Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: पश्चिम बंगाल

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

कृषि विभागका अधिकारीहरूसित युवा शक्तिको भेट

युवा शक्ति केन्द्रीय उपाध्यक्ष अनुप गदाल अनि मिरिक शहर समितिका अध्यक्ष आशीष तामाङको नेतृत्वमा युवा शक्ति सौरेनी समष्टि टोलीले मिरिक कृषि विभाग कार्यालयमा विभागीय अधिकारीहरूसित भेट गरेर कृषकहरूले पाउने सरकारी सहयोग र सहुलियबारे विस्तृत चर्चा गरेको छ। कृषि विभागका अधिकारीहरूसित भेट गरेपछि अनुप गदालले पत्रकारहरूसित कुराकानी गर्दै कृषि विभागले कृषकहरूको हितमा धेरै योजनाहरू तयार पारे […]
Read more

सिलगढ़ीमा बन्दको व्यापक प्रभाव

केन्द्रीय श्रम कानूनको विरोधमा श्रमिक सङ्गठनहरूले बुधवार डाकेका देशव्यापी 24 घण्टे हड़तालको सिलगढ़ीमा पनि व्यापक प्रभाव देख्न पाइएको छ। दुई चक्के वाहनहरूको सामान्य आवातजावत देखिए पनि बिहानैदेखि सिलगढ़ी मुख्य बजार बन्द रह्यो। विधान मार्केट, हङकङ मार्केटदेखि विधान रोड साथै हिलकार्ट रोडमा सबै दोकानपाट बन्द राखिएको थियो। सिलगढ़ीको मुख्य बजारमा मात्र नभएर अनन्य बजारहरूमा पनि बन्दको […]
Read more

विवाहमा आइपुगेको हात्तीको कटहर भोज

अलिपुरद्वार राष्ट्रिय वन्य निकुञ्जनजिक शालकुमार 2 ग्राम पञ्चायतको सुरीपाड़ा वासिन्दा प्रकाश रायकी छोरीको त्यो दिन विवाह कार्यक्रम चलिरहेको थियो। त्यसैले त्यहाँ पकाएको पकवानको सुगन्ध जताततै फैलिरहेको थियो। विवाह मण्डपमा डीजे बजिरहेको थियो अनि त्यहाँ नाचगान पनि चलिरहेको थियो। त्यसैबीच विवाह घरमा हात्ती आइपुग्यो। कोलाहलमाझ कसैले हात्तीप्रति ध्यान नै दिएन। मण्डपबाट बाहिर निस्कन लाग्दा एउटी महिलाले […]
Read more

गाजा तस्करीको आरोपमा तीन महिला पक्राउ

बिन्नागुड़ी ग्राम पञ्चायतअन्तर्गत कृष्णनगर कोलोनीस्थित पग्ला बस्तीबाट झाड़ुको बिट्टामा लुकाएर गाँजा तस्करी गर्ने प्रयास गरिरहेको आरोपमा तीन महिलाहरूलाई पक्राउ गरिएको छ। सिलगढ़ी पुलिस कमिश्नरेटअन्तर्गत पर्ने भोरेर आलो थाना पुलिसद्वारा पक्राउ गरिएको हो। पक्राउ परेका महिलाहरूमा कूचबिहारको माथाभाङ्गाकी भारती हल्दार र तिनकी छोरी कनिका हल्दार साथै दक्षिण दिनाजपुरकी तिनीहरूकै आफन्त छाइना दास छन्। पुलिस सूत्रअनुसार सोमवार […]
Read more

लागू औषधी कारोबारमा संलग्न चार पक्राउ

लागू ओैषधीविरुद्ध मिरिक पुलिसको सक्रिय अभियान जारी रहेको छ। लागू ओैषधीविरुद्ध मिरिक महकुमाका एसडीपीओ बिनोद कुमार मिना अनि मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासको नेतृत्वमा चलाइएको विशेष अभियानमा मिरिक महकुमा क्षेत्रमा लागू औषधी सम्बन्धी गतिविधिमा संलग्न चारजनालाई पक्राउ गरिएको छ। मिरिक थाना प्रभारी सुदीप कुमार विश्वासले यस पक्राउबारे जानकारी गराएका हुन्। पक्राउ परेका व्यक्तिहरूलाई अघिल्लो […]
Read more

