Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: पश्चिम बंगाल

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

पीड़ित परिवारहरूलाई सांसदद्वारा सहयोग प्रदान

सांसद राजु विष्टले सन् 2025 मा उत्तर बङ्गालमा आएको भीषण प्राकृतिक आपदामा प्रभावित 12 परिवारहरूलाई मोठ 12 लाखको आर्थिक सहायता प्रदान गरेका छन्। उक्त आपदाले समतल भूभाग अनि पहाड़ी दुवै क्षेत्रमा व्यापक क्षति पुर्यातएको थियो जसको कारण कैयौँ ज्यान गएको थियो र धेरै परिवारहरू घरबारविहीन बनेका थिए।आपदाबारे जानकारी पाएपछि सांसद राजु विष्टले प्रभावित क्षेत्रहरूको भ्रमण […]
Read more

आज समतल क्षेत्रमा पनि ब्याङ्क बन्द

जलपाइगढ़ीका ब्याङ्क कर्मचारीहरूले मङ्गलवार ब्याङ्किङ क्षेत्रमा पाँच दिने कार्यसप्ताह लागू गर्नुपर्ने माग गर्दै राष्ट्रव्यापी हड़तालमा सहभागिता जनाए। सिलगढ़ी अनि वरिपरि क्षेत्रका ब्याङ्किङ संस्थाहरू आज पूर्ण रूपले बन्द राखियो। यसकारण जनसाधारणले चरम समस्या झेल्नु परेका छन्।यो हड़ताल युनाइटेड फोरम अफ ब्याङ्क युनियन (यूएफबीयू) ले आह्वान गरेको हो अनि शहरका ब्याङ्क कर्मचारीहरूले बिहानैदेखि विभिन्न सरकारी तथा निजी […]
Read more

एसएसबी महानिर्देशकद्वारा पशुपति फाटक सीमा चौकीको निरीक्षण

सशस्त्र सीमा बल (एसएसबी)की महानिर्देशक रेखा लोहानी (आईपीएस) ले आठौँ वाहिनीअन्तर्गत सीमा चौकी पशुपति फाटकको भ्रमण गरेकी छन्। तिनलाई पशुपति फाटक आइपुग्दा वाहिनीका कमाण्डेण्ट मितुल कुमारले भव्य स्वागत गरे। भ्रमणका क्रममा कम्पनी कमाण्डर तथा सहायक कमाण्डेण्ट सिकन्दर कुमारले वाहिनीको कार्यक्षेत्र र सीमा सुरक्षा व्यवस्थाबारे विस्तृत जानकारी गराए। महानिर्देशकले सीमा चौकीबाट सञ्चालित सुरक्षा गतिविधिहरूको गहन निरीक्षण […]
Read more

बक्साको जङ्गलमा ठूलो आकारको बाघ

15 जनवरीदेखि अहिलेसम्म पनि बक्सा बाघ परियोजनाको घना जङ्गलमा बाघ घुम्दै आइरहेको छ। बुधवार राति बक्सा बाघ परियोजना प्राधिकरणले चारवटा ट्र्याप क्यामेरामा कैद भएको रोयल बङ्गाल टाइगरको तस्बिर सार्वजनिक गरेको छ। साथै यसपल्ट वन अधिकारीहरूले पहिलोचोटि उक्त रोयल बङ्गाल टाइगरको गर्जन आफ्नै कानले सुनेको दाबी गरेका छन्।बक्सा बाघ परियोजनाको तर्फबाट देहरादूनस्थित वाइल्ड लाइफ इन्स्टिच्युट अफ […]
Read more

15 वर्षमै आमा-बाबा बन्ने 28 हजार

आँखा तिरिमिरी हुने अवस्था छ। मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) प्रक्रियामा लोजिकल डिस्क्रिपेन्सीको सीमामा कोचबिहार जिल्लाबाट बाहिर आएको तथ्याङ्कले सबैलाई चकित पारेको छ। तथ्याङ्कअनुसार, जिल्लामा लगभग 28 हजार यस्ता व्यक्ति छन् जसको उमेर तिनीहरूको बाबा वा आमासित केवल 15 वर्षको फरक देखिएको छ। त्यसो भए के यति धेरै मानिसहरू केवल 15 वर्षकै उमेरमा आमा […]
Read more

