Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Category: सिलगढ़ी

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

गोलीबारीको कारण डेवीडाङ्गामा सन्त्रास

हिजो अबेर राति ढिलो देवीडाङ्गा क्षेत्रमा गोलीबारीको कारण आतङ्कको वातावरण सिर्जना भएको थियो। यस घटनापछि लामो समयसम्म उक्त क्षेत्रमा उत्तेजनाको स्थिति रह्यो। प्राप्त जानकारीअनुसार हिजो राति 9 देखि 9.30 बजीको बीचमा देवीडाङ्गा क्षेत्रमा 2 देखि 3 राउण्ड गोली चलाइयो र गोलीबारीको मुख्य कारण मादक पदार्थ तस्करी बताइएको छ। प्राप्त जानकारी अनुसार यसअघि पनि स्थानीय मानिसहरूले […]
Read more

सिलगढ़ीमा ईडीको छापा

सिलगढ़ी शहरका धेरै स्थानहरूमा इन्फोर्समेण्ट डाइरेक्टोरेट (ईडी) ले छापा मारेको छ। मङ्गलवार बिहान भएको यस घटनाले सिङ्गो शहरमा निकै होहल्ला मच्चिएको छ। पुलिस सूत्रअनुसार आज सिलगढ़ी नगर निगमको वार्ड नम्बर 4 र 5 मा पर्ने नयाँ पाड़ा र महाराजा कोलोनीमा ईडीका अधिकारीहरूले छापा मारेका हुन्। सोमवार राति नै दिल्लीबाट ईडीको एउटा विशेष टोली सिलगढ़ी आइपुगेको […]
Read more

ऋण तिर्न नसक्दा भाग्न बाध्य नोकरी गुमाउनेहरू

फूलबारी 1 ग्राम पञ्चायत क्षेत्रको बर्काभिट्टाका वासिन्दा तपन राय जलपाइगढ़ी जिल्लाको एउटा हाई स्कूलमा शिक्षकको रूपमा कार्यरत थिए। तर सर्वोच्च न्यायालयको आदेशपछि नोकरी रद्दपछि तिनको वेतनसमेत रोकिएको छ। अर्कातिर तिनले एक सरकारी ब्याङ्ककबाट चार लाख रुपियाँ ऋण लिएका थिए। उक्त ऋणको दुई किस्ता पहिले नै बाउन्स भइसकेका छन्। ब्याङ्कका प्रबन्धकले बारम्बार फोन गरेर रकम माग […]
Read more

नाबालिका अपहरणको आरोपमा युवक पक्राउ

सिलगढ़ीमा नाबालिका अपहरण घटनामा राजेश राय नामक एक युवकलाई पक्राउ गरिएको छ। पक्राउ परेका युवकको घर भक्तिनगर थानाअन्तर्गत आशीघर आउटपोस्टको हातियाडाङ्गा क्षेत्रमा छ। यस घटनाले पुरै क्षेत्रमा होहल्ला मच्चाएको छ। भक्तिनगर थाना पुलिस सूत्रअनुसार बुधवार दिउँसो आशीघर आउटपोस्टमा आरोपीविरुद्ध नालिश दर्ता गरिएको थियो। प्राप्त नालिशमा आरोपीले सोही क्षेत्रकी एक नाबालिकालाई विभिन्न प्रलोभन देखाएर अपहरण गरेका […]
Read more

यात्रीहरूको सुरक्षा सुनिश्चित गर्न एनजेपी कठोर सुरक्षा व्यवस्था

उत्तर बङ्गालको प्रवेशद्वार नयाँ जलपाइगढ़ी स्टेशन अहिले विशेष सुरक्षा व्यवस्थाको तहमा रहेको छ। पहलगाममा भएको आतङ्कवादी आक्रमणको सन्दर्भमा रेल सुरक्षा बलले स्टेशनमा कठोर सुरक्षा व्यवस्था गरिरहेको छ। यात्रीहरूको सुरक्षालाई सुनिश्चित गर्न 24 घण्टा संयुक्त गस्ती, नियमित प्लेटफर्म र ट्र्याक निरीक्षण आरम्भ गरिएको छ। आरपीएफ अधिकारीहरूअनुसार यात्रीहरूको सुरक्षाका लागि यो विशेष चेक अभियान सञ्चालन गरिएको हो। […]
Read more

