Recent News

Copyright © 2025 hamroprajashakti. All Right Reserved.

Author: Piyali

Lorem Ipsum has been the industry’s standard dummy text ever since the 1500s.

एनबीएसटीसीलाई नयाँ 67 सीएनजी बस

उत्तर बङ्गाल राज्य परिवहन निगमलाई अन्ततः केही राहत पुग्ने सङ्केत देखिएको छ। उत्तर बङ्गाल राज्य परिवहन निगम (एनबीएसटीसी) लाई शीघ्रै नयाँ 67 सीएनजी बस प्राप्त हुन लागेको छ। उत्तर बङ्गालका विभिन्न रूटमा यी बसहरू सञ्चालन हुनेछन्। आशाजनक कुरो के छ भने यीमध्ये सिलगढ़ीदेखि दार्जीलिङ पहाड़ी मार्गमा आवागमनका लागि विशेष 18 वटा बस उपलब्ध गराइँदैछ। आगामी […]
Read more

सन्दकफूमा पर्यटकको मृत्यु

सन्दकफू घुम्न जाने क्रममा जादवपुरकी एक महिला पर्यटकको मृत्यु भएको छ। मृत महिलाको नाम अनिन्दिता गङ्गोपाध्याय (72) हो। तिनी परिवारसित पहाड़ घुम्न गएकी थिइन्। त्यहाँ अचानक तिनको स्वास्थ्य बिग्रियो। हतार–हतार तिनलाई सुखेपोखरी अस्पताल लगियो जहाँ चिकित्सकहरूले तिनलाई मृत घोषणा गरे।अनिन्दिता गङ्गोपाध्यायले विवाह गरेकी थिइनन्। तिनी दिदीको परिवारसित विभिन्न स्थानमा घुम्न जाने गर्थिन्। यसपालि पनि दिदीको […]
Read more

सांसदको घरअघि जङ्गली हात्ती

मङ्गलवार बिहान भारतीय जनता पार्टीका सांसद मनोज तिग्गाको घरको ढोकामै दुईवटा दँताल हात्ती देखा परे। मङ्गलवार बिहान लगभग 5.30 बजी बीरपाड़ा सिंहानिया चियाबारी हुँदै ती हात्तीहरू हल्दीबाड़ी क्षेत्रमा पसे। त्यसपछि दुवै दाँताल हात्ती स्थानीय भाजपा सांसदको घरअघि पुग्दा मदारीहाटमा तनाउ बढ़्यो।सूत्रअनुसार, घना बस्ती भएको क्षेत्रमा अचानक दुई विशाल आकारका हात्ती पसेपछि स्थानीयम मानिसहरूमा आतङ्क फैलिएको […]
Read more

समय सीमा अगावै एसआईआरको कार्य समाप्त

हात्ती–चितुवा जस्ता जङ्गली जनावरहरूको लगभग दैनिक आवातजावात छ। साँझ पर्ने बित्तिकै जङ्गली जनावरको डरले विशेष आवश्यकताबाहेक स्थानीय मानिसहरू घरबाहिर निस्कँदैनन्। यस्तो जोखिमपूर्ण बूथमा तोकिएको समयभन्दा पहिल्यै मतदाता सूचीको विशेष गहन संशोधनको काम पूरा गरेकी छन् बीएलओ ममीना बेगमले। दिनमा मात्र होइन जोखिम लिएर राति पनि जङ्गल पार गरेर तिनले एसआईआरको कार्य समाप्त गरेकी छिन्।जलपाइगढ़ीको सालबारी […]
Read more

गुञ्जद्वारा पैह्रो पीड़ितहरूलाई राहत सामग्री वितरण

गैर सरकारी संस्था गुञ्जले हिल्स सोसियल वेलफेयर सोसाइटी कालेबुङको सहयोगमा सोमवार मिरिक नगरपालिका कार्यालय परिसरमा मिरिक नगरपालिका क्षेत्र अनि ग्राम पञ्चायत क्षेत्रका पैह्रो पीड़ितहरूलाई आवश्यक सामग्री वितरण गरेको छ। यस अवसरमा मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, मिरिक पञ्चायत समिति सदस्य समीर राई, पहिला गाउँ स्कूल डाँड़ा ग्राम पञ्चायत […]
Read more

