Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

आसी घर आउटपोस्टद्वारा न्यानो कपड़ा वितरण

जाड़ो बढ्दै गइरहेको अनि अत्यधिक चिसोले दैनिकी प्रभावित बनाइरहेको अवस्थामा विपन्न तथा असहाय परिवारहरूले सबैभन्दा कठिन अवस्थाको सामना गरिरहेका छन्। तिनीहरूलाई सहयोग पुर्यापउने उद्देश्यमा आसी घर आउटपोस्टका पुलिस कर्मचारीहरूले मानवीय पहल गर्दै गरीब मानिसहरूलाई न्यानो कपड़ा वितरण गरेका छन्।अफिसर–इन–चार्ज मृण्मय घोषको नेतृत्वमा पुलिस कर्मचारीहरूले आसीघर आउटपोस्ट क्षेत्रमा पर्ने विभिन्न बस्तीहरूमा पुगेर विपन्न परिवारहरूलाई व्यक्तिगत रूपमा […]
Read more

मालदामा बीएलओको मृत्यु

राज्यमा एसआईआरको सुनुवाइ चलिरहेको बेला फेरि एकजना बीएलओको मृत्यु भएको घटना सार्वजनिक भएको छ। बुधवार बिहान सबेरै मालदा जिल्लाको इङ्ग्लिसबाजार नगरपालिका क्षेत्रअन्तर्गत फूलबारी पाकुड़तला क्षेत्रमा यो घटना भएको हो। मृत बीएलओको नाम सम्पृता चौधुरी सन्याल (48) हो। तिनी आईसीडीएस कर्मीका रूपमा कार्यरत थिइन्। इङ्ग्लिसबाजार नगरपालिका क्षेत्रको 15 नम्बर वार्डअन्तर्गत 163 नम्बर बूथकी बीएलओ थिइन्। सम्पृताका […]
Read more

एसएफआईद्वारा सिलगढ़ीमा डीआई कार्यालय घेराउ

सरकारी विद्यालयहरूमा अतिरिक्त शुल्क असुली, शिक्षक अभाव तथा पूर्वाधारको दयनीय अवस्थाको आरोप लगाउँदै स्टुडेण्ट फेडेरेशन अफ इण्डिया (एसएफआई)ले विरोध प्रदर्शन गरेको छ। सोमवार सिलगढ़ी शहरमा एसएफआई दार्जीलिङ जिल्ला समितिको पहलमा विरोध जुलुस आयोजना गरियो। जुलुसले शहरका विभिन्न महत्त्वपूर्ण मार्ग परिक्रमा गर्दै अन्ततः डीआई कार्यालयअघि पुगेर समापन भयो।यससितै प्रदर्शनकारीहरूले विभिन्न मागहरू अघि सारे। तिनीहरूको मागअनुसार सरकारी […]
Read more

पैह्रो पीड़ित अनि विपन्नहरुलाई राहत बितरण

रामकृष्ण मिशन बेलुर मठद्वारा मिरिकको आले खेल मैदानमा गत वर्षको अक्टोबर महिनामा गएको पैह्रोका कारण प्रभावित डुप्टिन ग्राम पञ्चायत अनि पहिला गाउँ स्कुल डाँडा ग्राम पन्चायत दुइका पैह्राे प्रभावित अनि विपन्न परिवारका सदस्यहरुलाई राहत बितरण गरियो। अभियान अन्तर्गत समग्रमा ५७ परिवारलाई खाद्य सामाग्री, घर निर्माणको निम्ति छानो, ब्लांकेट, लुगा कपडा आदि बितरण गरियो। जसमा डुप्टिन […]
Read more

सिलगढ़ी नगर निगरमद्वारा 106 संस्थालाई नोटिश

नगर निगम ऐनलाई अदेखा गर्दै राति सड़कमा फोहोर फाल्ने क्रम बढ़ेको छ। यसबारे नालिश प्राप्त भएपछि सिलगढ़ी नगर निगमको फोहोर व्यवस्थापन विभागले शहरका 106 संस्थालाई नोटिश जारी गरेको छ। सोलिड वेस्ट म्यानेजमेण्ट परियोजनाअन्तर्गत नगरकर्मीहरूले घर–घरबाट मात्र नभई सरकारी तथा निजी संस्थाहरूबाट पनि फोहोर सङ्कलन गर्छन्। यसका साथै नर्सिङहोम र सरकारी अस्पतालहरूबाट छुट्टै रूपमा मेडिकल फोहोर […]
Read more