राष्ट्रिय राजमार्गमा बस र कण्टेनर ठोक्किँदा 20 घाइते

बिहीवार सालुगढ़ादेखि केही टाढ़ा बङ्गाल सफारीनजिक पुग्दा मित्तल बस स्ट्याण्डदेखि सामसिङ गइरहेको एउटा निजी यात्री वाहक बस अनि विपरीत दिशाबाट आइरहेको कण्टेनर आपस्तमा ठोक्किँदा ठूलो दुर्घटना भएको छ। यस भीषण दुर्घटनामा परेर मोठ 20 जना व्यक्तिहरू घाइते बनेका छन्। घाइतेहरूमा एकजना बालक पनि सामेल छन्। सालुगढ़ी पार गरेर केटी टाढ़ा पुग्दा विपरीत दिशाबाट अत्यधिक तीव्र […]
Read more

गजलडोबा ब्यारेज 27 अप्रेलदेखि बन्द हुने

गजलडोबाको टिस्टा ब्यारेज पुल मरम्मती कार्यका कारण आगामी 27 अप्रेलदेखि 140 दिनका लागि बन्द रहनेछ। यस अवधिमा ब्यारेजमार्फत वाहनहरूको आवागमन पूर्ण रूपले प्रतिबन्धित रहनेछ तर पैदल यात्रीहरूलाई भने फूटपाथ प्रयोग गर्न अनुमति दिइनेछ। मङ्गलवार टिस्टा ब्यारेज अधिकारीहरू र जलपाइगढ़ी जिल्ला प्रशासनबीच सम्पन्न बैठकमा यस्तो निर्णयमाथि सहमति बनिएको हो। जलपाइगढ़ी जिल्ला परिषद सभाध्यक्ष कृष्णा रय बर्मनले […]
Read more

झुण्डिएको अवस्थामा युवकको शव उद्धार

अनलाइन खेलको नशामा सिलगढ़ीको घुघुमाली चयनपारा क्षेत्रका एकजना युवकले ज्यान गुमाए। मृत युवकको नाम अभिक पाल हो। धेरै वर्षदेखि तिनी बाबा, आमा र दिदीसित किरायाको घरमा बस्दै आइरहेका थिए। प्राप्त जानकारीअनुसार केही समयदेखि अभिक अनलाइन गेममा अत्यधिक आसक्त भएका थिए। त्यसपछि तिनले बाबाको ब्याङ्क खाताबाट राशि निकालेर अनलाइन गेम खेल्थे। बुधवार झुण्डिएको अवस्थामा तिनको शव […]
Read more

चट्याङ लागेर बीएसएफ जवानको मृत्यु

फाँसीदेवाको भारत-बङ्गलादेश सीमास्थित बन्दरगाछ क्षेत्रको गस्तीको क्रममा एउटा दुखद घटनामा परी एकजना बीएसएफ जवानको ज्यान गएको छ। चट्याङ लागेर बीएसएफ जवानको ज्यान गएको हो। प्राप्त जानकारीअनुसार बीएसएफ जवान दीपक कुमार बुधवार राति बन्दरगाछ गाउँसित जोड़िएको गेट नम्बर 23 मा गस्तीमा थिए। गस्तीको क्रममा राति अचानक मेघ गर्जन र चट्याङसहित पानी पर्न थाल्यो। बीएसएफ सूत्रअनुसार गेटअघि […]
Read more

रूख ढल्दा पर्यटकहरू घाइते

पेलिङदेखि सिलगढ़ी फर्कने क्रममा पर्यटकहरू सवार गाड़ीमाथि रूख ढल्यो। अचानक रूख गाड़ीमाथि ढल्दा केही व्यक्ति घाइते भएका छन्। मौसम खराब थिएन तर पनि त्यसरी किन रूख ढल्यो भनेर बुझ्न नसकिएको स्थानीयहरूले बताएका छन्। प्रारम्भिक रूपमा पर्यटकहरूलाई चिकित्सकीय सहायता दिइएको छ। तर कतिजना पर्यटक घाइते भए वा गाड़ीमा कति पर्यटकहरू थिए भन्ने तथ्यबारे अझै निश्चित रूपमा […]
Read more
1 3 4 5 6

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.