Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

जलढाका नदीको मैदानमा हात्तीको शव

गोरुमारा जङ्गलसित संलग्न जलपाइगढ़ी जिल्लाको मयैगुड़ी ब्लकअन्तर्गत रामसाईनजिक जलढाका नदीको मैदानमा हात्तीको मृत शरीर फेला परेको छ। मृत हात्ती भेटाइएपछि क्षेत्रमा होहल्ला मच्चिएको छ। शुक्रवार बिहान स्थानीय मानिसहरूले हात्तीको शव देखेपछि त्यसबारे खबर फैलियो। प्राथमिक अनुमानअनुसार हात्तीको मृत्यु चट्याङ लागेर भएको बताइएको छ। सूत्रअनुसार बिहीवार राति जलढाका नदी पार गरेर हात्तीको एउटा समूह रामसाईतर्फ गएको […]
Read more

समस्याको समाधान गरिदिने अनुरोध

सुके जोरबङ्लो खण्डअन्तर्गत गोपालधारा कोठी गाँउ डनबस्को स्कूलदेखि गोपालधारा भीर गाँउसम्म स्थानीय मानिसहरूले श्रमदानद्वारा खनन गरेका सड़कमा धेरै पैह्रो झरेर अहिले यातायात ठप्प बनेको छ। यातायात ठप्प बनेपछि स्थानीय मानिसहरूले धेरै समस्या झेल्न परिरहेको छ। पैह्रोले सड़कमा अवरोध सिर्जना भएपछि यस सड़कमा दैनिक ओहोर दोहोर गर्ने स्थानीय विद्यार्थी, चिया श्रमिक अनि साधारण मानिसहरूलाई धेरै समस्या […]
Read more

किशनगञ्जबाट लागू औषधीसहित दुई पक्राउ

सीमा सुरक्षा बल (बीएसएफ) अनि किशनगञ्ज पुलिसले संयुक्त अभियान सञ्चालन गरेर दुईजना लागू औषधी तस्करलाई पक्राउ गरेको छ। यो कारवाही उत्तर बङ्गाल फ्रण्टियरअन्तर्गत किशनगञ्ज सेक्टरको एमजीएम किशनगञ्ज क्षेत्रमा गरिएको हो। अभियानमा दुवै तस्करहरू शङ्कास्पद निषेधित लागू औषधीसहित पक्राउ परेका हुन्। गोप्य सूचनाका आधारमा बीएसएफ अनि किशनगञ्ज पुलिसको टोलीले बुधवार दिउँसो लगभग 2.15 बजी अभियान चलाएको […]
Read more

ल्याम्प्स बोर्ड गठन नगरे आन्दोलनको चेताउनी

कार्यालय छ तर बोर्ड छैन। उत्तर बङ्गालका आदिवासीहरूका लागि गठन गरिएको थियो लार्ज एरिया मल्टी पर्पोज सोसाइटी (ल्याम्प्स)। तर कोरोना महामारीको समयमा ल्याम्प्स बोर्ड विघटन गरियो। त्यसको परिणाम स्वरूप ल्याम्प्सको आफ्नै ब्याङ् खाताकमा करोड़ौँ रुपियाँ जम्मा भए पनि आदिवासी तथा विभिन्न जनजाति समुदायका मानिसहरूले त्यसलाई प्रयोग गर्न सकिरहेका छैनन्। ठूलो परियोजनाहरू पनि रोकिएका छन्। राज्यभरि […]
Read more

नयाँ रूप लिँदै सेवकेश्वरी काली मन्दिर

शताब्दीऔँ पुरानो सेवकेश्वरी कालीबाड़ी मन्दिरले नयाँ रूप लिँदैछ। केवल पूजा–पाठको स्थल मात्र नभएर यस काली मन्दिरलाई सेवोक क्षेत्रकै एक प्रमुख पर्यटन गन्तव्यको रूपमा पनि चिनिन्छ। सिलगढ़ी, जलपाइगढ़ीसहित टाढ़ा-टाढ़ादेखि पनि दिनहुँ धेरै श्रद्धालुहरू मन्दिर दर्शन गर्न आउँछन्। अहिले मन्दिर व्यवस्थापन समितिले 50 लाख रुपियाँ खर्च गरेर मन्दिरको जीर्णोद्धार कार्य आरम्भ गरेको छ। आगामी दिन मन्दिरमा लिफ्ट […]
Read more

