Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: पश्चिम बंगाल

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

सड़क दुर्घटनामा राजु लेप्चाको मृत्यु

सेभोक रोडस्थित डन बोस्को मोड़ ट्राफिक पोइण्टनजिक सोमवार राति लगभग 11 बजी भएको एक दुःखद सड़क दुर्घटनामा एक व्यक्तिको ज्यान गएको छ। उक्त क्षेत्र भक्तिनगर पुलिस चौकी अधीनस्थ पर्छ। ज्यान गुमाउने व्यक्ति पन्बुका राजु लेप्चा हुन्। तिनी विगत दुई वर्षदेखि सिलगढ़ीको झन्कार मोड़ क्षेत्रमा भाड़ाको घरमा बस्दै आइरहेका थिए। राजु सेभोक मोड़ क्षेत्रको एक रेस्टुरेण्टमा […]
Read more

कारको ठक्करमा पाँच घाइते

नियन्त्रण गुमाएर एकपछि अर्को गरी पैदल यात्रीहरूलाई ठक्कर दियो एउटा विलासी कारले। शुक्रवार दिउँसो 12 बजीतिर सिलगढ़ीको स्टेशन फिडर रोडमा यो घटना भएको हो। प्राप्त जानकारीअनुसार कार स्टार्ट गरिएको अवस्थामा चालक पसलमा सामान किन्न जाँदै थिए। त्यही बेला असावधानीवश एक्सिलेटरमा दबाउ पर्योस। नियन्त्रणविहीन कार तीव्र गतिमा अघि बढ्यो। कारको ठक्करले कम्तीमा पाँचजना घाइते भएका छन्। […]
Read more

सड़क मरम्मती हुने खबरले स्थानीयमा खुशी

मिरिक बस्ती अनि मरमा वासिन्दाहरूले लामो समयदेखि यातायातमा भोग्दै आइरहेका समस्या समधान हुने भएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनमार्फत मिरिक बजार बौद्धी गोलाईदेखि मिरिक बस्ती हुँदै मरमासम्म पुगेको सड़कको मरमती हुने भएको छ। बुधवार जीटीए प्रमुख अनित थापाले मरम्मती कार्यको शिलान्यास गरेका छन। सड़क मरम्मती कार्यको शिलान्यासपछि मिरिक बस्ती अनि मरमाका वासिन्दाहरूले हर्ष प्रकट गर्दै सड़क […]
Read more

सड़क दुर्घटनामा 2 मृत, 2 घाइते

इस्लामपुर नजिकैको चोपड़ाको कालागाछ क्षेत्रमा मङ्गलवार बेलुका भएको एक भयावह सड़क दुर्घटनामा दुई युवकको मृत्यु भएको छ भने अन्य दुई अन्य गम्भीर रूपले घाइते भएका छन्। चारैजना राजगञ्ज क्षेत्रका साथीहरू मोटरसाइकल यात्रामा निस्किएका थिए। मृत युवकहरू अकालुगाछ, सन्न्यासीकट्टा ग्राम पञ्चायतका चन्दन राय अनि फूलबारी 2 ग्राम पञ्चायतअन्तर्गत जोतियाकाली, जयदेवभिट्टाका फिरदोज अली हुन्। उता घाइतेहरूमा अकालुगाछकै […]
Read more

महाकालेश्वर मन्दिर निर्माण समितिको अनित थापासित भेट

गोरुबथान माल बस्तीको महाकालेश्वर मन्दिर निर्माण समितिका 25 सदस्यीय प्रतिनिधि मण्डलले आज गोरखाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) का प्रमुख कार्यपाल अनित थापासित भेट गरेको छ। यस भेटको मुख्य उद्देश्य निर्माण हुने महाकालेश्वर मन्दिरका लागि आर्थिक तथा प्रशासनिक सहयोग रहेको थियो। समितिले मन्दिर निर्माणका लागि जीटीएको सहयोगको अपील गरेपछि प्रमुख कार्यपाल थापाले आवश्यक सहयोगको आश्वासन दिएका छन्। […]
Read more