सेनाको पोशाक अवैध रूपमा बनाउने दर्जी पक्राउ

पहलगाममा आतङ्कवादीहरूले सेनाको पोशाकमा हमला गरेका घटनापछि देशभरि सेनाको पोशाक सम्बन्धी सुरक्षा सतर्कता अभियान तीव्र रूपमा सञ्चालन भइरहेको छ। सामान्यतः सेनाको पोशाक मात्र भारतीय सेनाद्वारा नै उपलब्ध गराइन्छ। तर हाल आतङ्कवादीहरूले सेनाको पोशाकलाई हतियारसरह प्रयोग गरेर हमला गर्न थालेपछि भारत सरकार सतर्क बनेको छ। प्राप्त जानकारीअनुसार सालुगढ़ा बजारमा एकजना दर्जीलाई पक्राउ गरिएको छ र तिनीबाट […]
Read more

एसएसबीद्वारा नशामुक्त भारत अभियान कार्यक्रम

सशस्त्र सीमा बल(एसएसबी)को आठौँ वाहिनी खपरेल वाह्य सीमा चौकी टिङलिङले मितुल कुमार कमाण्डेण्टको निर्देशनमा नशामुक्त भारत अभियान कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम ग्रेस एकाडेमी, लोअर तोकलाङ प्रलय राय निरीक्षक (सा.), ई कम्पनी टिङलिङको नेतृत्वमा आयोजन गरिएको थियो। नशामुक्त भारत अभियान कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक साथै स्थानीय वासिन्दाहरूलाई लागू पदार्थ सेवन नगर्ने अनि यसबाट […]
Read more

कोलकाताको प्रदर्शनीमा सिद्धार्थ राईको चित्रकला

मिरिकका चित्रकार सिद्धार्थ राईको चित्रकला कोलकाताको चित्रकला प्रदर्शनीमा राखिएको छ। सिलगढ़ीको बीग आर्ट फाउण्डेशनको आयोजनामा 23 जूनदेखि 25 जूनसम्म कोलकाताको ग्यालेरी टी-93 मा उत्तर बङ्गाल भ्युजुअल आर्ट फेस्टिभल चित्रकला प्रदर्शनी भइरहेको छ। त्यस चित्रकला फेस्टिभलमा सिद्धार्थ राईका चित्रकलाहरू प्रदर्शनमा राखिएका जानकारी प्राप्त भएको छ। प्राप्त जानकारीअनुसार कोलकाताको यस चित्रकला प्रदर्शनीमा विभिन्न ठाउँका तीसजना चित्रकारहरूका चित्रहरू […]
Read more

पुलिसको फन्दामा गुलाबी ग्याङका 11 सदस्य

मेला कहाँ लागेको छ भनेर खबर पाउनेबित्तिकै सक्रिय हुन्छन् यस टोलीका सदस्यहरू अनि योजनाबद्ध तरिकाले मेलामा पुग्छन्। भीड़ मा धक्कामुक्की, शरीरले ठेलाठेल गर्ने जस्ता तरिकामा तिनीहरू माहिर छन्। त्यसकै आड़मा मनी ब्याग, मोबाइल, गहना सबै केही क्षणमै गायब पार्न सक्छन्। इङ्ग्रेजीबजार ब्लकको रामकेली मेलाबाट यस्ता 11 जना महिलाहरूलाई पुलिसले पक्राउ गरेको छ। थानामा ल्याएर सोधपुछ […]
Read more

शनिवारदेखि जलपाइगढ़ीबाट नया रेल सेवा आरम्भ

अब केही दिनको प्रतीक्षा मात्र। त्यसपछि उत्तर बङ्गालदेखि दक्षिण बङ्गालसम्म नयाँ रेलको सेवा आरम्भ हुनेछ। शनिवारदेखि जलपाइगढ़ी रोड स्टेशनबाट हमसफर एक्सप्रेसले सेवा आरम्भ गर्नेछ। यो रेल शियालदह स्टेशनमा रोकिनेछ। जलपाइगढ़ीका सांसद जयन्तकुमार रायले यस रेल सेवाको उद्घाटन गर्नेछन्। नयाँ रेल सेवा पाउँदा जलपाइगढ़ीका मानिसहरू निकै खुशी छन्। अब जलपाइगढ़ी रोडबाट सोझै कलकत्ता पुग्न सकिनेछ। त्यसे […]
Read more
1 22 23 24 25 26 27

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.