Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: पश्चिम बंगाल

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

सड़क दुर्घटनामा बीएलओको मृत्यु

कोचबिहारमा एकजना बीएलओको सड़क दुर्घटनामा मृत्यु भएको छ। एसआईआर सम्बन्धी काम सकेर मोटर साइकलमा घर फर्कँदै गर्दा उक्त बीएलओ दुर्घटनामा परे। मृत ललित अधिकारी शीतलकुचीका वासिन्दा थिए। बिहीवार साँझ माथाभाङ्गामा पञ्चानन पुलनजिक तिनको मोटर साइकल दुर्घटनामा परेको बताइएको छ। सूत्रअनुसार तिनको मोटर साइकल र एउटा पिकअप भ्यान मुखामुखी ठोक्कियो। यस दुर्घटनामा तिनी गम्भीर रूपले घाइते […]
Read more

सिलगढ़ीदेखि दिघासम्म स्लीपर भोल्भो बस सेवा

यात्री सेवामा निजी कम्पनीहरूले उत्तर बङ्गाल राज्य परिवहन निगमलाई कठोर प्रतिस्पर्धामा पारेका थिए। भाड़ा कम्ती भए पनि सरकारी यो संस्था क्रमशः पछाड़ि परिरहेको थियो। त्यसैले एनबीएसटीसीले सेवामा नयाँ–नयाँ पहलहरू गर्न थाल्यो। दिघासम्म स्लीपर भोल्भो चलाउन राज्य सरकारसित अनुमति मागेको थियो। एनबीसीएसटीसीको आग्रहमा सकारात्मक प्रतिक्रिया दिँदै राज्य परिवहन विभागले अन्ततः छवटा स्लीपर भोल्भो किन्ने अनुमति दिएको […]
Read more

पुलिस अभियानमा नगद राशि जफत

सिलगढ़ी कमिश्नरेट पुलिसले ठूलो सफलता प्राप्त गरेको छ। बुधवार राति हासमी चौक क्षेत्रमा एक युवकबाट 30 लाख नगद राशि फेला पारिएको छ। त्यसपछि तिनलाई पुलिसले पक्राउ गरेको हो। प्राप्त जानकारीअनुसार, पक्राउ परेका युवकको नाम मोहम्मद वासिम हो। तिनको घर उत्तर प्रदेश हो। गोप्य सूचनाका आधारमा सिलगढ़ी थानाको एण्टी–क्राइम विङले बुधवार राति हासमी चौकमा अभियान चलाएको […]
Read more

रवीन्द्रनाथविरुद्ध अविश्वासको ब्रह्मास्त्र

कोचबिहार नगरपालिकाका चेयरम्यान पदबाट रवीन्द्रनाथ घोष हट्ने अब केवल समयको पर्खाइ मात्र हो त? मङ्गलवारको नाटकीय राजनीतिक परिवर्तनपछि यस्तै परिस्थिति बनेको छ। तिनले अब पद गुमाउने निर्णायक मोड़मा उभिएको चर्चा पनि भइरहेको छ। उक्त दिन जिल्ला अध्यक्ष अभिजीत दे भौमिक (हिप्पी) ले डाकेको बैठकमा रवीन्द्रनाथलाई चेयरम्यानको पदबाट हटाउन 15 जना काउन्सिलरको हस्ताक्षर लिइयो। पार्टी सूत्रअनुसार […]
Read more

उत्तरकन्या अभियानमा एसएससी नोकरीप्रार्थीहरू

एसएससी लिखित परीक्षामा पूर्णाङ्क वा उच्च अङ्क ल्याए पनि अन्तर्वार्ताका लागि डाक नपाएको गुनासो गर्दै 2025 का नोकरीप्रार्थीहरू आन्दोलित बनेका छन्। बुधवार सिलगढ़ीको जलपाई मोड़देखि तीन बत्ती मोड़सम्म सयभन्दा अधिक फ्रेसर नोकरीप्रार्थीहरू जम्मा भएका थिए। नोकरीप्रार्थीहरूको दाबीअनुसार लिखित परीक्षामा धेरैले उच्च अङ्क प्राप्त गरे पनि अन्तर्वार्ताको सूचीमा नाम समावेश छैन। त्यसले नियुक्ति प्रक्रियाको पारदर्शितामाथि गम्भीर […]
Read more