हासीमारा सेना हवाईअड्डाबाट युवक पक्राउ

अपरेशन सिन्दुरपछि देशभरि युद्धको स्थिति छ। देशभरि चरम तनाउ छ। यसैबीच हासीमारास्थित वायु सेना हवाईअड्डामा लुक्दै गर्दा एक युवकलाई सेनाले पक्राउ गरेको छ। पछि तिनलाई पुलिसको जिम्मा लगाइयो। पक्राउ पर्ने युवकको नाम सुजित घोष हो। तिनको घर अलिपुरद्वार शहरदेखि निकै टाढ़ा घाग्रा क्षेत्रमा छ। तिनी घाग्राबाट त्यो काम गर्न किन यति टाढ़ा आए भन्ने कुराको […]
Read more

धावक रहमत आलाम राज्य स्तरमा

दृष्टि खेलकुद सङ्घको आयोजनामा सम्पन्न पाँचौँ ओपन एथलेटिक्स मीट -2025 इन एसोसिएशन दार्जीलिङ डिस्ट्रिक एथलेटिक्स एसोसिएशनको संयुक्त आयोजनामा दुई दिवसीय दौड़ प्रतियोगितामा 3 र 4 मईको दिन दार्जीलिङमा सम्पन्न भएको थियो। त्यस प्रतियोगितामा फुवागढ़ी उच्चत्तर माध्यमिक विद्यालयको आठौँ श्रेणीमा अध्ययनरत रहमत आलामले प्रथम स्थान ओगटेर विद्यालय साथै यस क्षेत्रलाई गोरवान्वित पारेका छन्। यो दौड़ दृष्टि […]
Read more

बढ्दो पर्यटक सङ्ख्यासितै बढ़िरहेछ फोहोर

सरसफाई अभियान चलाउँदा सयौँ किलो प्लास्टिक र सिसाका मदिरा बोतलहरू फेला परे। साथै अनगन्ती प्लास्टिकका प्याकेटहरू पनि भेट्टाइयो। यो कुनै फोहोरको थुप्रो वा बस्तीको कुरो होइन। आइतवार गोरुमारा जङ्गलका विभिन्न भागमा सरसफाई अभियान चलाएर वन विभागका कर्मचारी, अधिकारी र वातावरणप्रेमीहरूले यति विशाल मात्रामा फोहोर हटाएका हुन्। यी सबै जङ्गलमा घुम्न आउने पर्यटकहरूको कार्य रहेको वन […]
Read more

एसएससीसीले शीघ्र दार्जीलिङमा कार्यक्रम गर्ने

सेपारेट स्टेट कोअर्डिनेशन कमिटी (एसएससीसी)को एउटा सभा अजय दाहालको अध्यक्षतामा सम्पन्न भएको जानकारी प्राप्त भएको छ। पूर्णसिंह राईले एउटा विज्ञप्ति जारी गरेर त्यसबारे जानकारी दिएका हुन्। विज्ञप्तिमा भनिएअनुसार सभाअघि जम्मू-कश्मीरको पहलगाममा भएको आतङ्की हमलाको घोर निन्दा गर्दै मृत व्यक्तिहरूको आत्माशान्तिका लागि एक मिनटको मौनधारण गरेपछि सभा आरम्भ गरियो। संस्थाका संयोजक सञ्जय थुलुङले सभाको विषय बुँदाहरू […]
Read more

पानीघट्टामा चितुवाको आतङ्क

दिउँसै पानीघट्टा कदमा मोड़मा चितुवा देखेका परेको छ। गत केही दिनदेखि पानीघट्टा चियाबारीका गाउँहरूमा चितुवाले बाख्रा, सुङ्गुर मार्ने र लैजाने गरेको घटना प्रकाशमा आइरहेको थियो। आज दिउँसै पानीघट्टा कदमा मोड़मा पानीघट्टा चियाबारीभित्र चितुवा देखिएपछि मानिसहरूमा आतङ्क सिर्जना भएको छ। उक्त सड़कमा दैनिक पैदल हिँड्ने मानिसहरू, विद्याहरू लगायत स्कुटी र बाइकवा सवारी गर्नेहरूलाई झनै डर भएको […]
Read more
1 24 25 26 27

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.