Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

अगस्तको अन्त्यमा खोलिने गजलडोबा पुल

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

यसै महीनाको अन्त्यतिरै गजलडोबा टिस्टा ब्यारेजको पुल खोलिनेछ। दुर्गा पूजालाई ध्यानमा राखेर 140 दिनको साटो 120 देखि 125 दिनमै पुल खोलिने भएको हो। बुधवार जलपाइगढ़ी सर्किट हाउसमा जिल्ला शासक श्याम पारभिनले औपचारिक रूपमा यस्तो जानकारी दिइन्। तर पुल आवागमनका लागि खोलिएपछि डम्पर चल्न दिने कि नदिने भनेर अहिले नै टिप्पणी गर्न चाहिनन् तिनले। सन् 2023 मा सिक्किमको झील फुटेपछि आएको बाढ़ीको समय ब्यारेजमाथि रहेको पुललाई केही क्षति पुगेको थियो।

गत वर्ष उत्तरकन्यामा मुख्यमन्त्री उपस्थित रहँदा राज्यका मुख्य सचिव मनोज पन्तले जिल्ला अधिकारी र इञ्जिनियरसहित ब्यारेज र क्षतिग्रस्त पुलको स्थलगत निरीक्षण गरेका थिए। त्यसपछि तिनले कोलकाता फर्किनेबित्तिकै पुल परीक्षणको आदेश दिएका थिए। टिस्टा ब्यारेजको मेकानिकल विभागका इञ्जिनियरहरूले पुलको परीक्षण गरी आपत्कालीन मरम्मतीको सिफारिस गरेका थिए। त्यसअनुसार टेण्डर गरेर गत 27 अप्रेलदेखि 140 दिनको लक्ष्यसहित ब्यारेज डिभिजनले मरम्मती कार्य आरम्भ गरेको थियो।

जिल्ला शासक श्याम पारभिनअनुसार, टिस्टा ब्यारेजको पुल मरम्मती कार्य अन्तिम चरणमा पुगेको छ। यसै साताभित्र फिनिसिङ टच दिइनेछ। केही परीक्षणपछि अगस्तको अन्तिम सातामा पुल खोलिनेछ। पूजाको समय आइसकेको हुनाले सबैको सुविधाका लागि मरम्मतीको अन्तिम चरणसितै परीक्षण गरेर पुनः आवागमनका लागि पुल खोलिने तिनले बताइन्।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.