने व्यवस्था, चेयरम्यानको एण्टी–च्याम्बर, भिडियो कन्फरेन्स हल, प्रेस कर्नरलगायत सम्पूर्ण सुविधा उपलब्ध गराइएको छ।
सन् 1950 मा सिलगढ़ी नगरपालिकाको यात्रा दुईतल्ले भवनबाट आरम्भ भएको थियो। सन् 1994 मा सिलगढ़ी नगरपालिकालाई नगर निगममा स्तरोन्नति गरिएपछि सोही भवनलाई केही विस्तार गरी काम चलाइँदै आएको थियो। बोर्ड मिटिङ हलमा स्थानको अभाव सधैँको समस्या थियो। वाम शासनकालमा नगर निगमको नयाँ भवनका लागि राज्य सरकारले 2 करोड़ रुपियाँ विनियोजन गरे पनि तृणमूल कङ्ग्रेस सत्ता आएपछि मात्र कार्य आरम्भ भयो। लगभग 15 करोड़ रुपियाँको लागतमा नयाँ पाँच तल्ले भवन निर्माण गरिएको हो। प्रत्येक तल्लाको क्षेत्रफल लगभग पाँच हजार वर्ग फूट रहेको छ। नगर निगमका अन्य भवनसित नयाँ भवनलाई जोड्न ग्याङवे निर्माण गरिएको छ। तर पुरानो मिटिङ हललाई नष्ट गरिने छैन। त्यसलाई संरक्षण गरी नगर निगमका विभिन्न प्रशासनिक बैठकका लागि प्रयोग गरिनेछ। गौतम देवले पूर्व नगर प्रमुख अशोक भट्टाचार्य र गङ्गोत्री दत्तलाई आमन्त्रण गरेका थिए। तिनीहरू उपस्थित हुन नसके पनि वाम र भाजपा काउन्सिलरहरू उपस्थित थिए। तर कङ्ग्रेसका काउन्सिलरहरू अनुपस्थित रहे।
उद्घाटन समारोहको सम्बोधनमा नगर प्रमुख गौतम देवले भने, सिलगढ़ीमा अशोक भट्टाचार्यको योगदानलाई कसैले पनि अस्वीकार गर्न सक्दैन। बोर्ड मिटिङ वास्तवमा विपक्षीहरूका लागि हो। तिनीहरूको सुझाउअनुसार धेरै काम मैले व्यवहारमा उतारेको छु। तिनले जानकारी दिँदै भने, पन्ध्रौँ वित्त आयोगअन्तर्गत नगर निगमका लागि 37 करोड़ राशि विनियोजन गरिएको छ। सोह्रौँ वित्त आयोग पनि गठन भइसकेको छ। त्यहाँबाट पनि नगर निगमले थप 30 करोड़ राशि प्राप्त गर्नेछ।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.