नाथु ला–छाङ्गुको परमिट अब अनलाइन

नाथु ला–छाङ्गु लेकमा जाने परमिट अब अनलाइन उपलब्ध हुनेछ। सिक्किम प्रशासनले यस्तै निर्णय गरेको छ। चाँड़ै नै यो प्रणाली कार्यान्वयन हुने बताइएको छ। म्यानुअल परमिट बन्द भएसितै एकातिर जाली कार्य गर्ने समूहलाई रोक्न सकिनेछ भने अर्कातिर पर्यटकहरूलाई पनि धेरै सहज हुने अनुमान गरिएको छ। अहिलेसम्म पूर्व र उत्तर सिक्किमका विभिन्न पर्यटन क्षेत्र घुम्न जान राज्य […]
Read more

दुर्व्यवहार गरिएको यात्रीहरूको आरोप

आरक्षित सीटको टिकट काट्ने समयमा कतिपय यात्रीहरू कहिलेकाहीँ दुर्व्यवहारको शिकार हुँदै आइरहेका छन्। कोचबिहार रेल स्टेशनको टिकट काउण्टरबारे यस्तो आरोप उठेको छ। यात्रीहरूको भनाइमा, काउण्टरको कामकाज यति ढिलो गतिमा हुन्छ कि तोकिएको समयमा टिकट पाउनु त परै जावोस् विरोध जनाएपछि उल्टै आरपीएफ वा जीआरपीलाई बोलाएर चाप दिइन्छ।केही यात्रीहरूले भने रेल कर्मचारीहरूको टिफिन टाइम सम्बन्धी पनि […]
Read more

दार्जीलिङ चियाकमान मजदुर युनियनद्वरा राहत वितरण

माकपाका श्रमिक सङ्गठन दार्जीलिङ चियाकमान मजदुर युनियनले जिल्ला सदस्य किस्मत तामाङको नेतृत्वमा थर्बु नन्दलाल गाउँमा पैह्रो पीड़ितहरूलाई राहत सामग्री वितरण गरेको छ। राहत सामग्रीमा न्यानो लुगा, कम्बल, भाँड़ा-कुड़ा, खाद्य सामाग्री आदि वितरण गरिएको किस्मत तामाङले बताए। तिनले युनियनले राहत सामग्री वितरणसितै सरकारको ध्यान आकर्षण गराँउदै पैह्रो सोहोर्ने कार्य पनि गरिरहेको बताए।गत 4 अक्टोबर गएको विनाशकारी […]
Read more

सड़क मरम्मती कार्यको शिलान्यास

शुक्रवार मिरिक मुख्य सड़कदेखि डनबस्को गोलाई, थुलुङ गाउँ, मरमा हुँदै सिरिसेसम्म पुग्ने सड़क मरम्मती कार्यको शिलान्यास गरिएको छ। प्रधानमन्त्री ग्राम सड़क योजनाअन्तर्गत उक्त सड़क मरम्मती कार्य हुनेछ। यसको दूरी 7.5 किलोमिटर छ भने सड़क मरम्मती कार्य 2.78 करोड़ रुपियाँको लागतमा सम्पन्न हुनेछ। मिरिक नगरपालिका अध्यक्ष एलबी राई अनि मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले […]
Read more

सड़क दुर्घटनामा बीएलओको मृत्यु

कोचबिहारमा एकजना बीएलओको सड़क दुर्घटनामा मृत्यु भएको छ। एसआईआर सम्बन्धी काम सकेर मोटर साइकलमा घर फर्कँदै गर्दा उक्त बीएलओ दुर्घटनामा परे। मृत ललित अधिकारी शीतलकुचीका वासिन्दा थिए। बिहीवार साँझ माथाभाङ्गामा पञ्चानन पुलनजिक तिनको मोटर साइकल दुर्घटनामा परेको बताइएको छ। सूत्रअनुसार तिनको मोटर साइकल र एउटा पिकअप भ्यान मुखामुखी ठोक्कियो। यस दुर्घटनामा तिनी गम्भीर रूपले घाइते […]
Read more
1 8 9 10 11 12 30

Grid News

Latest Post

Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

Latest News

Most Popular

Copyright © 2025 hamroprajashakti . All Right Reserved.