Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: पश्चिम बंगाल

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

लागू औषधी कारोबारी पक्राउ

एक समय फूटपाथमा माछा बेच्ने व्यक्ति दुई दशकभित्रै तिनी केही हजार करोड़का मालिक बने। यसका पछाड़ि लागू औषधी कारोबार थियो। कालियाचकको अन्तर्राष्ट्रिय लागू औषधी कारोबारका किङपिनसहित दुईजनालाई मालदा पुलिसले कलकत्ताबाट पक्राउ गरेको छ। तिनीहरू काका–भतिज हुन्। कलकत्ताको एण्टाली क्षेत्रस्थित लगभग तीन करोड़ रुपियाँ मूल्यको एउटा फ्ल्याटबाट लागू औषधी कारोबारका ती दुई मास्टरमाइण्डलाई कालियाचक थाना पुलिसले […]
Read more

समिक भट्टाचार्यले सिलगढ़ीमा जनसभा सम्बोधन गर्ने

भारतीय जनता पार्टी (भाजपा) का प्रदेश अध्यक्ष समिक भट्टाचार्यले शनिवार डाबग्राम–फूलबारी विधानसभा क्षेत्रअन्तर्गत इष्टर्न बाइपासस्थित ढाकेश्वरी काली मन्दिर मैदानमा सार्वजनिक सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रमको तयारी हाल तीव्र रूपमा भइरहेको छ। शुक्रवार डाबग्राम–फूलबारीका भाजपा विधायिका शिखा च्याटर्जीले कार्यक्रम स्थलको भ्रमण गरेर तयारीको समीक्षा गरिन्। निरीक्षणका क्रममा तिनले आयोजकहरूसित छलफल गर्दै कार्यक्रमलाई […]
Read more

टिकट दिए चुनाउ लड्ने राजेन मुखिया

भारतीय जनता पार्टीले सक्षम सम्झेर टिकट दिए यसपालि विधानसभा चुनाउमा उम्मेद्वारको रूपमा चुनाउ लड्ने भाजपा दार्जीलिङका उपाध्यक्ष राजेन मुखियाले मन्तव्य गरेका छन्। आज मिरिकमा पार्टी कार्यालय उद्घाटन गरेपछि पत्रकारहरूसित कुराकानी गर्ने क्रममा तिनले यस्तो मन्तव्य दिएका हुन्। हाल विभिन्न सोशियल मिडिया प्लेटफर्महरूमा आफूलाई भाजपाले खरसाङ विधानसभा क्षेत्रको उमेद्वार बनाउने अड़कलबाजी चल्दै आइरहेको विषयमा बोल्दै तिनले […]
Read more

4 लाख मानिसहरूलाई नोटिश पठाउने चुनाउ आयोगको तयारी

तथ्यगत (लोजिकल) असङ्गतिका कारण कोचबिहार जिल्लामा लगभग 4 लाख मानिसहरूलाई सुनुवाइका लागि बोलाइने सम्भावना रहेको छ। जिल्ला प्रशासन सूत्रबाट यस्तै जानकारी सार्वजनिक भएको हो। मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) अन्तर्गतको सुनुवाइ चरणमा अहिलेसम्म ती व्यक्तिहरूलाई मात्र बोलाइँदै थियो जसले 2002 को सूचीसित कुनै प्रकारको लिङ्क (परिवारका सदस्यको सम्बन्ध) देखाउन सकेका थिएनन्। तर अब तथ्यगत […]
Read more

गाउँवासी आफैले सड़क मरम्मती गर्ने

मिरिक खण्डअन्तर्गत मिरिक सिलगढ़ी मुख्य सड़कदेखि सिंगबुली निम्न प्रान्ततर्फ जाने मुख्य सड़कको अवस्था अत्यन्तै दयनीय र जीर्ण बनेको छ। वर्षौँदेखि मरम्मती तथा स्तरोन्नतिमा अदेखा हुँदा स्थानीय वासिन्दाहरूले दैनिक आवत–जावत, स्वास्थ्य सेवा, शिक्षा र आपतकालीन सेवामा गम्भीर समस्या भोग्दै आइरहेका छन्।विगतका वर्षहरूमा पटक–पटक चुनाउ आए पनि नेताहरूले केवल आश्वासन मात्र दिएका र ठोस पहल नगरेका स्थानीय […]
Read more

