Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: पश्चिम बंगाल

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

पानीले आलु खेती नष्ट

राजगञ्ज क्षेत्रमा पानीले खेत डुबाएपछि आलु खेती गर्ने किसानहरूले ठूलो क्षति ब्योहोर्नु परेको छ। लगभग पाँच बिघा क्षेत्रमा लगाइएको आलुको खेती पूर्ण रूपमा नष्ट भएको बताइएको छ। यो घटना राजगञ्ज ब्लकअन्तर्गत शिकारपुर ग्राम पञ्चायतको नर्थ बेङ्गल फार्म क्षेत्रमा भएको हो।प्राप्त जानकारीअनुसार पछिल्ला दुई दिनदेखि परेको वर्षाको पानीसितै सिँचाइ नहरबाट बगेको पानी कृषक बापी दास अनि […]
Read more

23 अप्रेल पहिलो चरणमै उत्तर बङ्गालमा चुनाउ

सन् 2021 मा तीन चरणमा भए पनि यसपल्ट उत्तर बङ्गालमा एकै चरणमा चुनाउ हुने भएको छ। 23 अप्रेल पहिलो चरणमा राज्यका 16 जिल्लाका 152 वटा आसनमा चुनाउ हुनेछ, जसमा उत्तरका आठ जिल्लाका ५४ वटा केन्द्र समावेश छन्। आइतवार साँझ चुनाउ आयोगले चुनाउको तालिका घोषणा गर्ने बित्तिकै हिलीबाट हल्दीबारीसम्म सबै ठाउँमा दक्षिणपन्थी–वामपन्थी सबै पक्ष कम्मर कसेर […]
Read more

डीए प्राप्ति उत्सवको तयारीमा तृणमूल सङ्गठन

मुख्यमन्त्री ममता ब्यानर्जीले बाँकी महँगी भत्ता (डीए) घोषणा गरेपछि राज्यका सरकारी कर्मचारी, शिक्षक-शिक्षिका, शिक्षाकर्मी, पञ्चायत तथा नगरपालिका कर्मचारीहरूबीच उत्साह देखिएको छ। तर यस विषयमाथि भाजपा तथा वाममोर्चाका सरकारी कर्मचारी र शिक्षक सङ्गठनहरूले व्यङ्ग्य गरेका छन्। मुख्यमन्त्रीको घोषणापछि आज सोमवार राज्य सरकारका विभिन्न विभागहरूमा तृणमूल राज्य सरकारी कर्मचारी फेडेरेशनको जिल्ला नेतृत्वले मिठाई बाँड़ेर उत्सव मनाउने तयारी […]
Read more

87 हजारभन्दा बढ़ी विद्यार्थीलाई विभिन्न छात्रवृत्ति

आर्थिक रूपमा पछाड़ि परेका परिवारका बालक-बालिकालाई पढ़ाई जारी राख्न सहयोग पुर्यादउने उद्देश्यले जलपाइगढ़ीमा 87 हजारभन्दा बढ़ी विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ। राज्य सरकारको आदिवासी तथा पछाड़िएको वर्ग कल्याण विभागबाट तिनीहरूले ओएसीस, शिक्षाश्री र मेधाश्री छात्रवृत्ति पाइरहेका छन्। साथै पछाड़ि परेका समुदायका विद्यार्थीहरूले निःशुल्क छात्रावासमा बसेर पढ़ाई गर्न सकून् भन्ने उद्देश्यमा राज्य सरकारले त्यसको पनि व्यवस्था […]
Read more

घरकै सिलिण्डरले मिड डे मिल

ग्यास नपाएपछि खोरीबारी हाई स्कूलमा स्वयं स्वनिर्भर समूहका महिलाहरूले घरबाट सिलिण्डर ल्याएर मिड डे मिल पकाइरहेका छन्। यस्तै अवस्थाका कारण सिलगढ़ी शहरका विभिन्न विद्यालय, माँ क्याण्टिन, अस्पताल तथा सरकारी कार्यालयका क्याण्टिनहरू पनि यसै गरी सञ्चालन गरिँदैछ। यस्तो परिस्थितिमा आज शुक्रवार सिलगढ़ी नगर निगमले ग्यास एजेन्सीहरूसित बैठक बस्दैछ। अवस्थाको समीक्षा गरेपछि आवश्यक कदम चालिने आश्वासन दिइएको […]
Read more

