Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

रिचालाई सिलगढ़ीमा भव्य स्वागत

पहिलो बङ्गाली विश्वकप विजेता क्रिकेटर रिचा घोष सिलगढ़ीस्थित घर फर्किएकी छन्। शुक्रवार बाघडुग्रा हवाईअड्डामा अवतरण गरेको क्षणदेखि नै विश्वकप विजेता भारतीय टोलीकी स्टम्पर–ब्याटर रिचा घोषलाई स्थानीय मानिसहरूले बढ़ो हर्षोल्लासको साथ भव्य स्वागत जनाए। त्यहाँ नगरनिगमका चेयरम्यान गौतम देव, उप–नगर प्रमुख रञ्जन सरकारसहित विभिन्न प्रशासनिक अधिकारीहरू उपस्थित थिए। आज रिचालाई सम्मान गर्न सिलगढ़ी नगर निगमले थुप्रै […]
Read more

नशालु पदार्थसहित मिरिकबाट चार पक्राउ

थाना प्रभारी सुदीप कुमार विश्वासको नेतृत्वमा मिरिक पुलिसले नशालु पदार्थविरुद्ध अभियान जारी राखेको छ। मिरिक पुलिसले नशालु पदार्थविरुद्ध चलाएको विशेष अभियानमा मिरिकका विभिन्न ठाँउबाट नशालु पदार्थसहित चारजनालाई पक्राउ गरियो। पक्रा परेकाहरूलाई अघिल्ला कारवाहीका लागि मिरिक न्यायालयमा पठाएको छ।मिरिकबाट नशालु पदार्थको सेवन र बिक्रीलाई जराबाटै उखेलेर फाल्न मिरिक पुलिस सक्रिय बनेको छ। त्यस दिशामा मिरिक पुलिसले […]
Read more

वृद्धाको दुईवटा मतदाता परिचयपत्र

एसआईआरको प्रक्रिया चलाउँदा एउटै वृद्धाको दुईवटा मतदाता परिचयपत्र फेला परेको घटना प्रकाशमा आएको छ। एउटै व्यक्तिको नाममा दुईवटा अलग-अलग फोटोसहित परिचयपत्र छन्। दुवै मतदाता कार्डमा वृद्धाको नाम र ठेगाना एकै भए पनि एपिक नम्बर अनि अभिभावकको नाम अलग–अलग छन्। एउटा कार्डमा लिङ्ग पुरुष र अर्कोमा महिला उल्लेख गरिएको छ। मतदाता सूचीमा पनि तिनको नाम दुईपल्ट […]
Read more

धम्कीको आरोपमा युवक पक्राउ

डेढ़ महीनाअघि नयाँ दिल्लीमा दुई समूहबीच भएको झड़प र एकार्कामाथि भएको प्राणघातक आक्रमणको जाँचको क्रममा दिल्ली पुलिसले सिलगढ़ीसित सम्बन्ध रहेको थाहा पाएको छ। त्यसै मामिलामा बुधवार फरीदाबाद साइबर क्राइम थाना पुलिसले सिलगढ़ीका वासिन्दा ऋतम महाजनलाई पक्राउ गरेको छ। बिहीवार पक्राउ परेका ऋतम महाजनलाई जलपाइगढ़ी न्यायालयमा प्रस्तुत गरी ट्राञ्जिट रिमाण्डमा नयाँ दिल्ली लगिएको छ। पुलिसअनुसार, झण्डै […]
Read more

भाजपा बीएलएसित कुटपिटको आरोप

मतदाता सूचीको विशेष गहन संशोधन (एसआईआर) अन्तर्गत एन्युमरेशन फारम वितरणबारे कोचबिहारको माथाभाङ्गा 1 ब्लकको पचागढ़ ग्राम पञ्चायतको 239 नम्बर बूथमा तनाउ उत्पन्न भयो। छाटखाटेरबारी क्षेत्रमा भाजपा बूथ लेभल एजेण्ट निवास दासलाई दुर्व्यवहार गरिएको आरोप छ। निवास दासलाई जुत्ताको माला लगाएर गाउँभरि घुमाइएको तृणमूल कङ्ग्रेसमाथि आरोप लागेको छ। भाजपाको आरोपअनुसार, बीएलओ निशीथ राय अनि तृणमूलका केही […]
Read more