बीएलओद्वारा आत्महत्या

राज्यमै फेरि एकजना बीएलओ को मृत्यु भएको छ। बुधवार सखारै बिहान घर पछिल्तिर झुण्डिएको अवस्थामा बीएलओको शव भेटिएको थियो। तुरन्तै अस्पताल लैजाँदा पनि बचाउन सकिएन। मृत महिला बीएलओको नाम शान्तिमनि एक्का (48) हो। यस घटनाले जलपाइगढ़ी जिल्लाको मालबजार क्षेत्रलाई स्तब्ध बनाएको छ। जलपाइगढ़ी जिल्लाको मालबजार थानाअन्तर्गत राङामाटी ग्राम पञ्चायतको न्यू ग्ल्याङ्को चियाबारी क्षेत्रकी वासिन्दा थिइन् […]
Read more

एनजेपी स्टेशनमा अज्ञात महिलाको मृतदेह

न्यू जलपाइगढ़ी (एनजेपी) स्टेशनको वेटिङ–रूमबाट एक अज्ञात महिलाको मृतदेह फेला परेको छ। मङ्गलवार एक महिला बिरामी परेकी छन् भन्ने जानकारी पाएपछि जीआरपी र आरपीएफ अधिकारीहरू त्यहाँ पुगेका थिए। सूचना पाएलगत्तै पुलिस कर्मीहरू चिकित्सकलाई साथमा लिएर वेटिङ–रूममा पुगे। चिकित्सकले प्रारम्भिक परीक्षणपछि उक्त महिलालाई मृत घोषित गरेका जानकारी प्राप्त भएको छ। जीआरपी सूत्रअनुसार हालसम्म पनि उक्त महिलाको […]
Read more

हात्तीको आक्रमणमा महिलाको मृत्यु

मदारीहाट–बीरपाड़ा ब्लकअन्तर्गत रामझोरा चियाबारी क्षेत्रमा फेरि हात्तीको आक्रमणमा परेर एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला गम्भीर रूपले घाइते भएकी छन्। मृत महिलाको नाम पिङ्की झा हो।प्राप्त जानकारीअनुसार पिङ्की झा र रेनु झा घरबाहिर निस्किएका बेला अचानक जङ्गली हात्तीले दुवै महिलाहरूमाथि आक्रमण गऱ्यो। हात्तीले आक्रमण गर्दा घटनास्थलमै पिङ्की झाको मृत्यु भएको हो। रेनु […]
Read more

दम्पत्तीको मृत्युमा रहस्य यथावत

डाबग्राम 2 ग्राम पञ्चायतअन्तर्गत थारुघाटी क्षेत्रमा दम्पत्तीको शव फेला परेको घटनामा रहस्य अझ गहिरिँदै गइरहेको छ। मृत अनमा राय र तपन रायको घाँटीमा धारिलो हतियारले आक्रमण गरेको चोटका दाग भेटिएका छन्। तपनले आफ्नी श्रीमतीलाई हत्या गरेर त्यसै हतियारले आफ्नो घाँटीमा चोट पुर्याभएका पुलिसले दाबी गरेको छ। तर आफैलाई आक्रमण गरेपछि तपनले त्यो हतियार कहाँ फाले? […]
Read more

सिलगढ़ीमा सीएए शिविर

मतदाती सूचीको विशेष गहन परिशोधन वा एसआईआर मुद्दापछि अब सिलगढ़ीमा सिटिजनशिप एमेण्डमेण्ट एक्ट अर्थात सीएए शिविर आरम्भ गरिएको छ। सोमवार वार्ड नम्बर 24 मा रहेको विधायक कार्यालयमा विधायक शङ्कर घोषले सिटिजनशिप एमेण्डमेण्ट एक्ट (सीएए) शिविर उद्घाटन गरे। शिविरमा आवेदकहरूलाई प्रक्रिया सहज बनाउन कानूनी सहायता, आवश्यक कागजात–सम्बन्धी मार्गदर्शन तथा विभिन्न सेवाहरू उपलब्ध गराइने बताइएको छ।सीएए शिविरको […]
Read more
1 10 11 12 13 14 27

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.