एलपीजी डिलर–डिष्ट्रिब्युटरसित प्रशासनको बैठक

खाना पकाउने ग्यासको अभावका कारण जलपाइगढ़ीमा सङ्कट चरममा पुगेको छ। हतार–हतार ग्यास डिलर, डिष्ट्रिब्युटर र ग्यासको बोटलिङ प्लाण्टका अधिकारीहरूसित जिल्ला पुलिस र प्रशासनले बैठक गरेको छ। कुन डिलरसित कति सिलिण्डर उपलब्ध रहेको छ भन्ने जानकारी मागिएको थियो। डिलरहरूले आफूहरूसित अहिले कुनै पनि स्टक नरहेको बताए। पछिल्ला दुई दिनदेखि ग्यास बोकेको गाड़ी भित्रिएको छैन। व्यावसायिक ग्यास […]
Read more

वर्षा नहुँदा जल्दापाड़ा मरुभूमि झैँ!

चारैतिर जति टाढ़ासम्म आँखा पुग्छ केवल सुक्खा र रुखोपनको छाप देखिन्छ। एक समय हरियालीले ढाकिएको जलदापाड़ा राष्ट्रिय निकुञ्जको विशाल घाँसको मैदान अहिले सुकेर लगभग मरुभूमि जस्तै बनेको छ। एकातिर प्राकृतिक विपत्तिका कारण आएको बाढ़ीले ल्याएको पली माटोले विशाल क्षेत्रका घाँसहरू पुरिएका थिए जसले आजसम्म पनि बिहानको घाम देख्न पाएका छैनन्। त्यसमा घाउमाथि नुन छर्केझैँ लामो […]
Read more

ग्यास अभावले मिड–डे मिल बन्द

पश्चिम एसियामा भइरहेको युद्धको प्रभाव अहिले प्रत्यक्ष रूपमा गौड़ बङ्गका विद्यालयहरूमा देखिन थालेको छ। मिड–डे मिल पकाउन प्रयोग हुने ग्यास तीव्र रूपमा सकिँदै गएको छ। केही विद्यालयहरूमा त ग्यास पहिले नै सकिएको छ। त्यसकारण विद्यार्थीहरूलाई ड्राई फ्रुट्स वितरण गरिँदैछ। परिस्थितिले जुन दिशा लिइरहेको छ त्यसले आपतकालीन रूपमा एलपीजी सिलिण्डर जुटाइए पनि कति दिनसम्म पुग्ने हो […]
Read more

एसआईआरले पहाड़वासीहरू समस्यामा, थापाद्वारा आन्दोलनको चेताउनी

विधानसभा चुनाउ घोषणा नभए पनि पहाड़मा राजनीतिक तापक्रम बढ्दै गइरहेको छ। अहिले एसआईआर (स्पेशल इण्टेन्सिभ रिभिजन) मुद्दामा पहाड़ तातिएको छ। पहाड़को मतदाता सूचीबाट ठूलो सङ्ख्यामा गोर्खाहरूको नाम हटाइएको आरोप छ। यस विषयमा सड़कमा उत्रिने जीटीएका प्रमुख कार्यकारी तथा बीजीपीएम अध्यक्ष अनित थापाले चेताउनी दिएका छन्। कालेबुङमा तिनले एउटा सभा गरे। त्यहाँ अनित थापाले भने, एसआईआरमार्फत […]
Read more

आदिवासी तथा अनुसूचित समुदायका ज्येष्ठ नागरिकहरूलाई पेन्सन

राज्य सरकार आदिवासी तथा अनुसूचित समुदायको साथमा उभिएको छ। जलपाइगढ़ी जिल्लामा यी दुई समुदायका 70 हजारभन्दा अधिक ज्येष्ठ नागरिकहरूलाई प्रत्येक महीना पेन्सन दिइरहेको छ। यसका लागि राज्य सरकारले प्रत्येक महीना लगभग सात करोड़ रुपियाँ खर्च गरिरहेको छ। हाल जिल्लामा तपशिलि बन्धु योजनाअन्तर्गत पेन्सन पाउनेको सङ्ख्या 59 हजार 313 जना रहेको छ। अर्कातिर 11 हजार 467 […]
Read more
1 2 3 4 27

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.