डाउहिलमा विरल प्रजातिको हिरण

वर्षको आरम्भमै राज्य वन विभागका लागि अत्यन्तै खुशीको खबर आएको छ। पहाड़ी जङ्गलहरूमा प्रायः कालो चितुवा देखा पर्दै आएको बेला यसपल्ट दार्जीलिङ पहाड़को जङ्गलमा कालो हरिण देखा परेको छ। राज्यको इतिहासमै पहिलोपल्ट सार्वजनिक रूपमा कालो हरिण देखिएको वन विभागले दाबी गरेको छ। वन विभाग सूत्रअनुसार लगभग दस लाख हरिणमध्ये यस्ता एक–दुईवटा मात्र कालो हरिण जन्मिने […]
Read more

टोय ट्रेनबारे जानकारीमूलक वृत्तचित्र

सेतो धुवाँ उड़ाउँदै सिटी बजाउँदै बाङ्गोटिङ्गो पहाड़ी बाटो हुँदै दौड़िरहन्छ टोय ट्रेन। त्यो टोय ट्रेनसित जोड़िएको नोस्टाल्जिया विश्वभरि फैलिएको छ। टोय ट्रेन चढ्न नआएको को नै छ र? बेलायतमा फ्रेण्ड्स अफ टोय ट्रेन नामक संस्थासमेत स्थापना भइसकेको छ जसले संसारका विभिन्न भागका टोय ट्रेन प्रेमीहरूलाई प्रायः सिलगढ़ी आउँछ। जापानको टोकियो शहरका 84 वर्षे वासिन्दा सेइया […]
Read more

आसी घर आउटपोस्टद्वारा न्यानो कपड़ा वितरण

जाड़ो बढ्दै गइरहेको अनि अत्यधिक चिसोले दैनिकी प्रभावित बनाइरहेको अवस्थामा विपन्न तथा असहाय परिवारहरूले सबैभन्दा कठिन अवस्थाको सामना गरिरहेका छन्। तिनीहरूलाई सहयोग पुर्यापउने उद्देश्यमा आसी घर आउटपोस्टका पुलिस कर्मचारीहरूले मानवीय पहल गर्दै गरीब मानिसहरूलाई न्यानो कपड़ा वितरण गरेका छन्।अफिसर–इन–चार्ज मृण्मय घोषको नेतृत्वमा पुलिस कर्मचारीहरूले आसीघर आउटपोस्ट क्षेत्रमा पर्ने विभिन्न बस्तीहरूमा पुगेर विपन्न परिवारहरूलाई व्यक्तिगत रूपमा […]
Read more

मालदामा बीएलओको मृत्यु

राज्यमा एसआईआरको सुनुवाइ चलिरहेको बेला फेरि एकजना बीएलओको मृत्यु भएको घटना सार्वजनिक भएको छ। बुधवार बिहान सबेरै मालदा जिल्लाको इङ्ग्लिसबाजार नगरपालिका क्षेत्रअन्तर्गत फूलबारी पाकुड़तला क्षेत्रमा यो घटना भएको हो। मृत बीएलओको नाम सम्पृता चौधुरी सन्याल (48) हो। तिनी आईसीडीएस कर्मीका रूपमा कार्यरत थिइन्। इङ्ग्लिसबाजार नगरपालिका क्षेत्रको 15 नम्बर वार्डअन्तर्गत 163 नम्बर बूथकी बीएलओ थिइन्। सम्पृताका […]
Read more

पैह्रो पीड़ित अनि विपन्नहरुलाई राहत बितरण

रामकृष्ण मिशन बेलुर मठद्वारा मिरिकको आले खेल मैदानमा गत वर्षको अक्टोबर महिनामा गएको पैह्रोका कारण प्रभावित डुप्टिन ग्राम पञ्चायत अनि पहिला गाउँ स्कुल डाँडा ग्राम पन्चायत दुइका पैह्राे प्रभावित अनि विपन्न परिवारका सदस्यहरुलाई राहत बितरण गरियो। अभियान अन्तर्गत समग्रमा ५७ परिवारलाई खाद्य सामाग्री, घर निर्माणको निम्ति छानो, ब्लांकेट, लुगा कपडा आदि बितरण गरियो। जसमा डुप्टिन […]
Read more
1 4 5 6 7 8 27

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.