शिक्षक–कर्मचारीलाई हेल्थ स्किममा समेट्न मुख्यमन्त्रीलाई मन्त्रीको पत्र

विधानसभा चुनाउ नजिक आइरहेको छ। यस्तो परिस्थितिमा राज्यका सरकारी सहायता प्राप्त विद्यालयका शिक्षक–शिक्षिका अनि शिक्षाकर्मी साथै सहायता प्राप्त कलेज र विश्वविद्यालयका शिक्षाकर्मीलाई पनि वेष्ट बेङ्गल हेल्थ स्किममा समेट्ने माग गर्दै स्वयम् राज्यका शिक्षा राज्यमन्त्री सत्यजित बर्मन मुखर बनेका छन्। सत्तारूढ़ दलका एक शीर्ष नेतालाई सत्यजितले 13 जनवरीमा लेखेका यस सम्बन्धी पत्र सामाजिक सञ्जालमा भाइरल भएको […]
Read more

बक्सा बाघ परियोजनाको जङ्गलमा बाघको पाइला

बक्सा बाघ परियोजनाको जङ्गलमा तृणभोजी र मांसाहारी जनावरहरूको गणना कार्य आरम्भ भएको छ। यही गणनाका क्रममा बाघको पाइलाको छाप पनि फेला परेको छ। यसअघि बक्सामा ट्र्याप क्यामेरामा रोयल बेङ्गल टाइगरको तस्वीर कैद भएको थियो। ट्र्याप क्यामेरामा बाघको तस्वीर देखिएपछि बक्सा बाघ परियोजनाका अधिकारीदेखि वनकर्मीहरू सबै उत्साहित भएका थिए। नेउरा भ्याली राष्ट्रिय निकुञ्जपछि बक्सा बाघ परियोजनाको […]
Read more

निरपानियाबाट बालिका बेपत्ता

निरपानी शान्तिग्राम निवासी 14 वर्षीय प्रीति लोहार बेपत्ता बनेकी जानकारी प्राप्त भएको छ। गत 15 जनवरीको बिहान लगभग 4 बजीदेखि प्रीति आफ्नो निजी वासस्थानदेखि नै लापता बेनेकी हुन्। परिवारले चारैतिर सोधखोज गर्दा पनि तिनीबारे पत्तो लगाउन सकेको छैन। खोजी गरेर पनि पत्तो नलागेपछि पानीघट्टा पुलिस थानामा प्रीति बेपत्ता बनेको घटनाबारे बिहीवार प्राथमिकी दर्ता गराइएको परिवार […]
Read more

जलपाइगढ़ी सर्किट बेञ्चको नयाँ भवन उद्घाटन हुने

कलकत्ता उच्च न्यायालयको जलपाइगढ़ी सर्किट बेञ्चको नव–निर्मित भवनको उद्घाटन आगामी 17 जनवरीको दिन हुने तय भएको छ। उद्घाटनलाई लक्षित गर्दै भवनलाई बत्तीले सजाइएको छ भने अन्तिम तयारी तीव्र रूपमा अघि बढ़िरहेको छ।सिलगढ़ी नगर निगमका मेयर गौतम देबले उद्घाटनको तयारीसितै व्यवस्थाको समीक्षा गर्न स्थलको निरीक्षण गरे। तिनीसित जलपाइगढ़ी नगरपालिकाका अध्यक्ष सैकत चट्टोपाध्याय पनि उपस्थित थिए। तिनीहरूले […]
Read more

जमीन फिर्ता गर्न जलपाइगढ़ी सदर महकुमा अधिकारीको आदेश

यसै महीनाको 21 तारिखभित्र राधिका लाइब्रेरीको कब्जामा परेको मैनागुड़ीस्थित जमीनको सिमाना निर्धारण गरी उक्त स्थानमा खम्बा गाड्न जलपाइगढ़ी महकुमा अधिकारी तमोजित चक्रवर्तीले निर्देशन दिएका छन्। कब्जा गरिएको चार डेसिमल जमीनबाट अतिक्रमणकारीहरू हट्नुपर्ने आदेश पनि दिइएको छ। राधिका लाइब्रेरीको चार डेसिमल जमीन कब्जा गरिएको बताउँदै लगभग दुई वर्षअघि राधिका लाइब्रेरी विकास मञ्चले जिल्ला अधिकारीको कार्यालयमा उजुरी […]
Read more
1 3 4 5 6 7 27

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.