शङ्कर घोष अनि रञ्जन सरकारबीच द्वन्द्व

पाड़ाको क्लबको सिमाना पर्खाल निर्माण विषयबारे भाजपा बनाम तृणमूल विवाद चर्किएको छ। अझ स्पष्ट रूपमा भन्नुपर्दा यो विवाद विधायक बनाम उप–मेयरबीच भएको हो। घटनाप्रति स्थानीय वासिन्दाहरू असन्तुष्ट भएका छन्। सिलगढ़ीको 15 नम्बर वार्डस्थित उद्यान समिति क्लबमा विधायक कोषबाट पाँच लाख रुपियाँ प्रयोग गरी सिलगढ़ी जलपाइगढ़ी डेभलपमेण्ट अथोरिटीले पूजाअघि सिमाना पर्खाल निर्माणको कार्य थालेको थियो। तर […]
Read more

मेडिकलमा रगतको दुरुपयोगको आरोप

उत्तर बङ्गाल क्षेत्रीय ब्लड ब्याङ्कले अहिले रगतको अभाव झेलिरहेको छ। यस्तो परिस्थितिमा उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमाथि रगतको दुरुपयोग गरेको आरोप लागेको छ। उपचाराधीन रोगीका लागि ब्लड ब्याङ्कबाट ल्याइएको रगत विभिन्न वार्डहरूमा कारणबिना नष्ट भइरहेको गुनासो आएको छ। घटनाप्रति ब्लड ब्याङ्कका अधिकारीहरू असन्तुष्ट छन्। तिनीहरूको भनाइमा यस्तो अपव्यय रोक्न अस्पतालले रगत वितरण सम्बन्धी नयाँ […]
Read more

अलिपुरद्वारमा नगरपालिकाद्वारा विधायकको पैसा लिन अस्वीकार

जुलाई महीनादेखि बिग्रिएको विद्युत चुल्हो मरम्मती हुन सकेको छैन। बिद्युत चुल्हो मरम्मतीका लागि विधायकले रकम उपलब्ध गराउन चाहे पनि नगरपालिकाले त्यो पैसा लिन अस्वीकार गरेको छ। अलिपुरद्वार शहरको 17 नम्बर वार्डको शिभगञ्ज श्मशानघाटमा मात्र विद्युत चुल्हो छ। यो चुल्हो केही महीनादेखि बिग्रिएको अवस्थामा छ। हावाहुरीका कारण यसको चिम्नी उड़ेको थियो जसका कारण सर्वसाधारणलाई असुविधा भइरेहेको […]
Read more

आजदेखि एसआईआर प्रक्रिया आरम्भ

राज्यभरि एसआईआर प्रक्रिया आरम्भ भइसकेको छ। मङ्गलवार बिहानैदेखि सिलगढ़ीका विभिन्न वार्डहरूमा बीएलओहरूले घर-घर गएर इनुमरेशन फालम वितरण आरम्भ गरेका छन्। प्रत्येक घरमा पुगेर परिवारका सदस्यहरूको नाम, उमेर, ठेगाना र परिचय-पत्र सम्बन्धी जानकारी सङ्कलन गरिने कार्य भइरहेको छ। यसबीच एसआईआर प्रक्रियाबारे शहरमा मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपयले यसलाई सरकारले नागरिक सुरक्षा र तथ्याङ्कमा आधारित योजनाअन्तर्गत ल्याएको […]
Read more

सिलगढ़ीमा भाजपाको एसआईआर हेल्प क्याम्प

एसआईआर प्रक्रियाबारे जन स्तरमा सचेतना बढ़ाउने साथै आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यमा सिलगढ़ीका भाजपा विधायक शङ्कर घोषले देशबन्धु पाड़ामा हेल्प क्याम्प सञ्चालन गरेका छन्। देशबन्धु पाड़ाको एनटीएस मोड़मा आरम्भ गरिएको यस हेल्प क्याम्प मा विधायक शङ्कर घोषसहित भाजपाका अन्य नेता तथा कार्यकर्ताहरूको पनि उपस्थिति थियो।विधायक शङ्कर घोषले भने, तृणमूल कङ्ग्रेसले एसआईआरको नाममा जनतालाई डर देखाउँदै […]
Read more
1 11 12 13 14 15 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.