नयाँ वर्षमा दलसिंहपाड़ा चियाबारी सुचारु

नयाँ वर्षको आरम्भसितै उत्तर बङ्गालका चियाबारीमा खुशीको खबर आएको छ। बाँकी तलब र बोनस नपाएको कारण लगभग साढ़े दुई वर्षदेखि बन्द रहेको अलिपुरद्वार जिल्लाको कालचिनी ब्लकअन्तर्गत दलसिंहपाड़ा चियाबारी अन्ततः खोलिएको छ। चियाबारीका मालिक पक्ष र श्रमिक युनियनका नेताबीच बैठक भएपछि चियाबारी पुनः सञ्चालनमा आएको हो। शुक्रवार बिहानदेखि श्रमिकहरू चियाबारीमा पुगेर कार्य आरम्भ गरे।समस्याको सुरुआत सन् […]
Read more

चिकेन्स नेकबारे स्थानीय वासिन्दालाई नआत्तिन एसएसबी अधिकारीको आश्वासन

उत्तर बङ्गालमा भारत–बङ्गलादेश सीमामा रहेको चिकेन्स नेकबारे स्थानीय वासिन्दाहरूले चिन्ता लिनु नपर्ने सशस्त्र सीमा बल (एसएसबी) का अधिकारी सञ्जय सिङ्घलले आश्वासन दिएका छन्। सिमाना पूर्ण रूपले सुरक्षित रहेको तिनले बताएका छन्।सूत्रअनुसार आगामी 19 देखि 23 जनवरीसम्म सिलगढ़ीस्थित एसएसबीको मुख्यालयमा अल इण्डिया पुलिस ह्याण्डबल क्लष्टर आयोजना हुन गइरहेको छ। यस प्रतियोगिताको तयारीका रूपमा एक कार्यक्रम आयोजना […]
Read more

सफारी पार्कमा पर्यटकहरूको उल्लेखनीय उपस्थिति

उत्तर बङ्गालको बङ्गाल सफारी पार्कमा सन् 2026 को नयाँ वर्षको पहिलो दिन पर्यटकहरूको अपार भीड़ देखियो। आधिकारिक सूत्रहरूअनुसार नयाँ वर्षको दिन 6600 भन्दा अधिक पर्यटकहरूले पार्कमा प्रवेश गरी जङ्गल सफारीको आनन्द लिए। यसकारण सम्पूर्ण सफारी परिसर पर्यटन गतिविधिले जीवन्त बनेको थियो।नयाँ वर्षको अवसरमा पार्कले लगभग 10 लाख रुपियाँको राजस्व आर्जन गरेको बताइएको छ। तर पर्यटकको […]
Read more

मैनागुड़ीको पुरानो बजारमा आगलागी

शुक्रवार बिहान जलपाइगढ़ी जिल्लाको मैनागुड़ी शहरस्थित पुरानो बजारमा भीषण आगलागी भएको छ। एकैचोटि धेरै पसलहरूमा आगो लागेको थियो। धुवाँ देखेपछि पहिले व्यापारीहरूले आफै आगो निभाउने प्रयास गरे। पछि दमकललाई खबर गरियो। खबर पाउन साथ दमकलका तीनवटा इञ्जिन घटनास्थल आएर आगो नियन्त्रणमा ल्याए। पछिल्लो जानकारीअनुसार यस आगलागीमा मोठ 12 वटा पसलहरूलाई क्षति पुगेको छ। स्थानीय सूत्रअनुसार […]
Read more

मिरिक पुलिसद्वारा ड्रग्ससित संलग्न व्यक्तिहरू पक्राउ

मिरिक पुलिसले मिरिक थाना अधीनस्थ विभिन्न क्षेत्रमा नयाँ वर्षअघि ड्रग्स विरोधी अभियान चलाएर बितेको तीन-चार दिनमा ड्रग्ससित संलग्न 26 जनालाई पक्राउ गरेर अघिल्लो कारवाहीका लागि न्यायालय पठाएको छ। मिरिक महकुमाका एसडीपीओ विनोद कुमार मीनाले यसबारे जानकारी गराँउदै मिरिक पुलिसले 2025 भित्र मिरिकलाई ड्रग्समुक्त बनाउन छापा अनि सचेतना कार्यक्रम गरेको कारण मिरिकमा ड्रग्स सेवन र ओसार […]
Read more
1 3 4 5 6 7 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.