यो वर्ष पनि आफ्नो अधीनका जङ्गलहरूमा पिकनिक गर्न प्रतिबन्ध जारी गरेको छ वन विभागले। यसपल्ट अझ कठोरतासित निगरानी र प्रचार-प्रसार गरिने जानकारी आएको छ। पिकनिक प्रतिबन्ध सम्बन्धी पोस्टर टाँस्ने प्रक्रिया पनि आरम्भ भइसकेको छ। त्यससितै माइकमार्फत प्रचार-प्रसार पनि आरम्भ गरिएको छ। त्यसबाहेक जङ्गलभित्र रहेका पिकनिक स्थलहरूमा वन विभाग र पुलिसले संयुक्त रूपमा क्याम्प गरेर निरन्तर निगरानी गर्नेछन्। बालुरघाटमा डाङ्गा र दोगाछी वन छन्। तपनमा पहाड़पुर र गोफानगर वन छन्। कुमरगञ्जमा कुमरगञ्ज वन छ। विगतका वर्षहरूमा यी सबै जङ्गलहरूमा पिकनिकको अत्यधिक भीड़ देखिएको थियो।
ती ठाउँहरूमा चर्को आवाजमा डीजे बजाइएको अनि जङ्गललाई फोहोर गरिएको आरोप छ। त्यसकारण वन्यजन्तु तनाउमा पर्थे। त्यही विषयको कारण त्यहाँ पिकनिकमाथि प्रतिबन्ध लगाइएको हो। यस विषयमा बालुरघाटका वासिन्दा देव प्रमाणिक र म्याक्स रायले भने, गत केही वर्षदेखि जङ्गलहरूमा पिकनिक गर्न दिइँदैन। अहिले डाङ्गाबाहेक पिकनिक गर्ने अर्को ठाउँ छैन। प्रशासनले यस विषयमा ध्यान दिन आवश्यक छ।
बालुरघाट वन विभागका रेञ्जर तापस कुण्डुले भने, विभागको अधीनका जङ्गलहरूमा कुनै पनि तरिकाले पिकनिक गर्न पाइने छैन। यसका लागि हामी पोस्टर टाँस्नेछौँ। पिकनिकको मौसममा हाम्रा कर्मचारी र पुलिसले संयुक्त रूपमा निगरानी गर्नेछन्।