मिरिक झीलमा फेरि भेट्टाइयो मरेको माछा

मिरिक झीलमा फेरि माछाहरू मरेको आवस्थामा फेला परेको छ।यसभन्दा अघि पनि मिरिक झीलमा धेरै माछाहरू मरेको अवस्थामा फेला परेको थियो। मिरिक झीलमा के कारणले माछाहरू मरिरहेछन् ठोस कारण पत्तो नलागे पनि वर्षाको मौसममा जतासुकैबाट बगेर आएको भल अनि फोहोर मिरिक झीलमा पस्दा अनि झीलको पानी दूषित बनेकै कारण नै माछाहरू मरेका अनुमान गरिएको छ। मिरिक […]
Read more

लुइस जुब्ली क्षेत्रमा पैह्रो

सोमवार बेलुकीदेखि परेको हात्ती सुँड़े वर्षाझरीले लुइस जुब्ली क्षेत्रमा पैह्रो गएको छ। दार्जीलिङ नगरपालिका क्षेत्रअन्तर्गत 17 नम्बर वार्ड लुइस जुब्ली मुन्तिर गएको उक्त पैह्रोले ज्यानमाल नोक्सान गर्नसक्ने जोखिम बढ़ाएको छ भने यस घटनाको कारण बिचल्नीमा परेका 10 परिवारलाई पुनर्वास गराउन क्षेत्रका नगरपाल नितेश गुरुङले पहल आरम्भ गरिसकेका जानकारी प्राप्त भएको छ।नगरपाल गुरुङले घटनाको स्थलगत निरीक्षण […]
Read more

बङ्गाल सफारीमा वन महोत्सव

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीको पहलमा जिल्ला स्तरको वन महोत्सव समिति र वन विभागको सहयोगमा सोमवार सिलगढ़ीस्थित बङ्गाल सफारी पार्कमा वन महोत्सव 2025 भव्य रूपमा सम्पन्न गरियो। महोत्सवको सुरुवात स्कूली विद्यार्थीहरूले वृक्ष रोपण गर्दै वातावरण संरक्षणको सन्देश दिएर गरिएको थियो। यस अवसरमा सिलगढ़ी नगरपालिकाका मेयर गौतम देव, पुलिस आयुक्त सी. सुधाकर, एसजेडीएका नवनियुक्त अध्यक्ष दिलीप […]
Read more

आँधीले नक्सलबारीमा क्षति

आइतवार राति अबेर आएको भीषण आँधीले नक्सलबारीको शान्तिनगर क्षेत्रमा ठूलो क्षति पुर्याबएको छ। आँधीका कारण दर्जनौँ घरहरू क्षतिग्रस्त भएका छन् भने 25 भन्दा अधिक रूखहरू ढलेका छन्। प्राप्त जानकारीअनुसार आँधीका क्रममा चलेको तीव्र हावाले ठूला रूखहरू ढल्दा धेरै घरहरूलाई क्षति पुगेको छ। सोही क्रममा अर्चना बर्मन ढलेको रूखको चपेटमा परेकी थिइन्। तिनलाई स्थानीयहरूले उद्धार गरी […]
Read more

उत्तर कन्या अभियानबारे पत्रकार सम्मेलन

आगामी 21 जुलाईको उत्तर कन्या अभियानबारे तनाउको स्तर बढ्दै गइरहेको छ। सिलगढ़ीमा आयोजित एक पत्रकार सम्मेलनमा भाजपा युवा मोर्चाका राज्य अध्यक्ष इन्द्रनील खाँले भने, उत्तर कन्या अभियानका लागि पुलिसले अनुमति नदिएको हुँदा तिनीहरूले जलपाइगढ़ी सर्किट बेञ्चको डिभिजन बेञ्चमा शरण लिएका छन्। भाजपा युवा मोर्चाको जनआन्दोलनलाई रोक्नकै लागि प्रशासनले उत्तर कन्या अभियानको अनुमति नदिएको इन्द्रनील खाँको […]
Read more
1 22 23 24 25 26 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.