Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

सिलगढ़ीमा ईडीको छापा

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Ut elit tellus, luctus nec ullamcorper mattis, pulvinar dapibus leo.

Share It:

Table of Content

सिलगढ़ी शहरका धेरै स्थानहरूमा इन्फोर्समेण्ट डाइरेक्टोरेट (ईडी) ले छापा मारेको छ। मङ्गलवार बिहान भएको यस घटनाले सिङ्गो शहरमा निकै होहल्ला मच्चिएको छ। पुलिस सूत्रअनुसार आज सिलगढ़ी नगर निगमको वार्ड नम्बर 4 र 5 मा पर्ने नयाँ पाड़ा र महाराजा कोलोनीमा ईडीका अधिकारीहरूले छापा मारेका हुन्। सोमवार राति नै दिल्लीबाट ईडीको एउटा विशेष टोली सिलगढ़ी आइपुगेको थियो। त्यसपछि तीन भागमा विभाजित भएर केन्द्रीय जाँच एजेन्सीले कारवाही आरम्भ गर्योज।

स्थानीय सूत्रअनुसार महाराजा कोलोनीका वासिन्दा शुभम गुप्ताको घरमा पहिलोपटक ईडीले छापा मारेको हो। तिनीमाथि करोड़ौँ रुपियाँको मनी लण्डरिङको आरोप लागेको छ। तिनी केही समयअघि दुबई पनि गएका थिए। केही महीनादेखि शुभमको गतिविधिमा नजर राखिरहेको केन्द्रीय जाँच एजेन्सीले सोधपुछपछि जानकारी प्राप्त गरेपछि नयाँ पाड़ाका दुई स्थानमा पनि छापा मारिएको हो। बाँकी दुई आरोपीहरूमाथि पनि मनी लण्डरिङ र अवैध कारोबारको उस्तै आरोप लागेको छ। बिहानैदेखि निरन्तर रूपमा ईडीका अधिकारीहरूले छापा मार्ने कार्य चलाएका थिए। अर्धसैनिक बलसहित छापा मारिएको हुँदा उक्त क्षेत्रमा ठूलो होहल्ला मच्चिएको थियो।

यस विषयमा वार्ड नम्बर 4 का काउन्सिलर विवेक सिंहले भने, बिहान मैले सूचना पाएँ कि मेरो वार्डमा केन्द्रीय जाँच एजेन्सीले छापा मारेको छ। आएर हेर्दा शुभम गुप्ताको घरमा छापा परेको रहेछ। त्यसबाहेक अझ दुई स्थानमा छापा भइरहेको छ। मनी लण्डरिङको आरोप लागेको मैले सुनेको छु। शुभमले इण्टरनेट क्याफे चलाउँथे भनेर थाहा पाएको छु। बाँकी भने केही जानकारी आएको छैन।

Tags :

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Grid News

Latest Post

Find Us on Youtube

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.